काठमाडौं । लायन्स क्लव अफ काठमाडौं साझा फुलवारी र कामना ईन्टरनेशनल कलेजको सहकार्यमा गाम वेशी चेपाङ संरक्षण केन्द्र, चितवनमा खाद्यान्न तथा स्टेसनरी वितरण गरिएको छ ।
शिक्षामा सहयोग भन्ने लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ एम तथा डिष्ट्रिक्ट गभर्नरको मुल नारा अनुसार लायन्स क्लव अफ काठमाडौं साझा फुलवारीले, झण्डै १५० चेपाङग वालवालिकाहरुका लागी खाद्यान्न तथा स्टेशनरी वितरण गरेको छ। क्लव अध्यक्ष कमल बहादुर खत्री, डिष्ट्रिक चिफ अफ एओजी हरि चन्द्र तिवारी, कामना फाउन्डेसनका अध्यक्ष तथा क्लवका पुर्व अध्यक्ष ईश्वर अर्याल, जोन चेयर पर्सन गणेश प्रसाद पन्त, समाजसेवी ध्रुव खनाल तथा चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपि किरण ज्युको उपस्थितीमा उक्त कार्यक्रम सम्पन्न भएको थियो।
क्लव साझा फुलवारी र कामना स्कुल परिवारलाई धेरै धेरै धन्यवाद दिदै केन्द्रका अध्यक्ष केपी किरणले, आफु र यस केन्द्र परिवार यस महान कार्यबाट निक्कै प्रभावित भएको वताउनु भयो। कार्यक्रममा क्लव अध्यक्ष कमल वहादुर खत्रीले यस्तो पवित्र कार्यका लागी चेपाङग संरक्षण केन्द्रका संरक्षक केपि किरणको खुलेर प्रशंसा गर्नु भएको थियो।
कामना फाउन्डेसनका अध्यक्ष तथा असिस्टेन्स चिफ एडभाईजर ईश्वर अर्यालले यस पवित्र र महान कार्यमा हातेमालो गर्न पाएकोमा निक्कै गौरवान्वित भएको बताउनु भयो ।
काठमाडौं सानो भर्यांगमा रहेको, समाज सेवामा निक्कै अग्रसर कामना फाउन्डेसनले कामना विद्यालय र कामना क्याम्पस संचालन गर्दै आएको छ ।




