• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार २१, २०८३
☰
आइतबार, असार २१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

  • ५. आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

अनुहारमा चमक ल्याउन यो योगासन गर्ने कि ?


  •   बिहिबार, माघ ०४, २०८० मा प्रकाशित
  • अनुहार र छालामा चमक ल्याउन महंगा सौन्दर्य प्रसाधनको प्रयोग गर्ने धेरै छन् । तर प्राकृतिक रुपमै पनि अनुहार र छालालाई मुलायम र चम्किलो बनाउन सकिन्छ ।

    Advertisement

    यसमा योग एउटा विधि हो । शोधन क्रिया, यौगिक सूक्ष्म, स्थुल व्यायाम, आसन, प्राणायाम, ध्यान र सात्विक खानपानले मानिसलाई शारीरिक र मानसिक रुपमा स्वस्थ बनाउँछ । यस्ता केही योगाभ्यास छन्, जुन नियमित गर्दा अनुहारमा चमक ल्याउन मद्दत गर्छ ।

    अनुहारको व्यायाम

    अनुहारका विभिन्न भाग गाला, आँखा, जिब्रो, ओठ आदिलाई चलाउने, गालामा हावा भर्ने जस्ता सूक्ष्म व्यायामले अनुहारमा चमक ल्याउँछ ।

    सर्वाङ्गासन

    सर्वाङ्गासनले अनुहार र टाउकोमा रगतको प्रवाह बढाउँछ । परिणामस्वरूप अनुहारको छालामा निखारता ल्याउँछ । यसले अनुहार डन्डीफोर आउनबाट पनि रोक्छ ।

    सर्वाङ्गासन गर्ने विधि : सबैभन्दा पहिले म्याटमा उत्तानो परेर सुत्ने । त्यसपछि बिस्तारै सुरुमा खुट्टालाई ३० डिग्री र ९० डिग्रीमा उठाउने । पछि बिस्तारै पूरै जीउलाई माथि उठाउने । त्यसपछि हातले पछाडि कम्मरमा समातेर जीउलाई माथि उठाउने । खुट्टालाई माथि लगेर अड्याइराख्ने ।

    सुरुमा यसलाई दुई मिनेटसम्म गर्न सकिन्छ । अनुहारको चमकका लागि अलि बढी अड्याएर बस्नुपर्ने हुन्छ । तर गर्दन दुख्ने, कान दुख्ने, टाउको दुख्ने, रिंगटा लाग्ने समस्या भएकाले यो आसन गर्नु हुँदैन ।

    अभ्यास गर्दा कुहिनोलाई भुईंमा र हात कम्मरमा राखेर आफ्नो ढाड र खुट्टा सीधा राख्नुपर्छ । शरीरको सम्पूर्ण तौल काँध र हातको माथिल्लो भागमा कायम गर्ने, त्यसपछि एक-दुई मिनेट अड्याएर राख्ने । बिस्तारै सास लिंदै छोड्दै यही स्थितिमा रहने । यसको अभ्यासपछि मत्स्यासन गरेर शरीरलाई सन्तुलनमा राख्नुपर्छ ।

    त्रिकोणासन

    अनुहारको चमक बढाउन यो अभ्यास पनि निकै महत्वपूर्ण मानिन्छ । अनुहार र टाउकोको रक्तसञ्चारमा यसले सहयोग गर्छ ।

    त्रिकोणासन गर्ने विधि : पहिला सीधा बस्ने, त्यसपछि खुट्टा जति सकिन्छ त्यति फट्टाउने । त्यसपछि दायाँ हातले बायाँ खुट्टाको औंला वा पैताला छुने । खुट्टा छुँदा घुँडा सकेसम्म नखुम्च्याइकन सीधा राख्ने । बिस्तारै उठ्ने, पुन: बायाँ हातले दायाँ खुट्टा छुने । फेरि सीधा हुने । यसरी ५–५ पटकसम्म यो आसन गर्न सकिन्छ । तर कम्मर दुख्ने समस्या भएका र गर्भवती महिलालाई यो आसन लाभदायक हुँदैन ।

    भुजंगासन

    ढाड र काँधमा देखिने कडापन घटाउन भुजंगासनले मद्दत गर्छ । यसले पाचनप्रणाली बलियो बनाएर पेटलाई सफा राख्न मद्दत गर्छ । यसले आराम दिएर मानिसको मनोदशालाई राम्रो बनाउँछ र अनुहारलाई पनि सुन्दर बनाउँछ ।

    भुजंगासन गर्ने विधि : भुईंमा म्याट ओछ्याएर घोप्टो सुत्ने । त्यसपछि खुट्टा सीधा जोडैर राख्ने । त्यसपछि छातीको दायाँबायाँ हातले टेक्ने । त्यसपछि बिस्तारै सास लिंदै छातीलाई माथि उठाउने र एकछिन रोकिएर बस्ने । त्यसपछि सास छाड्दै छातीलाई तल ल्याउने । सुरुमा ५ देखि १० पटकसम्म भुजंगासन गर्न सकिन्छ ।

    शीर्षासन

    यो आसनले पनि टाउकोमा रक्तसञ्चार बढाउँछ । दिमागमा रगतले अक्सिजन राम्रोसँग पुर्‍याउँछ, जसले तनाव र थकान हटाएर अनुहारमा चमक ल्याउँछ ।

    शीर्षासन गर्ने विधि : म्याट ओछ्याएर टाउकोले टेकेर खुट्टा माथि लैजाने । यो एकैचोटि गर्न नसकिने भएकाले सुरुसुरुमा भित्तामा आड लगाएर गर्न सकिन्छ ।

    योगको एक पक्ष मात्र होइन समग्र पक्षलाई ध्यान दिनुपर्छ । दैनिक नियमित ध्यान गर्दा पनि मन शान्त र तनावमुक्त हुन्छ । यसले स्वत: अनुहार चम्किलो हुन्छ । मानिसको मानसिक र भावनात्मक असर अनुहारमा पर्छ । केही कुराले ठेस पुग्दा मानिसको अनुहारको प्रतिक्रिया नै फरक हुन्छ । कोही निराश हुँदा अँध्यारो अनुहार भयो पनि भन्ने गरिन्छ ।

    मानिस रिसाउँदा अनुहारको चमक हराउँछ भने हाँस्दा वा खुसी हुँदा चमक आउँछ । अनुहारमा प्राकृतिक चमक र निखारता ल्याउन शरीर स्वस्थ हुन जरुरी हुन्छ । साथै सात्विक आहारले मानसिक र शारीरिक रुपमा स्वस्थ राख्न मद्दत गर्छ । यसले पनि छाला र अनुसार चम्किलो बनाउँछ । हरियो तरकारी, फलफूल, रेसादार खानेकुरा खाने, उचित मात्रामा पानी पिउने र राम्ररी निदाउने गर्दा पनि अनुहारमा चमक बढ्छ र सुन्दरतामा वृद्धि हुन्छ ।

     

    बिहिबार, माघ ०४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १६ गते (३०

    • २.
      आज २०८३ साल असार १८ गते (२

    • ३.
      आज २०८३ साल असार १५ गते (२९

    • ४.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ५.
      आज २०८३ साल असार २१ गते (५

    • ६.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • २.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer