• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार २७, २०८३
☰
शनिबार, असार २७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

  • ३. आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

विद्यार्थी संगठनको माग: निःशुल्क शिक्षा चाहियो


  •   सोमबार, माघ ०१, २०८० मा प्रकाशित
  • काठमाडौं । विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुनुपर्ने बताएका छन् । आइतबार प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा विद्यार्थी नेताहरूले संशोधन प्रस्ताव गरेका हुन् ।

    Advertisement

    उनीहरूले आधारभूत तहसम्मको शिक्षा अनिवार्य र उच्च शिक्षासम्म निःशुल्क हुनुपर्नेमा जोड दिए । विद्यार्थी नेताले सरकारले शिक्षक महासंघसँग गरेका सम्झौता पनि आफूहरूले नमान्ने बताए । शिक्षक नियुक्ति गर्दा खुला प्रतिस्पर्धाबाट गर्नुपर्ने उनीहरूले उल्लेख गरे ।

    हाल कार्यरत शिक्षकलाई आन्तरिक रूपमा स्थायी गर्न नहुनेमा विद्यार्थी संगठनले जोड दिएका छन् । शिक्षा क्षेत्रमा राज्यले कुल बजेटको २० प्रतिशत रकम अनिवार्य रूपमा लगानी गर्नुपर्ने उनीहरूको माग छ ।

    यस्तै, सरकारी सेवा, सुविधा लिने व्यक्तिका सन्तान अनिवार्य रूपमा सरकारी विद्यालयमा नै पढाउनुपर्ने विषय विधेयकमै समावेश गर्नुपर्नेमा विद्यार्थी नेताले जोड दिए ।

    बैठकमा नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले सरकारले अस्थायी र करार शिक्षकसँग गरेको सम्झौता मान्य नहुने बताए । शिक्षक नियुक्ति गर्दा खुला प्रतिस्पर्धामार्फत गर्नुपर्ने उनले उल्लेख गरे ।

    उनले सीटीईभीटीको अनुदान नघटाउन आग्रह गरे । कक्षा–११ र १२ मा दिइने अनुदान पनि बढाउन उनले अनुरोध गरे ।

    अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष समिक बडालले समाजवादउन्मुख राज्य व्यवस्थालाई साकार पार्ने गरी विधेयक नआएको बताए । विधेयकको उद्देश्य समेत स्पष्ट नभएको भन्दै उनले प्रस्तावनामै संशोधन गर्न आवश्यक रहेको औँल्याए ।

    विधेयकले निजी र सार्वजनिक गरी दुई प्रकारको शिक्षण संस्थाको व्यवस्था गरेको भन्दै विद्यालय शिक्षामा निजी लगानी बन्द गर्नुपर्नेमा उनले जोड दिए ।

    अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंहले विधेयक निजी विद्यालयको ‘सिन्डिकेट’ कायम हुने गरी आएको बताइन् । विधेयकले शिक्षामा भइरहेको दोहोरो मापदण्डलाई भत्काउन नसकेको उनको भनाइ छ । (न्युज एजेन्सी नेपाल)

    सोमबार, माघ ०१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार २१ गते (५

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २५ गते (९

    भर्खरै

    • १.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer