• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, असार ०१, २०८३
☰
सोमबार, असार ०१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: असार २०८३

राजनीतिक किचलोमा गिजोलिएको वीर, नर्सको अभावमा थन्किए बेड, के हेरेर बस्छ सरकार?


  •   शुक्रबार, माघ ०५, २०८० मा प्रकाशित
  • काठमाडौं । वीर अस्पतालको इमर्जेन्सीमा डेंगी महामारीका बेला एउटै बेडमा तीन जनासम्म राखेर उपचार गरिन्थ्यो, बिरामीको चापका कारण । अहिले पनि इमर्जेन्सीमा बिरामीको चाप कम भएको छैन, दैनिक सरदर ८० बिरामी आउँछन् ।

    Advertisement

    इमर्जेन्सी कक्षमा ‘रेड जोन’, ‘एल्लो जोन’ र ‘ग्रिन जोन’ छुट्याइएको छ; सिकिस्त, मध्यम र कम सिकिस्त बिरामीका लागि ।

    पछाडिपट्टिको ‘ग्रिन जोन’ सुनसान छ । असरल्ल छन्, ११ वटा बेड । ‘रेड’ र ‘एल्लो जोन’मा खटिएका चिकित्सक नर्सलाई दायाँबायाँ हेर्ने फुर्सद छैन । बिरामीका आफन्त जहाँ नर्स–डाक्टर भेट्यो, त्यही रोकेर सोध्न आतुर देखिन्छन् ।

    “बेड पो घटाइयो, बिरामीको चाप त उस्तै छ नि,” थकित मुद्रामा ड्युटीका एक मेडिकल अफिसर भन्छन् । तीन महिनादेखि यस्तै छ, वीर अस्पतालको इमर्जेन्सीको अवस्था ।

    इमर्जेन्सी बेड संख्या ४० बाट घटाएर २९ मा झारिएको छ । बत्तिसजना नर्सले चलाइरहेको कक्ष २२ जनामा सीमित भएको छ । नर्सिङ स्टाफ नपुग्ने भएपछि ‘ग्रिन जोन’ बन्द भएको हो । चलेका दुईवटा जोन धान्न २२ जना नर्सलाई हम्मेहम्मे पर्छ ।

    कोभिडकालमा करारमा राखिएका चिकित्सक, प्राविधिकसँगै १४९ जना स्टाफ नर्स स्वास्थ्य मन्त्रालयको आदेशमा असोज २१ गतेदेखि हटाइए । निकालिनेमा अधिकांश इमर्जेन्सी, आईसीयू र शल्यक्रिया कक्षमा खटिने खटिएका स्टाफ नर्स परे ।

    बाह्रजना मेडिकल अफिसर त थपिए, तर नर्स थपिएनन् । “अहिले नर्स अभावकै कारण ग्रिन जोन बन्द गर्नुपरेको छ । इमर्जेन्सी सेवा खुम्चिएको छ,” वरिष्ठ कन्सल्टेन्ट डा. उत्तम पच्याले भने ।

    ‘रोड जोन’मा एकजना बिरामीलाई एक नर्सले हेर्नुपर्ने मापदण्ड छ । तर, वीरमा एक नर्सले ६ जनासम्म हेर्नुपर्छ । ‘एल्लो जोन’मा एकजना नर्सले १८ जनासम्म बिरामी हेरिरहेका छन् ।

    “आईसीयू खाली नहुँदा कतिपय बिरामीलाई इमर्जेन्सीमा नै आईसीयूसरह केयर गर्नुपर्छ । तर, एकजनाले ६ जना जटिल बिरामीको कसरी ख्याल गर्नु, बिरामी आईसीयूमा नसारेसम्म केही होला कि भनेर मुटु ढुकढुक गरिरहन्छ,” एक स्टाफ नर्स भन्छिन् ।

    ‘ग्रिन जोन’ बन्द हुँदा त्यसमा राख्नुपर्ने बिरामी पनि ‘एल्लो जोन’मा थपिने गरेका छन् । बर्खायाममा इमर्जेन्सीमा बिरामीको संख्या दैनिक २०० सम्म पुग्ने गर्छ । नर्स पर्याप्त नहुँदा विशेष गरी जटिल बिरामीको उपचारमा कठिनाइ हुने गरेको छ ।

    “इमर्जेन्सीमा तीन सिफ्टमा ड्युटी हुन्छ । तर, बिरामीको चाप हुँदाहुँदै ड्युटी सकियो भनेर हिँडिहाल्न मिल्दैन । ओभर टाइम ड्युटी गर्दा हाम्रै साथीहरू बिरामी परिरहन्छन्, फेरि पालो दिने कसले त ?,” इमर्जेन्सी नर्सिङ इन्चार्ज सीमा राउत गुनासो गर्छिन् ।

    त्यसो त इमर्जेन्सीमा जनशक्ति अभावको विषयलाई लिएर इमर्जेन्सी इन्चार्ज डा. अच्युत कार्कीसहितको टोली पटकपटक अस्पताल प्रशासनसम्म नपुगेको होइन । आफूहरूले निर्देशक डा. सन्तोष पौडेललाई लिखितरूपमा नै ध्यानाकर्षण गराएको डा. पच्या बताउँछन् ।

    चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का पदाधिकारीले पटकपटकको छलफलमा आर्थिक अवस्थाकै कारण जनशक्ति थप गर्न नसकिएको बताउने गरेको डा. अच्युत कार्कीको भनाइ छ ।

    नर्सिङ जनशक्ति कटौतीको असर उनीहरूलाई हटाइएकै दिनदेखि देखिन थालेको अस्पताल निर्देशक डा. पौडेल बताउँछन् । जनशक्ति कटौतीले सर्जिकल भवनदेखि इमर्जेन्सीसम्मका सेवा नराम्रोसँग प्रभावित भएको उनी बताउँछन् । यद्यपि, नयाँ नर्स थप्न जनशक्ति उपलब्ध गराउन सबै तहबाट प्रयास भइरहेको डा. पौडेलको भनाइ छ ।

    पछिल्लोपटक न्याम्स अन्तर्गत २६ जना स्टाफ नर्स मागिएकोमा झन्डै १२ सय आवेदन परेका छन् । तर, न्याम्सले तिनको छनोट प्रक्रिया छिटोछरितो रूपमा अघि नबढाउँदा नर्सिङ जनशक्ति बढ्न सकेको छैन ।

    शुक्रबार, माघ ०५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मासिक राशिफल: असार २०८३
    आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २६ गते (९

    • २.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल असार १ गते (१५

    • ५.
      मासिक राशिफल: असार २०८३

    भर्खरै

    • १.
      मासिक राशिफल: असार २०८३

    • २.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer