• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार ०५, २०८३
☰
शुक्रबार, असार ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. मासिक राशिफल: असार २०८३

  • ३. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

निकुञ्जभित्र चल्ने सवारी साधन अवैध


  •   सोमबार, माघ ०१, २०८० मा प्रकाशित
  • माघ । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा समेत सफारीमा चल्ने सवारी साधन अवैध रूपमा स्वरूप परिवर्तन गरेर सञ्चालनमा ल्याइने गरिएको पाइएको छ ।

    Advertisement

    त्यसरी सञ्चालन भएको एउटा गाडीलाई ट्राफिक प्रहरीले सवारी तथा यातायात व्यवस्था ऐन अनुसार कारबाही गरेको छ । प्रहरीले त्यस्तो कारबाही जङ्गलबाहिर आएका बेला गरेको हो । गत सोमबार भरतपुर विमानस्थलबाट पर्यटक लिएर सौराहा आउँदै गर्दा सौराहाको जङ्गल सफारी लजको ग १ य ६१० नम्बरको गाडी ट्राफिक प्रहरीको चेकिङमा कारबाहीमा परेको हो । ब्लुबुकमा दुई यात्री मात्रै लेखिएको गाडीमा सिट सङ्ख्या थपेको पाइएपछि ट्राफिक प्रहरीले त्यो गाडीलाई सात हजार पाँच सय रुपियाँ जरिवाना गरेको छ ।

    लज सञ्चालक सुमन घिमिरेले सवारी पर्मिट, सवारी कर, सवारी चालकपत्र चुस्त दुरुस्त रहँदा रहँदै पनि सिट कायम नभएको भन्दै प्रहरीले कारबाही गरेको बताउनुभयो । प्रहरी निरीक्षक सुरेश सुवेदीलाई सफारीमा प्रयोग हुने गाडीबारे बेलिबिस्तार लाउँदा पनि कारबाही गरिएको क्षेत्रीय होटल सङ्घ सौराहाका पूर्वअध्यक्षसमेत रहनुभएका घिमिरेले गुनासो गर्नुभयो । उहाँका अनुसार सौराहामा मात्र एक सयभन्दा बढी त्यस्ता गाडी सफारीका लागि प्रयोगमा छन् । निकुञ्जभित्र मात्र कम्तीमा ५० वटा गाडी दैनिक दौडिरहेका हुन्छन् ।

    गाडी सञ्चालकहरूका अनुसार सफारीका लागि भनेर छुट्टै गाडी बनेका हुँदैनन् । त्यसैले सफारीमा चल्ने गाडीको सिट कायम गर्दिए सरकारलाई तिर्नुपर्ने कर पनि तिर्न तयार रहेको उनीहरू बताउँछन् ।

    सवारी तथा यातायात व्यवस्था ऐन अनुसार सवारीको रङ, सिट सङ्ख्या पार्टपुर्जा र इन्जिनमा कुनै परिवर्तन गर्न पाइँदैन । त्यस्तो गरेमा ट्राफिक प्रहरीले गाडी नियन्त्रणमा लिई यातायात कार्यालयमा बुझाउनु पर्छ । कार्यालयले यस्ता सवारी साधनका धनीबाट सात हजार रुपियाँ जरिवाना गर्ने र परिवर्तन गरिएको स्वरूप र सिट सङ्ख्यालाई ब्लुबुक अनुसार नै कायम गर्नुपर्ने व्यवस्था कानुनमा छ ।

    चितवनमा जङ्गल सफारीका गाडी प्रायः दुईसिटे हुन् तर स्वरूप नै परिवर्तन गरी सिट सङ्ख्या बढाई १२ देखि १५ सम्म राखिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख ट्राफिक प्रहरी निरीक्षक सुरेश सुवेदीले कानुनविपरीत काम कसैले पनि गर्न नहुने बताउनुभयो ।

    “हामीले डेढ वर्षको अवधिमा स्वरूप परिवर्तन गरेर चलाएका ६९ वटा सवारी साधन नियन्त्रणमा लिएर कारबाही गरी दुुई लाख ६६ हजार रुपियाँ राजस्व सङ्कलन गरिसकेका छौँ,” उहाँले भन्नुुभयो, “पर्यटक बोक्ने गाडी भन्दैमा नियमविपरीत स्वरूप नै परिवर्तन गरेर सिट थप्न पाइँदैन ।”

    यातायात व्यवस्था कार्यालय चितवनका अधिकृत गोविन्द पौडेलले चितवनमा पर्यटक बोक्न प्रयोगमा ल्याइएका सवारी साधनमा देखिएका समस्या जुन कार्यालयमा दर्ता छ, त्यो कार्यालयले मात्रै समाधान गर्न सक्ने बताउनुभयो । “ब्लुबुक अनुसार स्वरूप परिवर्तन गर्नुपर्ने वा सिट सङ्ख्या थप्न मिल्ने नमिल्ने भन्ने कुरा सवारी साधनको क्षमता हेरेर तत्काल प्राविधिकले निर्णय गर्ने कुरा हो ।

    ब्लुबुकमा दर्ता भएको सिट सङ्ख्याभन्दा बढी यात्रु बोक्न मिल्दैन,” उहाँले भन्नुभयो । निकुञ्जभित्र सवार रहने भएकाले यस्ता सवारी साधनलाई निकुञ्जले समेत दर्ता अनुमति दिन नहुने उहाँको तर्क छ ।

    निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले भने निकुञ्जभित्र चल्ने सवारी साधन विगतदेखि चल्दै आएकाले सो सम्बन्धमा खासै ध्यान नपुगेको बताउनुभयो । “एउटा गाडीको ब्लुबुक अनुसार सिट सङ्ख्या राखेर अनुमति लिए नलिएको हेर्नुेपर्ने हो तर त्यो

    अहिलेसम्म हेरिएको छैन,” उहाँले भन्नुभयो, “अहिले निकुञ्जले हेर्ने भनेको पर्यटक र गाडीको राजस्व काटिएको छ वा छैन र त्यो निकुञ्जमा दर्ता हो वा हैन मात्रै हेर्ने गरिएको छ ।”

    सौराहामा संस्थागत रूपमै जिप सफारी गराइरहेको सौराहा जिप तथा ढुङ्गा बुकिङ सेन्टरका सचिव राममणि खनालले जङ्गल सफारीका व्रmममा पर्यटक बोक्ने सवारी साधन नेपालमै नपाइने भएकाले आफूहरू स्वरूप परिवर्तन गरेर सिट बढाउन बाध्य भएको बताउनुभयो ।

    “जङ्गलभित्र सफारी गराउन सहज सडक पहुँच नभएकाले बढी महेन्द्राको बलेरो जिप नै प्रयोगमा ल्याइने गरिन्छ तर यी गाडी पर्यटकमैत्री नभएपछि स्वरूप परिवर्तन गर्नु हाम्रो रहर हैन, बाध्यता हो,” उहाँले भन्नुभयो ।

    क्षेत्रीय होटल सङ्घ सौराहा चितवनले जङ्गल सफारीमा प्रयोग हुने गाडीमा देखिएको समस्या समाधान गर्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासमक्ष माग गरेका छन् । चितवन भ्रमणमा

    रहनुभएका मन्त्री ज्वालालाई सङ्घले ज्ञापनपत्र बुझाएको छ । व्यवसायीबाट ज्ञापनपत्र बुझेपछि उहाँले आफू काठमाडौँ फर्किएर समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    सोमबार, माघ ०१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १ गते (१५

    • २.
      मासिक राशिफल: असार २०८३

    • ३.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ४.
      आज २०८३ साल असार २ गते (१६

    • ५.
      आज २०८३ साल असार ५ गते (१९

    • ६.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: असार २०८३

    • ५.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer