• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, भदौ ०३, २०८३
☰
बुधबार, भदौ ०३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

एप्पलले छुटमा बेच्दैछ आइफोन, कारण यस्तो


  •   मङ्गलबार, माघ ०२, २०८० मा प्रकाशित
  • न्यूयोर्क । अमेरिकी आइफोन निर्माता कम्पनी एप्पलले चीनमा छुटमा आइफोन बेच्ने भएको छ । एसियामा यतिबेला स्मार्टफोन बजारमा प्रतिस्पर्धा चर्किरहेको छ । यस्तोमा कम्पनीले छुटमा आइफोन बेच्ने दुर्लभ कदम चालेको हो ।

    Advertisement

    लुनार नयाँ वर्षको अवसरमा आधिकारिक चिनियाँ वेबसाइटमा एप्पलले नयाँ मोडलका आइफोनमा ५०० युआनसम्म छुटको दिइरहेको छ । म्याक र आइप्याड लगायत अन्य प्रोडक्टमा पनि क्रमशः ८०० र ४०० युआनसम्म छूट छ ।

    यो प्रोमोशन अभियान जनवरी १८ देखि जनवरी २१ सम्म चल्ने बताइएको छ । चीनमा तेस्रो पक्षका विक्रेताहरूले छूटमा एप्पलका सामान बेच्ने गरेका छन् । तर एप्पलले भने प्रिमियम ब्रान्डको रूपमा आफ्नो छविलाई कायम गर्न आफैँले कहिले पनि यसरी छूटमा सामान बेचेको थिएन ।

    चीनको बहुराष्ट्रिय प्रविधि कम्पनी हुवावेले आफ्नो फ्ल्यागशीप स्मार्टफोन मेट६० प्रो सार्वजनिक गरेको पाँच महिनामा एप्पलले मूल्य कटौती गरेको हो । आइफोनको विक्री घटेर कम्पनीले छूटमै प्रडक्ट बेच्नु पर्ने स्थिति आएपछि दोस्रो ठुलो अर्थतन्त्रमा एप्पलका प्रडक्टको मागबारे प्रश्नहरू उठ्न थालेको छ ।

    आइफोन निर्माताका लागि चीन लामो समयसम्म मुख्य बजारको रूपमा रहँदै आएको थियो । गएको वर्ष विश्वको कूल विक्री मध्ये २० प्रतिशत विक्री चीनमै भएको थियो । तर फोन लञ्च भएको पहिलो २ हप्तामा आइफोन १४ को तुलनामा आइफोन १५ को बिक्री साढे ४ प्रतिशतले घटेको काउन्टर प्वाइन्ट रिसर्चले भनेको छ ।

    चीन एप्पलको लागि मुख्य बजारहरूमध्ये एक हो । तर पछिल्लो समय अर्थतन्त्रमा आएको सुस्ती, चीनले सरकारी अधिकारीहरूलाई आइफोन प्रयोगमा लगाएको प्रतिबन्ध आदिका कारण त्यहाँ कम्पनीको विक्री सुस्ताउन थालेको छ ।

     

    मङ्गलबार, माघ ०२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer