काठमाडौँ । साहस ऊर्जा लिमिटेडले ३ सय ४१ मेगावाटको अर्धजलाशययुक्त बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । गोरखाको धार्चे–३ र चुमनुब्री गाउँपालिका–३ मा पर्ने आयोजनाले उत्पादन अनुमति पाइसकेको छ ।
Advertisement
चुमनुब्रीको सल्लेरी नजिकै बाँध र धार्चेमा विद्युत् गृह निर्माण गरिने साहसका अध्यक्ष हिमप्रसाद पाठकले जनाए । आयोजनाको टनेल करिब ६.८ किमि तथा हेडवर्क्स ३ सय ९८ मिटरको हुनेछ । आयोजनाको जलाधार क्षेत्र ३ सय ७५ किमि छ ।
आयोजना विद्युत् खरिद सम्झौता (पीपीए) को अन्तिम चरणमा पुगेको पाठकको भनाइ छ । एक वर्षभित्र विस्तृत परियोजना रिपोर्ट (डीपीआर) र फाइनान्सियल व्यवस्थापन पूरा गरेर निर्माणको चरणमा गइने उनले बताए । उक्त आयोजना साहसले हालै टाइम्स इनर्जीबाट किनेको हो ।




