☰
शुक्रबार, कार्तिक २१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. चीन र नेपालका वैज्ञानिकहरूद्वारा अरुण सीमापार उपत्यकामा क्षेत्रीय अनुसन्धान सम्पन्न

क्रिकेट मैदान विहीन कर्णाली प्रदेश


  •   आइतबार, माघ ०७, २०८० मा प्रकाशित
  • काठमाडौं । कर्णाली प्रदेशले क्रिकेटको राष्ट्रिय प्रतियोगिता खेल्न थालेको पाँच वर्ष भन्दा बढी भइसक्यो ।

    Advertisement

    उसले सन् २०१८ मा प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको दोस्रो संस्करणदेखि सहभागिता जनाइरहेको छ । सुरुवाती दुई संस्करण कर्णाली जितविहीन हुँदै फर्किएको थियो ।

    सन् २०२१ जनवरी १९ मा कर्णालीले मूलपानी मैदानमा गण्डकी प्रदेशलाई ५ विकेटले हराउँदै प्रधानमन्त्री कपमा पहिलो जित दर्ता गरेको थियो ।

    कर्णाली प्रदेशमा एउटा पनि क्रिकेट मैदान छैन । आफ्नै मैदान नहुँदा पनि उसको प्रदर्शन भने झन् झन् सुधार हुँदै गएको छ ।

    कर्णालीले पछिल्लो दुई वर्षमा घरेलु क्रिकेटमा उत्कृष्ट प्रभाव छाडेको छ । सबै टोलीसँग कडा प्रतिस्पर्धा गर्दै आएको छ । यस पटकको प्रधानमन्त्री कपमा कर्णालीले सुरुवाती चारमध्ये दुई खेल जितेको छ ।

    बुधबार सिद्धार्थ रंगशाला भैरहवामा घरेलु टोली लुम्बिनीलाई ६० रनले स्तब्ध पारेको थियो । गण्डकीलाई ७ विकेटले हराएको कर्णाली सुदूरपश्चिमसँग भने १३४ रनले पराजित भयो ।

    शनिबार काठमाडौंको त्रिवि क्रिकेट मैदानमा ६१ रनले पराजित हुँदा पनि कर्णालीले मधेशलाई अन्तिमसम्म दबाबमा राख्यो ।

    नेपाली यू–१९ टिमबाट क्रिकेट खेलिसकेका रवीन्द्रजंग शाहीले सुरुवातदेखि नै कर्णाली टोलीको नेतृत्व गर्दै आइरहेका छन् । आफ्नै मैदान नहुँदा सोचेजस्तो विकास हुन नसकेको उनी बताउँछन् ।

    ‘खेलाडीहरु कर्णाली भन्दाबाहिर नै अभ्यास गर्ने गर्छन्, मैदान अभावमा खेतबारीमै टेनिस बलले क्रिकेट खेलिरहेका छन् । मैदान भयो भने अरु खेलाडीहरु पनि निस्किन्छन् । टिममा प्रतिस्पर्धा पनि हुन्छ र टोली राम्रो पनि बन्छ’, शनिबार मधेशसँगको खेलपछि रवीन्द्रले भने ।आउँदो वर्ष कर्णालीमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ । त्यसका लागि सुर्खेतको वीरेन्द्रनगरस्थित कालिञ्चोक र कर्णाली रंगशालाको छेउमा गरी दुई क्रिकेट मैदान निर्माणाधीन छन् ।

    ‘दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका कारण त्यहाँ क्रिकेट मैदान बन्ने एउटा सकारात्मक पक्ष देखेका छौं’, कप्तान रवीन्द्रले भने ।

    नेपालमा खेलकुदमा निकै कम लगानी छ, क्रिकेटमा भएको केही लगानी पनि सिनियर क्रिकेट टिममा बढी छ । प्रदेशस्तरमा र अझ कर्णालीमा त क्रिकेटमा लगानी शून्यकै अवस्थामा छ । खेलाडीको खेलप्रतिको हुटहुटी र मिहिनेतले मात्र कर्णालीमा क्रिकेट खेलाडी आइरहेका छन् ।

    खेलाडीहरु छनोटको बेलामा मात्र कर्णाली पुग्छन् । अरु बेला भारत, काठमाडौं, धनगढी वा कुनै सहरमा बसेर क्रिकेट सिक्छन् । तर सबै खेलाडीका लागि बाहिर गएर अभ्यास गर्न सहज छैन । त्यसैले क्रिकेट खेल्ने चाहना भएका धेरै खेलाडी त्यसै हराएका छन् ।

    खेलाडी छनोट पनि २०–२५ ओभरको एक–दुई खेलबाट गर्नुपर्ने बाध्यता छ । यसरी छानिएको टिमले राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गरेर जित निकाल्नु कठिन छ ।

    कर्णालीले आठ महिनाअघि जनकपुरमा भएको पहिलो महेन्द्रनारायण निधि टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको थियो । ७ प्रदेश सहभागी प्रतियोगितामा कर्णालीले सुदूरपश्चिमलाई हराउँदै पहिलो उपाधि जितेको थियो ।

    तर धेरै अभ्यास र मिहिनेतबिना एकदिवसीयको त्यस्तो नतिजा ल्याउन निकै कठिन हुन्छ । अन्य ६ प्रदेशमा कम्तीमा काम चलाउ क्रिकेट मैदान छन् । कर्णालीमा भने त्यही पनि छैन । ‘अहिले २०–२२ जना खेलाडी होलान् । मैदान भएमा धेरै खेलाडी उत्पादन हुन्छन्’, कप्तान रवीन्द्र भन्छन् ।

    कर्णालीका सुर्खेत, दैलेख, कालीकोट, रुकुम र सल्यानले क्यानको जिल्ला सदस्यता मान्यता पाएका छन् । कर्णालीका कुनै पनि जिल्लामा खेल्न योग्य मैदान छैन । त्यसैले टेनिस क्रिकेट खेल्नुबाहेक अन्य विकल्प पनि छैन ।

    यसका बाबजुद कर्णालीका विपिन रावलले यू–१९ विश्वकप खेलिसकेका छन् । अनुज चनारा सिनियर टोलीको बन्द प्रशिक्षणमा परेका खेलाडी हुन् । दिनेश अधिकारी र अर्जुन घर्ती आगामी दिनमा नेपाली टोलीबाट नै खेल्न सक्ने सम्भावना देखाएका छन् ।

    ‘म खेलाडीहरुलाई धन्यवाद नै दिन चाहन्छु । बाहिर खेल्छन् । एक फोनको भरमा जहाँ भएपनि छनोट खेल्न आउँछन्’, कप्तान रवीन्द्र भन्छन् ।

    आइतबार, माघ ०७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चीन र नेपालका वैज्ञानिकहरूद्वारा अरुण सीमापार उपत्यकामा क्षेत्रीय अनुसन्धान सम्पन्न
    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?
    भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    लोकप्रिय

    • १.
      8

    भर्खरै

    • १.
      चीन र नेपालका वैज्ञानिकहरूद्वारा अरुण सीमापार उपत्यकामा क्षेत्रीय अनुसन्धान सम्पन्न

    • २.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • ३.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ४.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ५.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ६.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ७.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • ८.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer