• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, असार ०१, २०८३
☰
सोमबार, असार ०१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: असार २०८३

स्वास्थ्य सेवा सशस्त्र प्रहरीको फड्को


  •   शनिबार, माघ ०६, २०८० मा प्रकाशित
  • काठमाडौँ । सशस्त्र प्रहरी बल (एपीएफ)ले स्वास्थ्य सेवा क्षेत्रमा आफ्नो उपस्थिति बलियो बनाउँदै लगेको दाबी गरेको छ । गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देयअनुरुप संस्थागत कार्यलाई विस्तार र निरन्तरता दिई शिक्षा र स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण काम गरेको सशस्त्रको भनाइ छ ।

    Advertisement

    आफ्नो मातहतका अस्पताल र नियमित स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउँदै लगिएको सशस्त्रको दाबी छ । नेपाल एपीएफ अस्पतालबाट प्रदान गरिने सेवा सुविधाहरू सहज, सुलभ र विस्तार गर्दै लगिएको उसको भनाइ छ ।

    अस्पतालको एचडियु कक्ष तथा डायलाईसिस सेवा, प्रसुति सेवा संचालन गरिएको, जेष्ठ नागरिक (६० वर्ष भन्दा माथिका) बिरामीहरुको उपचारको लागि साधारण बहिरङ्ग सेवा अन्तर्गत जेष्ठ नागरिक बहिरङ्ग सेवा, दुई वर्ष मुनिका बालबालिका तथा गर्भवती महिलाहरुलाई खोप सेवा कार्यक्रम भर्खरै संचालनमा ल्याइएको र छिट्टै अंकोलोजी सेवा संचालनको तयारीमा रहेको एपीएफका प्रवक्ता राजेन्द्र खड्काले बताए ।

    शनिबार एपीएफको प्रधान कार्यालय हलचोकमा आयोजित कार्यक्रममा प्रवक्ता एसएसपी खड्काले बिरामीको चापलाई मध्यनजर गर्दै संस्थागत सुधार र स्वास्थ्य सेवा विस्तार गरिएको जनाएको हो । इन्स्टिच्यूट अफ हेल्थ साईन्सेस स्थापना गरी पीसीएल नर्सिङ्ग कक्षा संचालन लागि समेत आवश्यक तयारी अन्तिम चरणमा पुगेको उनले जानकारी दिए ।

    प्रवक्ता खड्काले भने, ‘नेपाल एपीएफ अस्पताल तथा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल (न्याम्स)बिच अस्पतालमा चिकित्सक शिक्षा सम्बन्धि शैक्षिक तथा प्राज्ञिक कार्यक्रम संचालन गर्ने सम्बन्धमा सम्झौता भई नेपाल एपीएफ अस्पतालमा सिटिइभिटीसँगको समन्वयमा सशस्त्र प्रहरी बल, इन्सच्युट अफ हेल्थ साईन्सेस स्थापना गरी पिसिएल नर्सिङ्ग कक्षा संचालन सम्बन्धी आवश्यक तयारी पुरा गरिएको छ ।’

    यस्तै, एपीएफ अस्पताल ‘विपन्न नागरिक औषधी उपचार कार्यक्रम संचालन निर्देशिका, २०८०’ अन्तर्गत हेमोडाईलाईसिस सेवा प्रदान गर्नका लागि सूचिकृत भएको जानकारी गराइएको छ । अब छिट्टै विपन्न नागरिकले हेमोडाईलाईसिस सेवा पाउने छन् ।

    गुणस्तरीय शिक्षाको सुलभ पहुच होस् भन्ने उद्देश्यले आगामी शैक्षिक शत्रबाट सुदूरपश्चिम प्रदेशमा स्कुल संचालनको लागि आवश्यक प्रक्रिया सुरु गरिसकेको सशस्त्रले जनाएको छ । नेपालको उत्तरी र दक्षिणी सीमामा बसोबास गर्ने आदिवासी जनजाती, दलित, अल्पसंख्यक, अति विपन्न, पिछडिएको क्षेत्र वर्ग एवं सीमान्तकृत समुदायका जेहेन्दार र विपन्न परिवार मध्येबाट उत्कृष्ट अंक ‘ए’ र ‘ए प्लस’ ग्रेडसहित सामुदायिक विद्यालयबाट उत्तिर्ण हुने १५ जना विद्यार्थीलाई वार्षिक १२ हजारका दरले शैक्षिक वृत्ति स्वरुप प्रदान गर्दै आएको एपीएफले जनाएको छ ।

    यस्तै, भारत र चीनसँग सीमा नाका जोडिएका जिल्लामा बसोवास गर्ने दुई जना विद्यार्थीलाई भर्ना छनौट प्रक्रियामा सहभागी गराई उत्कृष्ट र जेहेन्दारका आधारमा नेपाल एपीएफ स्कूलमा कक्षा १० सम्म निःशुल्क अध्ययनको व्यवस्था मिलाउने जानकारी खड्काले दिए ।

    यसअघि दुर्गम क्षेत्र अन्तर्गत ‘क’ वर्गको जिल्लाहरुबाट छनौट गरि उत्कृष्ट ठहरिने दुई जना विद्यार्थीले एपीएफ स्कूलमा कक्षा १० सम्म निःशुल्क अध्ययन गर्न पाउने व्यवस्था गरिएको थियो । एपीएफ अस्पतालमा बिरामीको चापलाई मध्यनजर गरेर जनरल ओपीडि सेवालाई शनिवार पनि दिदै आएको छ । शनिबार बिहान १०ः०० बजे देखि २० बजे सम्म ओपीडि सेवा लिन सकिने एपीएफले जनाएको छ ।

    विश्व स्वास्थ्य संगठनको सहयोगमा एपीएफ अस्पतालमा ९२ शैयाको गम्भीर तीव्र श्वासप्रस्वास संक्रमण उपचार गर्ने छुट्टै भवन निर्माण गरीएको तथा स्वास्थ्यजन्य फोहोरको सुरक्षित व्यवस्थापन गर्न फोहोर व्यवस्थापन केन्द्र संचालन गरिएको समेत उल्लेख छ ।

    शनिबार, माघ ०६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मासिक राशिफल: असार २०८३
    आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २६ गते (९

    • २.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल असार १ गते (१५

    • ५.
      मासिक राशिफल: असार २०८३

    भर्खरै

    • १.
      मासिक राशिफल: असार २०८३

    • २.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer