• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार २०, २०८३
☰
शनिबार, असार २०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

खुलामञ्चलाई खेल मैदान बनाउँदै महानगर


  •   बुधबार, माघ ०३, २०८० मा प्रकाशित
  • काठमाडौं । स्थानीय बासिन्दा र संरक्षणकर्मीको विरोधपछि खुलामञ्चमा भूमिगत पार्किङ बनाउने निर्णयबाट पछि हटेको काठमाडौं महानगरपालिका त्यहाँ अब फुटबल मैदान बनाउन तम्सिएको छ ।

    Advertisement

    फेरि पनि स्थानीयवासी र संरक्षण अभियन्ताहरुले खुलामञ्चलाई प्राकृतिक चौरकै रुपमा छाड्न माग गर्दै सर्वसाधारणको पहुँच नखुम्च्याउन चेतावनी दिएका छन् । तर, स्थानीय फुटबल क्लबहरुलाई साथ लिएर महानगरपालिका जसरी पनि खुलामञ्चमा सकेसम्म कृत्रिम (प्लाष्टिक) दुबो रोप्ने र सम्भव नभए प्राकृतिक दुबो रोपेरै भए पनि दुई वटा फुटबल मैदान तयार गर्ने अडानमा छ ।

    महानगरपालिकाको गत आर्थिक वर्षको बजेटमा वडा नम्बर ११ मा रहेको खुलामञ्चसँगैको जग्गामा ‘रिभर्स बोरिङ’ सहितको भूमिगत पार्किङको पूर्वाधार निर्माण गर्न सम्भाव्यता अध्ययन गरिने उल्लेख थियो ।

    सोही अनुसार काठमाडौंले ५ हजार गाडी अट्ने गरी भूमिगत पार्किङको लागि नगर विकास कोषमार्फत अध्ययन अगाडि बढाएको थियो । तर खुलामञ्चको प्राकृतिक अवस्था खलबल्याउन नहुने भन्दै चर्को विरोध र आलोचना भयो । अहिले महानगरपालिकाले सम्भाव्यता अध्ययनबाट भूमिगत पार्किङ बनाउन सम्भव नदेखिएको बताएर खेल मैदानको योजना अघि सारेको हो ।

    काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको बजेटमा खुलामञ्चमा मैदान बनाउन ‘व्यायाम तथा खेलकुद स्थल सुधार’ का नाममा १ करोड रुपैयाँ विनियोजन गरेको थियो । महानगरपालिकाको सार्वजनिक निर्माण विभाग अन्तर्गत सामाजिक विकास क्षेत्रको खेलकुद कार्यक्रम अन्तर्गत खुलामञ्चलाई मैदान बनाउने काम हुन लागेको हो ।

    टुँडिखेल खुल्ला हुनुपर्ने माग राखेर लामो समयदेखि अभियान चलाइरहेका आलोक तुलाधरले महानगरको नियतमै खोट रहेको बताउँछन् ।

    उनी खुलामञ्चमा २०७३ पछि व्यवसायीहरुको स्वार्थमा आधा भागमा बसपार्क राखिएको र त्यसपछि बाँकी भागमा विभिन्न ठेकेदारहरुको क्रसर र गोदाम घरहरु बनाइएको स्मरण गर्छन् ।

    अकुपाई टुँडिखेल अभियान चलाएर विरोध गरेपछि बल्ल महानगरले ती संरचनाहरु हटाएर खुलामञ्च खाली गरेको थियो । तर, त्यसपछि महानगरले खुलामञ्चको गेटमा ताला ठोकेर राखेको छ । ‘खुला पहुँचमा ल्याउनुपर्नेमा उल्टै अघिल्लो वर्ष भूमिगत पार्किङ भनियो, त्यो गलत भएको बुझ्नासाथ खुलामञ्चमा खेल मैदान बनाउने भनिंदैछ, यसमा किन महानगरले वक्रदृष्टि लगाइरहन्छ ?’ आलोक प्रश्न गर्छन् ।

    तुलाधर खेल मैदान बन्नेबित्तिकै खुलामञ्च सीमित क्लब र खेलाडीको पहुँचमा मात्र हुने बताउँछन् । ‘क्लबले लिन सक्ला, कुनै टिमले आफ्नो ग्राउण्ड बनाउन सक्ला, यसले त सबैको पहुँचबाहिर पाे लैजान्छ’ उनी भन्छन्, ‘यो साझा थलो हो, यसलाई कुनै वर्ग र समूहको पहुँचमा राखेर अरुलाई निषेध गर्न मिल्दैन ।’

    उनले सार्वजनिक पोखरी र चौर मासेर लैनचौरमा फुटसल खेल सञ्चालन भइरहेको उदाहरण दिंदै त्यस्तो गल्ती खुलामञ्चमा दोहोर्‍याउन नहुने बताए । खुलामञ्च मासेर व्यवसायिक खेल मैदान बनाउने प्रयत्न भइरहेको भन्दै तुलाधरले भने, ‘आम मान्छेको पहुँच खुम्च्याएर सीमित वर्ग र समूहलाई पोस्न पाइँदैन ।’

    सार्वजनिक स्थल र सम्पदा संरक्षणको पैरवी गर्दै आएका अधिवक्ता सञ्जय अधिकारी काठमाडौं महानगरका मेयर बालेन शाहको लहडले खुलामञ्चको अस्तित्व नै मेटिने जोखिम देखिएको बताउँछन् ।

    ‘उहाँलाई कतिबेला के लाग्छ, त्यही गरेर हुँदैन’, उनी भन्छन्, ‘खुलामञ्चभित्र जोसुकैले जुनसुकै बेला खुला रुपमा गएर बस्न पाउनुपर्छ, त्यसलाई अहिलेकै अवस्थामा संरक्षण गर्ने हो, यसमा पूर्वाधार थोपर्ने होइन ।’

    मुक्त टुँडिखेल अभियानले खुलामञ्चमा फुटबल मैदान बनाउने निर्णय नगर्न महानगरलाई आग्रह गरेको छ । खुला सार्वजनिक जग्गाको सरकारीकरण गर्ने दूषित मनसायका साथ काठमाडौं महानगरपालिकाले खुलामञ्चमा फुटबल ग्राउन्ड बनाउन खोजेको आरोप लगाएको छ ।

    खुलामञ्च भएको क्षेत्र दैवी प्रकोपको बेला आश्रय केन्द्रको रूपमा रहेको तर दिन प्रतिदिन मासिँदै गएको अभियानले जउल्लेख गरेको छ । सन् १९६७ मा ५२ प्रतिशत सार्वजनिक खुला क्षेत्र भएको टुँडिखेलको भूभाग सन् १९९० मा ३३ प्रतिशत, सन् २००० मा २५ प्रतिशत र सन् २०१७ सम्म आइपुग्दा १४ प्रतिशतमा खुम्चन पुगेको अभियानले तथ्यांक पेश गरेको छ ।

    ‘खुलामञ्च सभा सम्मेलन गरिआएको ऐतिहासिक क्षेत्र हो भने हाल रहेको लोकतान्त्रिक गणतन्त्र नेपाल प्राप्तिको लागि महत्वपूर्ण क्षेत्र तथा जवीनदायिनी समेत हो’, अभियानले भनेको छ, ‘दुई वटा फुटबल ग्राउण्ड निर्माण हुँदा यहाँ अन्य कार्यहरू हुन नसक्ने र सो क्षेत्रको उपयुक्त प्रयोग समेत नहुने स्थिति देखिन्छ ।’

    अभियानले खुलामञ्चलाई पहिलाको जस्तै घाँसे मैदानको रुपमा रहन दिनुपर्ने माग गरेको छ ।
    २०३६ सालयता खुलामञ्चमा राजनीतिक दल र नागरिक समाजले विभिन्न सार्वजनिक कार्यक्रम, सभा र सम्मेलन गर्दै आएकाले यसलाई ‘जनताको मञ्च’ पनि भन्ने गरिन्छ ।

    टुँडिखेलको एक भाग खुलामञ्च नेपालीले आफ्नो विचार राख्ने, अभिव्यक्ति स्वतन्त्रताको अभ्यास गर्ने ठाउँ मानिन्छ । विचार निर्माण गराउने सार्वजनिक थलो मासेर खेल मैदान बनाउन नहुने संरक्षणकर्मीको भनाइ छ ।

    महानगरले खुलामञ्चमा फुटबल मैदान बनाउन खरिद प्रक्रिया नै अघि बढाइसकेको छ । ठेक्का प्रक्रियामा जाँदा लामो समय लागेर विवाद हुने भएकाले कामहरु टुक्र्याएर कोटेसनबाटै काम सक्ने योजनामा महानगरपालिका छ ।

    बुधबार, माघ ०३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १४ गते (२८

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १८ गते (२

    • ४.
      आज २०८३ साल असार १५ गते (२९

    • ५.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer