• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, असार ०१, २०८३
☰
सोमबार, असार ०१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: असार २०८३

अझै पनि बिग मर्जरमा वाणिज्य बैंकहरु


  •   बुधबार, माघ ०३, २०८० मा प्रकाशित
  • काठमाडौ । ३२ वटाको संख्यामा रहेको वाणिज्य बैंकहरु २० वटामा झरिसकेका छन । गत वर्ष बिग मर्जरमा सहभागी नभएका वाणिज्य बैंकहरु अझै पनि सही पार्टनर भेटेमा बिग मर्जर गर्ने तयारीमा लागेका छन् ।

    Advertisement

    गत आर्थिक वर्षको साधारण सभामा अझै ६ वटा वाणिज्य बैंकले बिग मर्जरलाई प्राथमिकतामा नै राखेका छन्। तिनीहरुले उपयुक्त पार्टनर भेटेमा मर्जर गर्ने बताउँदै सो प्रक्रिया अगाडि बढाउने जिम्मा सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव साधारण सभामा राखेका छन्।

    प्राइम कमर्सियल बैंक, एनएमबी बैंक, नेपाल एसबीआई बैंक, सिद्धार्थ बैंक, सिटिजन्स बैंक र माछापुच्छ्रे बैंकले आफ्नो साधारण सभाको सूचनामा मर्जर तथा एक्विजिसनको एजेन्डा राख्दै यसको अख्तियारी बैंकको सञ्चालक समितिलाई दिने प्रस्ताव राखेका छन। प्राइम, एनएमबी, सिद्धार्थ, सिटिजन्स र माछापुच्छ्रे बैंकले ख र ग वर्गका विकास बैंक र फाइनान्सलाई आफूमा गाभे पनि समकक्षी क वर्गका बैंकहरुसँग मर्जरमा गएका छैनन।

    भारतको एसबीआई बैंकको लगानी रहेको नेपाल एसबीआई बैकले भने एफपीओ निष्काशन गरेर आफ्नो पुँजी ८ अर्ब पुर्याएको थियो। मर्जरमा जाने एजेन्डा राखेका ६ वाणिज्य बैंकमध्ये प्राइम कमर्सियल बैंक र एनएमबी बैंकले गत वर्षको नाफाबाट यस पटक कुनै लाभांश बाँडेनन। सिटिजन्स बैंक र सिद्धार्थ बैंकले क्रमशः ५.७९ प्रतिशत र ४.२१ प्रतिशत नगद लाभांश बाँडेका छन्। नेपाल एसबीआई बैंकले ३.७५ प्रतिशत बोनस शेयर र ६.८ प्रतिशत नगद लाभांश गरेर १०.५५ प्रतिशत लाभांश दिएको थियो भने माछापुच्छ्रे बैंकले १३.३ प्रतिशत बोनस र ०.७ प्रतिशत नगद लाभांश गरेर १४ प्रतिशत लाभांश दिएको थियो। माछापुच्छ्रेले अघिल्लो वर्ष लगानीकर्ताको हात खाली गरेको थियो।

    बिग मर्जरमा नगएका स्ट्यान्डर्ड चार्टर्ड र एभरेष्ट बैंक तथा नेपालकै निजी क्षेत्रको सानिमा बैंक र एनआईसी एसिया बैंकले भने मर्जरमा जाने एजेन्डा राखेका छैनन। सानिमा बैंकले हरेक वर्ष बोनस शेयर दिएरै पुँजी वृद्धि गरिरहेको छ। एनआईसी एसिया बैंकले करिब एक दशक अगाडि बैंक अफ एसियासँग मर्जर गरेपछि बाहेक कुनै पनि अन्य वित्तीय संस्था गाभेको छैन। संस्थाले हरेक वर्ष बोनस शेयर नै दिएर पुँजी वृद्धि गरिरहेको छ। गएको दुई आर्थिक वर्ष भने पुँजी कोष कम हुँदा नियामकीय प्रावधानका कारण बैंकले लाभांश बाँड्न पाएको थिएन।

    पछिल्ला दुई आर्थिक वर्षमा धेरै बैंकहरुले बिग मर्जरमा सहभागी भए । नेपालको एक मात्र डलर अर्बपति बिनोद चौधरीको मुख्य लगानी रहेको नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई आफूमा गाभेका थियाे भने लगत्तै नेपाल इन्भेष्टमेन्ट बैंकले मेगा बैंकसँग मर्जर गरेर नेपाल इन्भेष्टमेन्ट मेगा बैंक बनाएकाे थियाे। मर्जर लिडर बैंक ग्लोबल आईएमई बैंकले पनि बैंक अफ काठमाडौंलाई आफूमा गाभेर कारोबार गरेको थियो।

    हिमालयन बैंकले सिभिल बैंकलाई, प्रभु बैंकले सेञ्चुरी कमर्सियल बैंक आफूमा गाभेर एकीकृत कारोबार गरेको थियो। कुमारी बैंकमा नेपाल क्रेडिट एन्ड कमर्स बैंक गाभिएको थियो भने हालै मात्र लक्ष्मी बैंक र सनराइज बैंक मर्जर भएर लक्ष्मी सनराइज बैंकको रुपमा कारोबार भइरहेको छ। यसरी कुनै बेला ३२ वटा रहेको वाणिज्य बैंकहरु अहिले २० वटामा झरिसकेको छ। अझै केन्द्रीय बैंक सरकारी स्वामित्वमा रहेका बैंकहरुलाई मर्जर गराएर एउटै सरकारी लगानी भएको बैंक बनाउने भनाई पटक पटक सार्वजनिक कार्यक्रमहरुमा सुनिने गरेको छ। अर्थ मन्त्रालयले मर्जर गराउने विषयमा एउटा समिति समेत बनाएको भए पनि प्रभावकारी रुपमा कार्य भएको कार्यप्रगति विवरण भने बाहिर आउन सकेको छैन।

    बुधबार, माघ ०३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मासिक राशिफल: असार २०८३
    आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २६ गते (९

    • २.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ३.
      आज २०८३ साल असार १ गते (१५

    • ४.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ५.
      मासिक राशिफल: असार २०८३

    भर्खरै

    • १.
      मासिक राशिफल: असार २०८३

    • २.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer