• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: वैशाख २०८३

  • २. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

भारतमा ‘हनुमान’को आक्रामक कमाइ, नेपालमा शुक्रबार रिलिज हुने


  •   बुधबार, माघ ०३, २०८० मा प्रकाशित
  • काठमाडौं । भारतमा पछिल्लो समय ठूलो अपेक्षा नगरिएका फिल्मले बक्स अफिसमा सुनामी ल्याइरहेका छन् । ‘ट्वेल्थ फेल’पछि पालो ‘हनुमान’को आएको छ ।

    Advertisement

    तेजा सिज्जा स्टारर सुपरहिरो फिल्मले भारतीय बक्स अफिसमा उत्कृष्ट कमाइलाई निरन्तरता दिएको छ । फिल्मले चौथो दिनसम्म भारतीय बक्स अफिसमा ५५.१५ करोड नेट भारु कमाएको छ ।

    सकारात्मक ‘वर्ड अफ माउथ’को कारण फिल्मले कमाउने गति रोकिने छाँट छैन । महेश बाबुको तेलुगू फिल्म ‘गुन्तुर कारम’, धनुषको तमिल फिल्म ‘क्याप्टेन मिल्लर’ र कट्रिना क्याफ र विजय सेतुपाती स्टारर ‘मेरी क्रिसमस’सँगै ‘हनुमान’ पनि शुक्रबार रिलिज भएको थियो ।

    रिलिजअघि नै बिहीबार फिल्मले ४.१५ करोड नेट भारुको एड्भान्स टिकट बिक्री गरेको थियो । शुक्रबार सबै भाषामा ८.०५ करोड नेट भारु कमायो । शनिबार १२.४५ करोड, आइतबार १६ करोड भारु कमाएको हिन्दुस्तान टाइम्सले जनाएको छ ।

    प्रशान्त वर्माद्वारा निर्देशित ‘हनुमान’मा तेजा सज्जासँगै वरलक्ष्मी सरथकुमार, अमृता अय्यर र विनय राय मुख्य भूमिकामा छन् । कसरी एक साधारण मानिसले अप्रत्यासित रूपमा महाशक्ति हासिल गर्छ र आफूभित्र नयाँ शक्ति पत्ता लगाउँछ भन्ने कथावस्तुमा फिल्म बनेको हो । यो क्षमता उसमा आइसकेपछि उक्त पात्र राम्रो र नराम्रोबीचको लडाइँमा उत्रिन्छ ।

    अभिनेता तेजा सज्जाले हालै आफ्नो सुपरहिरो साइ–फाई फिल्म हनुमानको बारेमा कुरा गरेका थिए । समाचार एजेन्सी एएनआईलाई उनले भने, ‘सुपर हिरो फिल्म गर्ने विचार मेरो लागि धेरै रोमाञ्चक छ, यसको सम्पूर्ण प्रक्रिया निकै रोमाञ्चक रह्यो । यस फिल्ममा एक जवान केटाले भगवान हनुमानको कृपाले महाशक्ति प्राप्त गर्छ र त्यसपछि कसरी उसले आफ्नो लागि लड्छ भन्ने दर्शाइएको छ ।’

    फिल्ममा बालबालिकाको मनोरञ्जनका लागि सुपरहिरो एक्सन सिक्वेन्स र धेरै कमेडी मिश्रण गरिएको छ । ‘यो हाम्रो इतिहास हो, सुपरहिरो तत्वसँग पनि जोडिएको छ । हामीले हाम्रो भारतीय इतिहासलाई सुपरहिरो कन्सेप्टसँग मिसाउने प्रयास गरेका छौं । त्यसैले यो निकै मनोरञ्जनात्मक फिल्म हो,’ उनले भने ।

    नेपालमा शुक्रबार रिलिज हुने

    भारतमा निकै चर्चा पाइरहेको र राम्रो व्यापार गरिरहेको यो फिल्म आगामी शुक्रबार नेपालमा समेत प्रदर्शन हुने भएको छ । ब्यांकटेस इन्टरटेनमेन्टले यो फिल्मलाई रिलिज गर्न लागेको हो ।

    बुधबार, माघ ०३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न

    लोकप्रिय

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ३.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ४.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      मासिक राशिफल: वैशाख २०८३

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      वार्षिक राशिफल: २०८३

    • ७.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer