काठमाडौं । उहाँ दैलेख जिल्ला भैरवी – ६ जन्मस्थल भइ हाल बिरेन्द्रनगर १ सुर्खेत निवासी यज्ञ प्रसाद शर्मा । २०६० सालमा १९ वर्षको उमेरमा नेपाली सेनामा प्रवेश गर्नुभयो । सेनामा अफिसर बन्ने सपना पूरा नहुने देखेपछि २०७१ सालमा उपदान लिएर सेवाबाट निस्किनुभयो ।
Advertisement
अफिसर बन्ने रहर पूरा भएकै थिएन । सेनामा हुँदा स्नातक सकिसक्नुभएको थियो । छोडेपछि अङ्ग्रेजी विषय लिएर एमएड सुरु गर्नुभयो र फर्स्ट डिभिजनमा उत्तीर्ण गर्नुभयो । यहि दौरान २०७६ सालमा ३५ वर्षको उमेरमा प्राथमिक तहमा स्थायी हुनुभयो र गत वर्ष कर्णाली प्रदेशबाट अङ्ग्रेजी विषयमा माध्यमिक तहमा सिफारिस हुनुभयो । हाल जुम्लाको एउटा माध्यमिक विद्यालयमा सहायक प्रधानाध्यापक हुनुहुन्छ ।




