• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, असार ०१, २०८३
☰
सोमबार, असार ०१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: असार २०८३

छामछुमकै भरमा ‘सवारी पास’, मेसिन छ प्रयोगमै आएन


  •   बिहिबार, माघ ०४, २०८० मा प्रकाशित
  • काठमाडौँ । सवारीसाधन चुस्तदुरुस्त छ छैन भनेर परीक्षण गर्न नेपालभरमै एउटा मात्रै मेसिन छ । त्यो पनि एक दशकदेखि प्रयोगविहीन छ । कार्यविधि नहुँदा र अनिवार्य प्रयोग गर्नुपर्ने कानुनी व्यवस्था नहुँदा सवारीसाधन परीक्षण गर्ने ‘भेहिकल फिटनेस टेस्ट लेन’ प्रयोगविहीन भएको हो ।

    Advertisement

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतकै काठमाडौँको टेकुस्थित सवारी परीक्षण कार्यालयमा मात्रै भेहिकल फिटनेस टेस्ट लेन छ । कार्यालय प्रमुख एवं सिनियर डिभिजनल इन्जिनियर मणिराम भुसालका अनुसार २०७८ सम्म भेहिकल फिटनेस टेस्ट लेन बिग्रिएर थन्किएको थियो ।

    उहाँले भन्नुभयो, “भेहिकल फिटनेस टेस्ट लेन त्यस्तो मेसिन हो, जसले कुनै पनि सवारीसाधनको परीक्षण गर्दा सवारीको अवस्था कस्तो छ भन्ने प्रस्ट खुल्छ । यसबाट राम्ररी काम लिने हो भने सवारीसाधनको अवस्था बिग्रिएर हुने ८० प्रतिशत दुर्घटना चाहिँ रोक्न सकिन्छ ।” यातायात मन्त्रालय अन्तर्गतकै सवारी परीक्षण कार्यालय टेकु, इटहरी, हेटौँडा, बुटवल र कैलालीको अत्तरिया गरी पाँच स्थानमा मात्रै छन् । जनशक्ति र प्राविधिक जनशक्तिको अभावका कारण हरेक

    सवारी परीक्षण कार्यालयले निजी सवारीसाधनको वर्षमा एक पटक र सार्वजनिक सवारीसाधनको छ महिनामा एक पटक परीक्षण गर्ने गरेको छ । उक्त कार्यालयले यातायात व्यवस्थापनसम्बन्धी नीति, नियम र मापदण्ड बनाउने, अन्तरप्रदेशीय यातायातको रुट इजाजत दिने, लामो रुटको गाडीको स्तर कायम गर्ने, इम्बोस्ड नम्बर जोड्ने र प्रदूषण जाँच गर्दै आएको छ ।

    कसरी काम गर्छ मेसिनले ?

    इन्जिनियर भुसालका अनुसार भेहिकल फिटनेस टेस्ट लेनबाट सवारीसाधनको ब्रेक, सस्पेन्सन, साइड स्लिप परीक्षण गरिन्छ । उहाँले भन्नुभयो, “भेहिकल फिटनेस टेस्ट लेनले सवारीको सम्पूर्ण अवस्थाको वैज्ञानिक विधिबाट परीक्षण गर्छ । स्टेयरिङ बाङ्गो छ कि सिधा छ भन्नेदेखि सम्पूर्ण कुरा परीक्षण हुन्छ तर नेपालमा मेसिनबाट परीक्षण गरिँदैन ।”

    उहाँले नेपालमा अहिलेसम्म हातैले छामछुम पारेर परीक्षण भइरहेको र यसो गर्दा ८० प्रतिशत सवारीसाधनको मेसिनको अवस्था थाहा नहुने भएकाले दुर्घटनामा पर्ने खतरा हुने बताउनुभयो ।

    भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी परीक्षण केन्द्र सीमित हुँदा सवारीसाधनको अवस्थाबारे परीक्षण गर्न समस्या भइरहेको बताउनुभयो । उहाँले अहिले भएका सवारी परीक्षण केन्द्रलाई व्यवस्थित गर्ने र सडक सुरक्षाका सन्दर्भमा बन्ने कानुनबाट व्यवस्थित गरिने बताउनुभयो ।

    प्रयोगमै आएन मेसिन

    सिनियर डिभिजनल इन्जिनियर भुसालले भेहिकल फिटनेस टेस्ट लेनको प्रयोग अनिवार्य हुनुपर्ने भए पनि नेपालमा कार्यविधि र ऐन नहुँदा प्रयोगविहीन भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो कानुनले भेहिकल फिटनेस टेस्ट लेनको प्रयोग गर्नु पर्छ भनेको छैन, कहिलेकाहीँ कसै कसैले आफ्नो सवारीसाधन परीक्षण गर्न ल्याउनुहुन्छ तर अनिवार्य नभएकाले अधिकांशले गर्दैनन् ।”

    उहाँले अहिले भइरहेको सवारी परीक्षण कर्मकाण्डी मात्रै भएको बताउनुभयो । उहाँले भन्नुभयो, “मेसिन हो, मान्छेले सक्नेसम्म मात्रै हामीले परीक्षण गर्ने हो । अरू परीक्षण मेसिनले गर्न अनिवार्य हो । कतिपय देशमा शून्य दुर्घटनाको नीति नै छ । ती देशमा भेहिकल फिटनेस टेस्ट लेन अनिवार्य छ, यदि मेसिन थपेर व्यवस्थित रूपमा परीक्षण गरे दुर्घटना धेरै कम हुन्छ । अहिलेसम्म भइरहेको कर्मकाण्डी परीक्षण बदल्नै पर्छ । मेसिन ल्याएर परीक्षण सुरु गरी नागरिकको जिउज्यानको रक्षा गर्ने दायित्व पूरा गर्नै पर्छ ।”(गोरखापत्र)

    बिहिबार, माघ ०४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मासिक राशिफल: असार २०८३
    आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २६ गते (९

    • २.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल असार १ गते (१५

    • ५.
      मासिक राशिफल: असार २०८३

    भर्खरै

    • १.
      मासिक राशिफल: असार २०८३

    • २.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer