☰
आइतबार, मङि्सर १४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

मासिक राशिफल: माघ २०८०


  •   सोमबार, माघ ०१, २०८० मा प्रकाशित
  • मासिक राशिफल माघ २०८०

    Advertisement

    उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

    मेष – ARIES
    चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    मेष राशिलाई चिताएको काम बन्नाले माघ महिना उत्साहवर्धक रहनेछ। अध्ययन र अनुभवलाई व्यवहारमा उतार्ने समय छ। लामाे समयदेखि चिताएकाे काम सम्पादन गर्न सकिनेछ। सामाजिक कामले लोकप्रियता दिलाउनेछ। नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थान प्राप्ति हुने सम्भावना छ। मिहिनेतले सफलताको उचाइ प्राप्त गर्न सकिनेछ। सेयर तथा व्यापारमा मनग्य फाइदा हुनेछ। भूमि तथा चल–अचल सम्पत्ति जोड्ने समय छ। परिवारमा सुख–समृद्धि बढ्नेछ। सामाजिक तथा राजनीतिक वृत्तमा पनि प्रभाव बढ्नेछ। विशिष्ट व्यक्तिहरू नजिकिनेछन्। स्वास्थ्यमा भने केही समस्या देखापर्न सक्छ। उद्योगतर्फ मर्मतसम्भारमा खर्च बढ्नेछ भने पेसा–व्यवसायमा थप लगानी जुटाउनुपर्ने हुन सक्छ।

    वृष – TAURUS
    इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    वृष राशिलाई माघ महिना सामान्य फलदायी रहनेछ। योजना ठूलो बन्नेछ। तर मिहिनेत गर्दागर्दै पनि काममा केही चुनौती देखापर्नेछन्। प्रचलित ऐन तथा वैधानिक अड्चनले समेत बाधा पुर्याउनेछ। आपसी मतभेदले प्रेम र दाम्पत्यमा खटपटी निम्त्याउन सक्छ। तापनि सहयोगीहरूकाे साथ–सहयाेग प्राप्त हुनेछ। प्रतिकूल परिस्थितिका बाबजुद आवश्यकता र चुनौती नै कर्मयोगका प्रेरक बन्नेछन्। समय लागे पनि लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। अध्ययनमा धेरै समय दिन नसकिए पनि बौद्धिक स्तरका काम सम्पादन हुनेछन्। पहिले गुमेको स्थान प्राप्त हुनुका साथै आफ्नो वर्चस्व बढ्नेछ। सामाजिक जिम्मेवारी प्राप्त हुनेछ। टाढिएका आफन्त नजिकिनेछन्। हिम्मतले काम बन्नेछ र आयस्रोत सबल हुनेछ।

    मिथुन – GEMINI
    का, कि, कु, घ, ङ, छ, के, को, ह
    मिथुन राशिलाई माघ महिना केही संघर्षमय रहनेछ। स्वास्थ्य कमजाेर बन्नुका साथै काममा बाधा पर्न सक्छ। पेसा–व्यवसायमा गरेकाे लगानी अड्किन सक्छ। सञ्चित रकम पनि खर्च हुने समय छ। भएकाे आम्दानी बाहिरिनाले अर्थ अभाव देखापर्ने छ। राजनीतिक तथा सामाजिक प्रभाव समेत कमजाेर बन्ने समय छ। मिहिनेत गर्दागर्दै पनि काममा पछि परिनेछ। अप्ठ्याराे समयमा आफ्नाले समेत हतोत्साहित तुल्याउने चेष्टा गर्नेछन्। समयमै सजग नबन्दा चिताएकाे काम रोकिन सक्छ। जोस–जाँगरमा कमी आउनेछ। चोटपटकको योग भएकाले हातहतियारको उपयोग सावधानीसाथ गर्नुहोला। धैर्यसाथ प्रयत्न गर्दा समस्या समाधान हुनेछन्। सावधानीले उपलब्धि जाेगिनेछ। अवसरका लागि दौडधुप भने गर्नुपर्नेछ।

    कर्कट – CANCER
    हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    कर्कट राशिलाई माघ महिना केही उतारचढावमय रहनेछ। परिवेश रमाइलो देखिए पनि व्यावहारिक समस्या आइरहनेछन्। जीवनसाथीलाई सहयाेगकाे खाँचाे पर्न सक्छ। घर–गृहस्थीमा आइपर्ने समस्यालाई विशेष ध्यान दिनुहाेला। कार्यक्षेत्रमा जटिल समस्या सुल्झाउनैपर्ने चुनाैती आउन सक्छ। तापनि कर्मयाेगले विशेष उपलब्धि हासिल गर्ने माैका दिलाउनेछ। गरेर सिक्ने अवसर प्राप्त हुनेछ। नाेकरीमा लाभ उठाउन सकिनेछ। व्यापारतर्फ सुरक्षित आर्थिक कारोबारमा ध्यान दिनुहोला। रकम अड्किए पनि सेयर तथा लगानीको मूल्य बढ्नेछ। लगानी बढाउनुपरे पनि व्यवसायमा नयाँ कार्य थालनी हुनेछ। आफ्नाे उपलब्धिमा अरूले दाबी गर्न सक्छन्। तर हिम्मत गर्दा प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ।

    सिंह – LEO
    मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    सिंह राशिका लागि आँटले काम गर्नेहरूलाई माघ महिना विशेष उपलब्धिमूलक रहनेछ। शत्रुबाधा, मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ। प्रतिस्पर्धाबाट भाग्योदय हुने समय छ। भौतिक साधन जुट्नाले उत्साह जाग्नेछ। रोकिएका काम बन्नुका साथै अर्थ उपार्जनका नयाँ स्रोत प्राप्त हुनेछन्। सानो प्रयत्नले महत्त्वाकांक्षी योजना, दिगो काम तथा नयाँ पेसा–व्यवसाय प्रारम्भ हुने समय छ। स्थापित पेसा–व्यवसायले नयाँ उचाइ तय गर्नेछ। पहिलेका प्रतिस्पर्धीहरू समेत सहयोगी बन्नेछन्। क्षमता प्रदर्शन गरेरै स्वरोजगार बन्न सफल भइनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। प्रतिस्पर्धाको दौडमा पनि अग्रस्थान प्राप्त हुनेछ। घर–गृहस्थी, प्रेम, मनाेरञ्जन आदिमा भने समय दिन नसकिएला।

    कन्या – VIRGO
    टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    कन्या राशिलाई माघ महिना केही चुनाैतीपूर्ण रहनेछ। परिस्थिति अध्ययन नगरी काम थाल्नाले दुःख पाइनेछ। अधिक परिश्रमले थकान र कमजोरी निम्त्याउन सक्छ। अज्ञानता र बलजफ्ती गर्ने प्रवृत्तिले काम बिग्रनेछ। आफ्ना बाध्यता र कमजाेरीबाट अरूले फाइदा उठाउन सक्छन्, सजग रहनुहाेला। अरूकाे विचारमा सहमत बन्न नसक्दा विद्राेही भावना जागृत हुनेछ। साझेदारी तथा सगाेलकाे सम्पत्तिमा विवाद आउन सक्छ। परिस्थिति केही प्रतिकूल देखिए पनि सावधानीले उपलब्धि जाेगाउन सकिनेछ। विशेष याेजनाहरू गाेप्य राख्नुहाेला। भरसक वादविवादमा अघि नसर्नुहाेला। घरेलु समस्यामा घरभित्रै समाधान खोज्नु श्रेयष्कर हुनेछ। उच्च रक्तचाप, मुटु र फाेक्साेकाे समस्या हुनेहरूले स्वास्थ्यमा विशेष सावधान रहनुहाेला।

    तुला – LIBRA
    र, रि, रु, रे, रो, ता, ति, तु, ते
    तुला राशिलाई माघ महिनामा समस्यापछि अवसर प्राप्त हुने सम्भावना छ। साथीभाइ र निकटजनसँग असमझदारी बढ्नेछ। घर–जग्गा वा सगाेलकाे सम्पत्तिमा विवाद आउनाले परिवारमा एकताको भावना विखण्डित हुन सक्छ। भौतिक साधनमा पनि क्षति पुग्न सक्छ। आफ्ना कमजोरीप्रति दाजुभाइले गुनासो गर्नेछन्। तर लचिलो व्यवहारले समस्याको गाँठो फुकाउन सकिनेछ। कृषि तथा व्यवसायमा सम्भावनाका नयाँ क्षेत्र फेला पर्नेछन्। विद्यार्थीहरूमा तर्कशक्ति बढ्नेछ। बुद्धिको उपयोगले अघि बढ्नेहरूलाई विशेष फाइदा हुनेछ। सामान्य काममा अलमलिनु भन्दा दिगो अवसरका लागि प्रयत्न गर्नुहोला। आफन्त र सत्पात्रको संगतले व्यवहारमा सुधार ल्याउन सकिनेछ। प्रेम र मित्रताकाे बन्धन कसिलाे हुनेछ।

    वृश्चिक – SCORPIO
    तो, ना, नि, नु, ने, नो, या, यि, यु
    वृश्चिक राशिलाई केही चुनाैतीसँग जुध्नुपरे पनि माघ महिना उत्साहवर्धक रहनेछ। महत्त्वाकांक्षाले लक्ष्यकाे उचाइमा पुर्याउन सक्छ। लामो समयदेखि रोकिएका काम सम्पादन हुनेछन्। नयाँ कार्य थालनी हुनुका साथै उद्योग–धन्दा र व्यापारमा प्रशस्त लाभ हुनेछ। नोकरी तथा राजनीति गर्नेहरूलाई पनि पद–प्रतिष्ठा प्राप्त हुनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन्। शत्रु र रोगबाट छुटकारा मिल्नेछ। घरमा सुख–समृद्धि बढ्नेछ। भूमिलगायत स्थायी सम्पत्ति हातपार्ने समय छ। दाजुभाइबीच सगोलको सम्पत्तिमा भागबन्डा लाग्न सक्छ। प्रतिष्ठित व्यक्तिहरू सहयोगीका रूपमा देखापर्नेछन्। कीर्तिमानी काम शुभारम्भ हुनेछ। सानो प्रयत्नले जीवनशैलीमा सुधार ल्याउन सकिनेछ। वादविवादले भने समस्या निम्त्याउनेछ, सजग रहनुहाेला।

    धनु – SAGITTARIUS
    ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    धनु राशिलाई माघ महिना केही संघर्षमय रहनेछ। तापनि सानाे उपलब्धिले भविष्यप्रति आशा जगाउनेछ। व्यवहारमा भने विवादास्पद जिम्मेवारी आउनेछन्। अप्ठ्यारा काममा हात हाल्नाले समस्याबाट बाहिरिन समय लाग्नेछ। पदकाे माेहले व्यर्थैमा श्रम, समय र धन खर्च हुनेछ। बोलीको लयमा कठोरताको आभास हुनाले सहयोगीहरू जिम्मेवारीबाट पन्छिन सक्छन्। अरूको भरपर्दा काम रोकिने हुँदा स्वयं जुट्नुपर्नेछ। श्रम गर्नेहरूलाई सम्भावनाका बाटा फेला पर्नेछन्। मिहिनेत गर्दा पेसा–व्यवसायमा फाइदै हुनेछ। सञ्चित रकम खर्चनुपरे पनि भौतिक साधन र उपकरण संग्रह गर्न सकिनेछ। लेनदेनसम्बन्धी पुरानो हिसाबले भने वादविवाद निम्त्याउन सक्छ। स्वास्थ्यमा शिर, दाँत र आँखाको समस्याले सताउने समय छ।

    मकर – CAPRICORN
    भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    मकर राशिलाई माघ महिनामा अवसर र चुनौती बराबर आउनेछन्। परिवेश रमाइलो देखिए पनि महिना खर्चिलो रहनेछ। परिस्थितिवश अरूकै कामकाजमा समय बित्नेछ। अध्ययन तथा लेखनमा बाधा हुनेछ। अरूको सुझावविपरीत आफ्नो निर्णय लिँदा समस्यामा परिनेछ। आत्मसम्मानकाे बहानामा सहयाेगीहरू टाढिन सक्छन्। जटिल काम पनि एक्लै समेट्नुपर्ने चुनौती आउन सक्छ। समस्याबाट बाहिरिन समय लाग्नेछ। केही अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ। प्रेम तथा दाम्पत्यमा असमझदारी बढ्नेछ। पछिल्ला दिनमा आयस्रोत कमजोर हुनेछ, अधिक कर्जा लिएर जोखिम निम्त्याउनु भन्दा क्षति हुनबाट जोगिने प्रयास गर्नुहोला। सबैसँग नम्र व्यवहार गर्दै पहिलेका उपलब्धि जोगाउने प्रयास गर्नुहोला।

    कुम्भ – AQUARIUS
    गु, गे, गो, सा, सि, सु, से, सो, द
    कुम्भ राशिलाई माघ महिनामा केही व्यावहारिक उतारचढाव आउनेछन्। खर्च बढ्नुका साथै अर्थ अभाव देखापर्नेछ। सानो कमजोरीले आर्थिक व्यवस्थापान असन्तुलित बन्नेछ। सामान्य किनमेलमा सञ्चित रकम खर्च हुनेछ। सरसापटमा गएको नगद, उठ्नुपर्ने रकम र लगानी अड्किनाले व्यवहारमा समस्या पर्न सक्छ। विदेश ताक्नेहरूलाई खर्च मात्र हुने समय छ। अप्ठ्यारो समयमा पनि आफ्ना कमजोरीको फाइदा उठाउनेहरू मात्र भेटिनेछन्। प्रमाण नराखी दिएको नगद र उधारो व्यापारले वादविवाद निम्त्याउन सक्छ, सजग रहनुहोला। परिस्थिति अनुकूल नभएसम्म नयाँ काम नथाल्नुहोला। दोहोर्याएर प्रयत्न गर्दा राेकिएकाे काम बन्नेछ। महत्त्वाकांक्षा पूरा नभए पनि पहिलेको उपलब्धि जोगाउन सफल भइनेछ।

    मीन – PISCES
    दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    मीन राशिलाई माघ महिना उपलब्धिमूलक रहनेछ। समाजमा प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। अध्ययनकाे लगावले सफलताको उचाइमा पुर्याउनेछ। योग्यता प्रदर्शन गरेरै स्वरोजगार बन्न सफल भइनेछ। चिताएकाे काम सजिलै सम्पादन हुनेछ। उठ्नुपर्ने रकम हातलागी हुनेछ र आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। व्यवसायले उचाइको मार्ग अवलम्बन गर्नेछ। कृषि र पशुधनबाट यथेष्ट लाभ मिल्नेछ। नोकरी तथा राजनीतिमा पनि उत्साहजनक सफलता प्राप्त हुनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। भाग्यले असल प्रेमपात्र जुराउन सक्छ। घर–गृहस्थी समृद्ध बन्नेछ। विदेश ताक्नेहरूका लागि यात्राको प्रक्रिया अघि बढ्नेछ। प्रतिस्पर्धी परास्त हुनेछन्। सेवा तथा परोपकारी कर्मले प्रसिद्धि दिलाउनेछ।

    सोमबार, माघ ०१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा अन्तराष्ट्रिय कार्यशाला सम्पन्न: नेपालको विकासमा भौगोलिक चिन्तनको अपरिहार्यतामा जोड
    तिहार: प्रकृति र आत्मबोधको सांस्कृतिक एवं दार्शनिक चक्र
    चीन र नेपालका वैज्ञानिकहरूद्वारा अरुण सीमापार उपत्यकामा क्षेत्रीय अनुसन्धान सम्पन्न
    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    लोकप्रिय

    भर्खरै

    • १.
      भूगोल केन्द्रीय विभागमा अन्तराष्ट्रिय कार्यशाला सम्पन्न: नेपालको विकासमा भौगोलिक चिन्तनको अपरिहार्यतामा जोड

    • २.
      तिहार: प्रकृति र आत्मबोधको सांस्कृतिक एवं दार्शनिक चक्र

    • ३.
      चीन र नेपालका वैज्ञानिकहरूद्वारा अरुण सीमापार उपत्यकामा क्षेत्रीय अनुसन्धान सम्पन्न

    • ४.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • ५.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ६.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ७.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ८.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer