• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार ०५, २०८३
☰
शुक्रबार, असार ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. मासिक राशिफल: असार २०८३

  • ३. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

विद्यालय शिक्षा पाठ्यक्रममा नैतिक शिक्षा राख्नुपर्ने


  •   शनिबार, पुष २८, २०८० मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले विद्यालय शिक्षा विधेयकमा रहेको आफ्नो गठन प्रक्रियामाथि असन्तुष्टि जनाएको छ ।

    Advertisement

    बिहीबार प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा शिक्षा विधेयकमाथि भएको छलफलमा अध्यक्ष महाश्रम शर्माले बोर्ड गठन प्रक्रियालाई राजनीतिकरण गर्न खोजिएको टिप्पणी गरे ।

    प्रस्तावित विधेयकमा राष्ट्रिय बोर्डको अध्यक्ष नियुक्ति सिफारिसका लागि राष्ट्रिय योजना आयोगको शिक्षा क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा ३ सदस्यीय समिति रहने प्रस्ताव गरिएको छ । जसमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव र मन्त्रालयले मनोनित गरेको ख्यातिप्राप्त शिक्षाविद् (एक जना महिला) सदस्य रहनेछन् ।

    राष्ट्रिय योजना आयोगको सदस्य मन्त्रिपरिषदले नियुक्त गर्ने भएकाले राजनीतिक व्यक्ति हुने र उनको नेतृत्वमा बनेको सिफारिस समितिले राजनीतिबाट मुक्त भएर बोर्डको अध्यक्ष सिफारिस गर्न नसक्ने शर्माले बताए ।

    ‘राजनीतिक व्यक्तिको संयोजकत्वमा समिति बन्ने भएकाले यसले भोलि राजनीतिककरण हुन्छ । त्यसैले यो व्यवस्था कायम राख्नु हुँदैन’, उनले भने ।

    हाल लोकसेवा आयोगको अध्यक्षको अध्यक्षतामा रहेको सिफारिस समितिले बोर्डको अध्यक्ष सिफारिस गर्ने व्यवस्था छ । अध्यक्ष शर्माले शिक्षा विधेयकमा प्रस्ताव गरिएको व्यवस्था भन्दा हाल प्रचलनमा रहेको व्यवस्था नै उचित रहेको तर्क गरे ।

    बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले प्रस्तावित विधेयकले बोर्डलाई मन्त्रालयको एउटा महाशाखा बनाउन खोजेको बताए । उनी भन्छन् ‘बोर्डको गठन प्रक्रियाले नाम मात्रैको स्वायत्तता हुने भयो र काममा भने मन्त्रालयको एउटा महाशाखाको हैसियत हुने देखिएको छ ।’

    नैतिक शिक्षा राख्न सांसदहरुको माग

    समितिको बैठकमा सांसदहरुले विद्यालय शिक्षाको पाठ्यक्रममा नैतिक शिक्षा राख्नुपर्ने धारणा राखेका छन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले नैतिक शिक्षा किन पढाउन छोडिएको भन्दै अब राख्ने योजना छ कि छैन भन्ने प्रश्न गरिन् । ‘म स्कुल पढ्दा मोरल साइन्स पढाइ हुन्थ्यो किन हटाइयो र अब राख्ने योजना के छ ?’, उनले सोधिन् ।

    एमालेका सांसद कालुराम राईले पनि सांसद कार्कीलाई समर्थन गरे । ‘नैतिक शिक्षा जरुरी छ । तर त्यसरी राख्दा बृहत छलफल हुन जरुरी छ । किनभने हाम्रो संविधानले बहुजातीय, बहुभाषिक, बहुधार्मिक भनेको छ । कुन धार्मिक आस्थाको आधारमा नैतिक शिक्षा बनाउने ?’, उनले भने ।

    एउटा धार्मिक आस्थाको आधारमा राख्दा अर्को धार्मिक आस्थामा उल्टो फरक पर्न जाने भएकाले सबैसँग बृहत छलफल गरेर समेट्न जरुरी रहेको उनको सांसद राईले भने ।

    पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालले छुट्टै विषय नभएपनि नैतिक शिक्षा सामाजिक शिक्षामा विषयवस्तु समेटिएको बताए । २०६०÷०६१ बाट नैतिक शिक्षा हटाइएको र फेरि ल्याउन चुनौती रहेको उनको भनाइ छ ।

    व्यबहारिक पाठ्यक्रम

    सांसदहरूले पाठ्यक्रम व्यवहारिक बनाउनुपर्ने र मौलिक हक, स्वास्थ्य र जीवनोपयोगी शिक्षा पाठ्यक्रममा राख्न सांसदहरूले सुझाव दिएका छन् । आधारभूत स्वास्थ्य, आकस्मिक विपत्तिबाट जोगिने उपाय, मौलिक हक, लैंगिकताको विषयमा विद्यालय तहबाटै सिकाउनुपर्ने उनीहरुको भनाइ छ ।

    कांग्रेस सांसद चन्द्र भण्डारीले भने, ‘मैले पीएचडी गरें तर मलाई घरको ग्यास कति समयमा जाँच गर्ने अथवा कसरी सुरक्षित हुने भन्ने ज्ञान थिएन । जसको कारण म आफैं दुर्घटनामा परें । यस्ता सामान्य तर महत्वपूर्ण कुराहरु विद्यालय तहबाटै ज्ञान दिन जरुरी रहेछ ।’

    राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले फरक लैंगिक पहिचान, मौलिक हक लगायतको विषय पनि पाठ्यक्रममा समेट्नुपर्ने बताइन् ।

    उनले भनिन्, ‘अहिलेसम्म हाम्रो पाठ्यक्रमले महिला र पुरुषको मात्रै लैंगिक पहिचान छ भन्ने सिकाउँछ तर अहिले विभिन्न लैंगिक पहिचान भएकाहरु पनि हुनुहुन्छ । यसले फरक पहिचान भएकालाई पनि सहज बनाउँछ भन्ने सम्मान दिन पनि सिकाउँछ ।’

    मातृभाषाका शिक्षक अभाव

    पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालले मातृभाषा पढाउने शिक्षक र पाठ्यक्रम निर्माणको लागि आवश्यक विज्ञ जनशक्ति अभाव रहेको बताए ।

    ‘३१ मातृभाषाको पाठ्यक्रम छ, तर मातृभाषा प्रयोगकर्ताको कमी भएको छ । ५÷७ सय किताब पनि लिन आएको छैन’, महानिर्देशक अर्यालले भने ।

    शिक्षकको क्षमतामाथि प्रश्न

    विधेयकमा अंग्रेजी, गणित र विज्ञान अंग्रेजी माध्यममा पढाउने प्रस्ताव गरिएको छ । तर यसका लागि शिक्षक तयार नरहेको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ । आधारभूत तहका शिक्षकमा अंग्रेजी माध्यमबाट पढाउन सक्ने क्षमता नभएको केन्द्रका महानिर्देशक अर्यालले बताए ।

    ‘आधारभूत १ देखि ५ अंग्रेजी माध्यममा पढाउन सक्ने शिक्षकहरु हुनुहुन्न । शिक्षकको क्षमता विकास गर्ने चुनौती बन्न सक्छ,’ उनले भने ।

    सामाजिक विषय नेपाली भाषामा पढाउनुपर्ने विधेकयमा भनिएको छ । तर विदेशी विद्यार्थीलाई नेपालीमा पढाउन कठिन हुने भएकाले अंग्रेजी माध्यमबाट पढाउने व्यवस्था गर्नुपर्ने उनको मत छ ।

    शनिबार, पुष २८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १ गते (१५

    • २.
      मासिक राशिफल: असार २०८३

    • ३.
      आज २०८३ साल असार २ गते (१६

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ५.
      आज २०८३ साल असार ५ गते (१९

    • ६.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: असार २०८३

    • ५.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer