• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, भदौ १८, २०८३
☰
बिहिबार, भदौ १८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

सामूहिक उखुखेतीमा ठोरीका युवा, आम्दानीको ५ प्रतिशत सामाजिक कार्यमा


  •   आइतबार, पुष २९, २०८० मा प्रकाशित
  • काठमाडौं । पर्साको ठोरी गाउँपालिकाका युवाहरू सामूहिक उखुखेतीमा लागेका छन् । सुर्तीखेतीको विकल्पमा उनीहरूले सामूहिक उखुखेतीमा लागेका हुन् ।

    Advertisement

    १५ बिघा जमिन भाडामा लिएर उखुखेती सुरू गरेका उनीहरुले उखुखेतीको आम्दानीबाट ५ प्रतिशत सामाजिक कार्यमा समेत खर्च गरेका छन् ।

    सामूहिक उखुखेतीमा संलग्न स्थानीय सोम श्रेष्ठ भन्छन्, ‘उखुखेतीको आम्दानीबाट बिजयबस्ती क्याम्पसलाई १ लाख रूपैयाँ र वृद्धा आश्रमलाई १० हजार रूपैयाँ सहयोग पनि गरेका छौं ।’

    कम मेहनत र कम लागतमा बढी आम्दानी गर्न सकिन्छ भन्ने सन्देश दिन पनि आफूहरूले उखुखेती सुरू गरेको अर्का युवा भीम श्रेष्ठ बताउँछन् ।

    सामूहिक उखुखेतीमा लागेका सोम श्रेष्ठ भन्छन्, ‘आफूहरूले उत्पादन गरेको उखुलाई चिनी उद्योगसम्म लगेर बेच्नु पर्ने बाध्यता छैन । सख्खर उद्योगले नै आफूहरूको उखु खरिद गर्ने गरेका छन् । त्यसैले किसानले उत्पादन गरेको उखु बिक्री हुँदैन कि भनेर चिन्ता लिनुपर्ने अवस्था पनि छैन ।’

    सामूहिक उखुखेतीमा संलग्न अर्का स्थानीय खड्क श्रेष्ठ भन्छन्, ‘आफूहरूको समूहले उखुखेती विस्तार गर्दै लैजाने योजना छ । उखुखेती विस्तार गर्दै लैजाने र स्थानीय स्तरमा उत्पादित उखु बिक्री गर्न अन्यत्र लैजान नपर्ने गरी सख्खर उद्योग नै खोल्ने योजनामा हामी छौं । अन्य किसानले उत्पादन गरेको उखु पनि खरिद गर्ने र आफूहरूले उत्पादन गरेको उखु पनि सोही सख्खर उद्योगमा खपत गर्ने गरी तयारी भइरहेको छ ।’

    विदेश पलायन हुने युवालाई स्वदेशकै माटोमा केही उत्पादन गरेर आम्दानी गर्न सकिन्छ भन्ने उदाहरणीय बन्न आफूहरू फरक पेशामा रहेपनि सामूहिक खेतीमा लगानी गरेको सोम श्रेष्ठ बताउँछन् । सामूहिक उखुखेतीमा लागेका उनीहरू हाल फरक पेशामा संलग्न छन् ।

    युवा जनशक्तिलाई पलायन हुन नदिनका लागि स्थानीय सरकारले पनि नगदेबाली लगाउन युवालाई प्रोत्साहन गर्नुपर्ने सुझाव उनी दिन्छन् । सामूहिक उखुखेतीमा प्रेम श्रेष्ठ, राजकुमार श्रेष्ठ लगायतका युवाहरू संलग्न छन् ।

    ठोरीमा २७.७२ वर्ग किलोमिटर जमिन खेती योग्य छन् । जसमध्ये सबैभन्दा बढी क्षेत्रफलमा तोरीखेती हुनेगर्छ भने हिउँदे मकै, तरकारी, उखु, केराखेती, सुर्तीखेती पनि हुँदै आएको गाउँपालिकाको कृषि तथ्यांकमा उल्लेख छ ।

    आइतबार, पुष २९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer