• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार ०५, २०८३
☰
शुक्रबार, असार ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. मासिक राशिफल: असार २०८३

  • ३. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

धार्मिक पर्यटनको आशा जगाउदै महाकाली करिडोर


  •   शुक्रबार, पुष २७, २०८० मा प्रकाशित
  • कन्चनपुर । महाकाली करिडोरको ट्र्याक खुलेपछि कञ्चनपुरको ब्रह्मदेव हुँदै जोगबुढा परशुराम धाम जानेको जोडबल र तयारी तीव्र छ । डडेल्धुराको धार्मिक पर्यटकको महत्वपूर्णस्थल परशुराम धाममा हरेक वर्ष माघेसङ्क्रान्तिका दिन मकर मेला लाग्ने गर्दछ ।

    Advertisement

    स्कन्दपुराणमा उल्लेख भएअनुसार नजिकै रहेको पूर्णागिरि मन्दिरमा सतीदेवीको पूर्ण अङ्ग पतनपछि भगवान् शिव आएर परशुराम धाममा लामो समय तपस्या गरेका थिए । त्यसपछि ईश्वरी अवतारका लागि यही पुण्य भूमिमा परशुराम अवतार भएको किंवदन्ती रहेको छ ।

    विगतमा मेला भर्न कञ्चनपुरलगायत तराईका जिल्ला र भारतीय श्रद्धालु भक्तजनलाई त्यहाँ पुग्न घण्टौँको यात्रा गर्नुपर्ने बाध्यता महाकाली करिडोरअन्तर्गत ब्रह्मदेव (शून्यबिन्दु) देखि जोगबुढासम्म ट्र्याक खुलेपछि अन्त्य भएको छ ।

    कञ्चनपुरदेखि दार्चुलाको उत्तरी नाकासम्म जोड्ने महाकाली करिडोरअन्तर्गत लामो समयपछि कञ्चनपुर–डडेल्धुराको यात्रा करिडोरकै कारण सहज हुनुका साथै यात्रुलाई समयको पनि बचत हुँदैछ ।

    ब्रह्मदेवदेखि दार्चुलाको उत्तरी नाका तिङ्कर भञ्ज्याङसम्म चार सय १३ किमी सडक करिडोरअन्तर्गत १३ वर्षदेखि निर्माणाधीन छ । पछिल्लो समय नेपाल-भारत र चीनसितको त्रिदेशीय नाकाकारुपमा विकास गर्ने योजनासहित अघि सारिएको करिडोरअन्तर्गत ब्रह्मदेवदेखि १५ किमीसम्म ट्र्याक खुलिसकेको छ ।

    करिडोरअन्तर्गत तीन सय ३४ योजना कार्यालय र ७९ किमी खण्ड ट्र्याक खुलाउने कामको जिम्मेवारी नेपाली सेनाले निर्वाह गरिरहेको छ । सुदूरपश्चिमकै व्यापारिक मात्र नभई करिडोर धार्मिक पर्यटनको पनि सेतु बन्नेमा आशा पलाएको छ ।

    यहाँबाट करिडोरअन्तर्गत ब्रह्देवको सिद्धवैजनाध धार्मिक क्षेत्रदेखि जोगबुढाको परशुराम धाम हँुदै उत्तर चीनको कैलाश मानसरोवरजस्ता महत्वपूर्ण धार्मिक गन्तव्यमा जान सहजता मिल्नेछ ।

    चुरे पर्वतशङ्खला र महाभारत पर्वतसँगै भारतको पूर्णागिरि पर्वतको मध्यभागमा रहेको परशुराम धाम डडेल्धुरा सदरमुकामदेखि झण्डै एक सय किमीको दूरीमा पर्छ । कञ्चनपुरको महेन्द्रनगरबाट ३६ किमीको दूरीमा रहेको परशुराम धाममा भारतीय धार्मिक पर्यटकका लागि पनि आवागमनमा सहज हुने भएको छ ।

    कञ्चनपुर उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष दिनेश मल्लले महाकाली करिडोर बने यहाँको आर्थिक क्षेत्रको विकाससँगै धार्मिक पर्यटनलाई सहयोग पुग्ने बताए ।

    “भारतीय धार्मिक क्षेत्र पनि दूरीका हिसाबले महेन्द्रनगरबाट नजिक छन्”, मल्लले भने, “करिडोरले नेपाल र भारतका धार्मिक पर्यटकीय क्षेत्रलाई ‘सर्किट’का रुपमा विकास गर्ने खालका योजना ल्याउन आवश्यक छ ।”

    उनले डडेल्धुराको परशुराम क्षेत्रमै पर्ने परिगाउँमा महाकाली नदीमा पक्की पुल निर्माणको प्रक्रियागत काममा ढिलाइ हुन नहुने बताए ।

    “परिगाउँमा पुल बने पारी पूर्णागिरिसित परशुराम धार्मिक क्षेत्र अझ निकट हुँदा धार्मिक गतिविधिमा थप मलजल मिल्छ”, उनले भने, “महाकाली करिडोर धार्मिक पर्यटकको सहजताका लागि निकै उपयोगी बन्नेछ ।”

    त्यसैगरी परशुराम नगरपालिका-७ साँदनीका ६५ वर्षीय उज्ज्वलदत्त भट्टले करिडोरअन्तर्गत गाउँमा ट्र्याक खुलेपछि ब्रह्मदेवबाट मोटरसाइकल र जिप आउन थालेको बताए ।

    “कुनै समय दिनभरि हिँडेर महेन्द्रनगर र भारतको टनकपुरसम्म पुगेर कुटानीपिसानी गरेर जीविका चलाएका थियौँ”, भट्टले भने, “अहिले त करिडोरले डेढ घण्टामै तराई पुग्नसक्ने बनाइदियो ।” उनले जोगबुढा क्षेत्रको विकासका लागि करिडोर एउटा आशालाग्दो सडक भएको बताए ।

    कञ्चनपुरको निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित भएपछि पूर्वमन्त्री एवं नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले करिडोर निर्माण र करिडोरलाई महाकाली नदीको चारलेनको पुल हुँदै दोधाराचाँदनी सुक्खा बन्दरगाहलाई जोड्न सक्रिय छन् । लामो समयदेखि रुख कटानले जोगबुढा क्षेत्रसित जोडिन नसकेको करिडोरलाई उनकै पहलमा ट्र्याक खुलाउन पहलकदमी भएको हो ।

    जिल्ला समन्वय समिति कञ्चनपुरका संयोजक दुर्गादत्त बोहराले करिडोर धार्मिक पर्यटनका लागि महत्वपूर्ण रहेको बताए । “पर्यटनका क्षेत्रमा परशुरामदेखि कैलाशमानसरोवर जाने सहज नाका यो बन्छ”, उनले भने, “मकर मेलामा केन्द्रीय नेतादेखि भक्तजन जाने तयारी तीव्र छ ।”

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जदेखि झिलमिला ताल हुँदै सिद्धवैजाथको पर्यटकीय विकासमा समेत करिडोर महत्वपूर्ण मानिएको समन्वय समिति संयोजक बोहराको भनाइ छ ।

    शुक्रबार, पुष २७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १ गते (१५

    • २.
      मासिक राशिफल: असार २०८३

    • ३.
      आज २०८३ साल असार २ गते (१६

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ५.
      आज २०८३ साल असार ५ गते (१९

    • ६.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: असार २०८३

    • ५.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer