• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार ०५, २०८३
☰
शुक्रबार, असार ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. मासिक राशिफल: असार २०८३

  • ३. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

दुर्घटनाबाट ‘ब्रेन डेथ’ भएका एकजनाले तीनजना बचाउन सक्ने


  •   सोमबार, माघ ०१, २०८० मा प्रकाशित
  • काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्यांकअनुसार वार्षिक १० हजारको हाराहारीमा सवारी दुर्घटना हुने गरेको छ ।

    Advertisement

    आर्थिक वर्ष २०७७/०७८ मा नौ हजार ५४५ वटा दुर्घटना हुँदा १६६ जनाको मृत्यु भएको थियो ।
    ०७८/०७९ मा १० हजार ७३३ दुर्घटना हुँदा १९१ जनाले ज्यान गुमाए । यस्तै, ०७९ /०८० मा १० हजार ६७५ दुर्घटनामा १८७ जनाको मृत्यु भयो ।

    चालु आर्थिक वर्षको मंसिरसम्म पाँच महिनामा ७० वटा दुर्घटना भएका छन् । ती घटनामा ७० जनाको ज्यान गएको छ ।

    स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयको तथ्यांक अनुसार वार्षिक तीनहजार बिरामीको मिर्गौला प्रत्यारोपण गर्नुपर्ने हुन्छ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा सातामा ६ जनासम्मको मिर्गौला प्रत्यारोपण हुँदै आएको छ । झन्डै एक हजारजना अहिले पनि पर्खाइको सूचीमा छन् ।

    नेपालको कानुनले मिर्गौला दानका लागि परिवारका सदस्यसहित आफन्तभित्रका निश्चित सम्बन्धहरू तोकेको छ । बिरामीमध्ये कतिपयको आफन्तभित्र दाता नहुँदा अकालमै ज्यान जाने गरेको छ ।

    मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) नयाँ ऐन, २०७२ ले मस्तिष्क मृत्यु (ब्रेन डेथ) भएका व्यक्तिहरूको पनि अंग प्रत्यारोपण गर्ने प्रक्रिया सहज बनाएको छ ।

    तर, राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भने प्रत्यारोपण सुरु भएयता २०६९ सालयता ‘ब्रेन डेथ’ भएका जम्मा पाँच जनाबाट मात्रै अंग प्रत्यारोपण भएको तथ्यांक छ । पाँच जनाबाट १० जनामा मिर्गौला र तीनजनामा कलेजो प्रत्यारोपण गरिएको केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले बताए ।

    मरणोपरान्त अंगदानका लागि भने दुईहजार ५०० जनाले लिखितरूपमै दर्ता गराएको केन्द्रको तथ्यांक छ ।

    कस्तो अवस्था हो ‘ब्रेन डेथ’ ?

    अंग प्रत्यारोपण नियमावली ऐनमा ‘टाउकोमा हुने कुनै पनि गम्भीर चोटका कारण मस्तिष्कले काम गर्न छाडेको अवस्था’लाई ‘ब्रेन डेथ’को रूपमा परिभाषित गरिएको छ । ब्रेन डेथ मुख्यरूपमा दुर्घटना वा मस्तिष्कघातका कारण हुन्छ ।

    यो अवस्थामा व्यक्तिले सास लिन सक्दैन । यस्तो अवस्थालाई चिकित्सा विज्ञानले मृतककै रूपमा परिभाषित गरेको छ । तर, त्यस्ता व्यक्तिहरू रक्तचाप, धड्कनजस्ता लक्षणहरू महसुस गर्न सक्छन् ।

    ‘ब्रेन डेथ’ भएका व्यक्तिलाई भेन्टिलेटरको सहायतामा केही दिनसम्म राख्न सकिने भए पनि उनीहरू फेरि जीवनमा फर्किन नसक्ने कन्सल्टेन्ट न्युरोसर्जन डा. राजिव झा बताउँछन् ।

    तर, त्यस्ता व्यक्तिहरूका अन्य अंग काम गर्न सक्ने अवस्थामा हुन्छन् । नेपालमा ‘ब्रेन डेथ’ हुने अधिकांश कारणहरूमा सवारी दुर्घटनाबाट टाउकोमा हुने गम्भीर चोट नै देखिएको छ । यसरी विविध कारणले मासिक ३० देखि ४० जनाको ‘ब्रेन डेथ’ हुने गरेको डा. झा बताउँछन् ।

    ब्रेन डेथपछि कसरी गर्ने अंगदान ?

    मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) नयाँ ऐन, २०७२ मा कसैले मृत्युअघि अंगदान गर्न चाहेमा त्यस्ता व्यक्तिलाई चिकित्सकले मस्तिष्क मृत्युको घोषणा गरेपछि अन्य व्यक्तिलाई प्रत्यारोपण गर्न सकिने व्यवस्था गरिएको छ ।

    ऐनको नियमावली, २०७३ ले मस्तिष्क मृत्युको घोषणापछि विशेषज्ञ चिकित्सक, प्रहरी अधिकृतलगायतको जाँचबुझ समितिले मृतकको पोस्टमार्टमपूर्व अंग झिक्न स्वीकृति दिन सक्ने व्यवस्था छ । यसमा मृतकको तर्फबाट दुईवटा तरिकाले अंगदान गर्न सकिन्छ ।

    पहिलो, व्यक्तिले जीवन रहँदै स्वेच्छाले गरेको अंगदान । दोस्रो, मृतकले अगाडि नै अंगदान गरेको नभए पनि परिवारका सदस्यले दिएको मञ्जुरीका आधारमा गरिने अंगदान । यसरी दिइने मञ्जुरी लिखित र विवरणसहितको हुन्छ । जुन स्वास्थ्य संस्था र मृतकका परिवार दुवै पक्षले राख्छन् ।

    कुन कुन अंग कति समयभित्र दान गर्ने ?

    ‘ब्रेन डेथ’ भएका व्यक्तिबाट मिर्गौला, कलेजो, मुटु, फोक्सो, प्यांक्रियाज, सानो आन्द्रा र छाला अर्को व्यक्तिमा प्रत्यारोपण गर्न सकिन्छ । यसरी ‘ब्रेन डेथ’ भएका एकजना व्यक्तिबाट आठजनाले पुनर्जीवन पाउन सक्छन् ।

    नेपालमा अहिले अभ्यास भएअनुसार दुईवटा मिर्गौला र एउटा कलेजोको हिसाबले एकजना ‘ब्रेन डेथ’ भएको व्यक्तिको अंगबाट कम्तीमा तीनजनाले पुनर्जीवन पाउन सक्छन् ।

    डा. श्रेष्ठका अनुसार दाताको शरीरबाट निकालिएका अंगहरू मिर्गौला २४ घण्टासम्म, कलेजो र प्यांक्रियाज १२ घण्टासम्म, मुटु र फोक्सो चार घण्टासम्म आइसप्याकमा राखेर प्रत्यारोपण गर्न सकिन्छ ।

    ‘ब्रेन डेथ’ भएका व्यक्तिबाट अंगदान गर्न चाहेमा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको विशेषज्ञ टोलीले तत्काल घटनास्थलमा पुगेर अंग संकलन गर्ने गरेको छ ।

    नेपालजस्तो सवारी दुर्घटना बढी हुने मुलुकमा दुर्घटनामा परेर मृत्यु भएकाहरूको अंग प्रत्यारोपण गर्ने हो भने कम्तीमा एकजनाको मृत्यु हुँदा दुईजनालाई बचाउन सकिने डा. श्रेष्ठको भनाइ छ ।

    तर, जनस्तरमा ‘ब्रेन डेथ’बारे पर्याप्त सचेतना नहुने र मृत्युपछि सग्लो शरीर नै अन्त्येष्टि गर्नुपर्ने मान्यताका कारण अझै मृत्युपछि अंग प्रत्यारोपण सहज नभएको उनको अनुभव छ ।

    सोमबार, माघ ०१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १ गते (१५

    • २.
      मासिक राशिफल: असार २०८३

    • ३.
      आज २०८३ साल असार २ गते (१६

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ५.
      आज २०८३ साल असार ५ गते (१९

    • ६.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: असार २०८३

    • ५.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer