• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार २७, २०८३
☰
शनिबार, असार २७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

  • ३. आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

कता जादै छ देश: संसद्का कार्यवाहक महासचिवकै नागरिकता बहुरंगी


  •   बिहिबार, माघ ०४, २०८० मा प्रकाशित
  • काठमाडौं । संघीय संसद् सचिवालयको महासचिवमा सिफारिस भएका पद्मप्रसाद पाण्डेयको नागरिकता र राहदानीका विषयमा गृह मन्त्रालयले ‘इन्क्वाइरी’ थालेको छ । पाण्डेयविरुद्ध संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा परेको उजुरी परेको थियो । त्यसमा समितिले कागजात उपलब्ध गराउनु भनेपछि गृह मन्त्रालयले सम्बन्धित निकायमा ‘इन्क्वाइरी’ गरेको हो ।मन्त्रालयले जिल्ला प्रशासन कार्यालय पाल्पा, राहदानी विभाग र राहदानीको प्रयोगका विषयमा अध्यागमन विभागसँग जानकारी मागेको हो ।

    Advertisement

    “संसदीय समितिको पत्रका आधारमा जिल्ला प्रशासन कार्यालय पाल्पाबाट नागरिकता लिँदाका सबै विवरण र राहदानीको विवरण उपलब्ध गराउन भनिएको छ,” गृहका एक अधिकारीले बाह्रखरीसँग भने, “त्यसबाहेक उहाँका राहदानी र त्यसको प्रयोगका विषयमा राहदानी विभाग र अध्यागमन विभागसँग पनि जानकारी मागिएको छ ।”

    नौ महिनाअघि पाण्डेयलाई सभामुख देवराज घिमिरेले राजनीतिक आधारमा प्रतिनिधिसभा सचिव बनाएका थिए । संसद्का महासचिव डा. भरतराज गौतमलाई बीचैमा राजीनामा गर्न लगाउँदै सभामुख घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले महासचिवमा नियुक्ति गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए ।

    महासचिवमा सिफारिस भएसँगै पाण्डेयको फौजदारी अभियोग आकर्षित हुने ६ वर्ष घटाएर किर्ते नागरिकता बनाएको र त्यसबाटै राहदानी समेत बनाउँदै दुरुपयोग गरेको प्रमाण सार्वजनिक भयो ।पाण्डेय स्वयम्ले त्यस्तो नागरिकताबाट पासपोर्ट बनाएको स्वीकार गरिसकेका छन् । पाण्डेयले उमेर घटाउँदै नागरिकता लिएको स्वीकार गरिसकेपछि पनि सभामुख घिमिरे र अध्यक्ष तिमिल्सिनाले कार्यबाहक महासचिव बनाएका थिए ।

    महान्यायाधिवक्ता कार्यालयमा नायब महान्यायाधिवक्ता पदमा कार्यरत पाण्डेय पदमा बहाल रहेकै बखत गतवर्ष बैशाखमा प्रतिनिधिसभा सचिवमा राजनीतिक नियुक्ति लिएका थिए । गत वैशाखमा प्रतिनिधिसभा सचिवमा राजनीतिक नियुक्ति पाएका पाण्डेयले त्यसको पाँच दिनपछि वैशाख २६ मा महान्यायाधिवक्ता कार्यालयबाट रमाना लिएका थिए ।

    उनले ६ वर्ष उमेर घटाएर नागरिकता, त्यसैबाट राहदानी बनाउँदै १० वर्षपछि नागरिकता सच्याएका हुन् । पाल्पाबाट ०४६ असार २८ मा लिएको नागरिकता नम्बर ३५ भएको र नागरिकतामा उनको जन्ममिति २०२६ असोज १५ गते छ । उक्त नागरिकता कायम हुँदाहुँदै पाण्डेयले ०६६ भदौ २३ गते अर्को नागरिकता लिएका थिए जसमा जन्ममिति २०३२ पुस २६ गते छ । २०३२ पुस २६ गते कायम गरेको नागरिकताबाटै उनले ०६९ सालमा पासपोर्टसमेत लिए ।

    पाण्डेयले ०७६ भदौ २३ मा पुरानै जम्ममिति कायम अर्को नागरिकता लिएका छन् । नागरिकता र राहदानी दुरुपयोग गरेको प्रमाणित भएमा पाण्डेयलाई दश वर्षसम्म जेल सजाय र ६ लाख रुपैयाँसम्म जरिवाना हुनेछ ।

    बिहिबार, माघ ०४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार २१ गते (५

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २५ गते (९

    भर्खरै

    • १.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer