• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार २६, २०८३
☰
शुक्रबार, असार २६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

  • ३. आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

माघी पर्वको रमझम थारु गाउँमा


  •   सोमबार, माघ ०१, २०८० मा प्रकाशित
  • कपिलवस्तु । थारु समुदायका सदस्यहरुले आफ्नो नयाँ वर्ष माघी मनाउन सुरु गरेका छन् । माघी खिचडी खिचडाका नामले साँस्कृतिक झाँकी तथा लोक नृत्यहरु प्रदर्शन गरी हर्ष उल्लासका साथ यो पर्व मनाउन थालेका हुन् ।

    Advertisement

    खासगरी माघी पर्व प्रत्येक बर्षको पुस मसान्त अथवा पुस महिनाको अन्तिम दिन र माघको १ गते गरी दुई दिन मनाउने गरिन्छ । पुस मसान्तको अघिल्लो दिन घरमा पालेका बङगुर, खसी, बोका, भेडा, कुखुरा काटेर मासु खाने प्रचलन थारु गाउँमा छ ।

    पुराना र नयाँ जिम्मेवारी लिने व्यक्तिहरुलाई बोलाई खानपीनका साथ विदाइ र स्वागत गर्ने प्रचलन रहेको थारु प्रतिनिधिको भनाइ छ । यो दिनलाई थारु समुदायमा ‘सुवर मराई’ नामले जानिन्छ । पुस मसान्त र माघको पहिलो दिन बिहानै नुहाएर चामल, दाल, नुन छुने र सेतो चामलको टीका लगाउने प्रचलन रहेको छ । यसै अवसरमा घरमा मिठा खिचडी, तिलको लड्डु तथा मिठा परिकारहरु बनाई खाने गरिन्छ ।

    छोएर राखेको चामल, दाल, नुन आफ्ना विवाहित चेलीलाई दान दिने प्रचलन रहेको थारु अगुवाहरुको भनाइ छ । माघीमा झुमरा, झर्रा, मयुर नाच, सजनी, बिरहनी जस्ता थारु लोकनाच र गीत प्रदर्शन गरी नाचगानसहित सामुहिक रुपमा माघी मनाउने चलन रहेको थारु अभियनता राजेश चौधरीले बताउनुभयो ।

    थारु समुदायको मुख्य पेशा कृषि रहेको छ । पुस र माघ महिना किसानका लागि फुर्सदिलो समय मानिन्छ । मौलिक परम्पराअनुसार घरको मुखियाको नेतृत्वमा जिम्मेवारी बाँडफाँड पनि यस पर्वमा गरिन्छ ।

    बडघरले एक बर्षको हरहिसाब दिने र अर्को बडघर छान्ने प्रचलन पनि थारु गाउँमा छ । नयाँ बडघरलाई गाउँ समुदायको विकास, न्याय निरुपण, सामाजिक कार्य र समाजमा नेतृत्व प्रदान समेत गरिन्छ । बडघरकै नेतृत्वमा गाउँको सोखा, गुरवा, चौकिदार, लोहार, सोरहिन्हिया छान्ने प्रचलन रहेको चौधरीले बताउनुभयो ।

    माघ १ गते देखि तिलको दानाजस्तै प्रत्येक दिन सूर्य उत्तरतिर बढ्ने र दिन लामो हुँदै जाने र रात सानो हुँदै जाने बताइन्छ । सामाजिक र आर्थिक विकास, न्याय सम्पादन, समाज नेतृत्व र सामाजिक कार्य सम्पादन, प्रेम, सहयोग, एकता, भाइचारा र बन्धुत्वको दृष्टिकोणले पनि माघी तथा खिचडी पर्व थारु समुदायको लागि महत्वपुर्ण पर्व मानिन्छ ।

    सोमबार, माघ ०१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार २१ गते (५

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २५ गते (९

    भर्खरै

    • १.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer