• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: वैशाख २०८३

  • २. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

पेट सफा र हल्का बनाउँने ६ घरेलु तरिका


  •   आइतबार, माघ ०७, २०८० मा प्रकाशित
  • भनाई नै छ, पेट खराब त दिमाग खराब । पेट गडबड भयो भने त्यसको असर सर्वत्र शरीरमा पर्छ ।

    Advertisement

    बिबिसीमा प्रकासित एक रिपोर्टमा उल्लेख छ, पेटमा यत्रतत्र हुने नसाको सोझो सम्बन्ध मस्तिष्कसँग हुन्छ । यी दुबैबीच संकेत आदनप्रदान हुन्छ । यदि पेटमा कुनै खराबी भयो भने त्यो मस्तिकलाई थाहा हुन्छ ।’

    त्यसो त पेट राम्रो हुनु र नहुनुले सम्पूर्ण शरीरलाई प्रभाव पार्छ । किनभने शरीरलाई जरुरी कुनैपनि पोषक तत्व पेटकै माध्यम हुँदै सबैतिर पुग्ने हो । हाम्रो शरीरलाई जे जति पोषक तत्व जरुरी हुन्छ, त्यसमध्ये अधिकांश खानेकुराबाट प्राप्त हुने हो ।

    यसरी खाएको खानेकुरालाई पाचन क्रियामा सहभागी गराई त्यसबाट पोषक तत्व लिने काम पेटले गर्छ । त्यसो त पेटको काम अन्न पचाउने मात्र होइन, रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउने पनि हो ।

    बिबिसीको रिपोर्टमा भनिएको छ, ‘पेट शरीरको एक अत्यान्त महत्वपूर्ण प्रतिरक्षा तन्त्र पनि हो ।’

    तर, हामी पेटलाई डस्बिन बनाइरहेका हुन्छौं । मनलाग्दी खान्छौं । खानुपर्ने, नखानुपर्ने सबै खान्छौं । यही कारण हामीमध्ये धेरैजसो पेटका रोगी छौं । पेटको रोगी हुनु भनेको सम्पूर्ण शरीर नै कमजोर र शिथिल हुनु हो ।

    यस्तोमा प्रश्न उठ्छ, कसरी पेटलाई सफा, बलियो, हल्का बनाउने ?

    यसका लागि केही घरेलु एवं प्राकृतिक विधि छन् ।

    बिहान उठ्नसाथ मनतातो पानी

    दिनको सुरुवात नै पेटको सफाइबाट गरौं । बिहान जब उठ्नुहुन्छ, मनतातो पानी पिउनुहोस् । एक वा दुई गिलास मनतातो पानी पिउनु पेटका लागि अत्यान्त लाभदायक छ ।

    जिरा पानी

    बिहान उठ्नसाथ खाली पेटमा जिरापानी पिउनु पनि पेटका लागि राम्रो हुन्छ । एक गिलास पानीमा एक चम्चा जति जीराको दाना मिसाएर उमाल्नु पर्छ । मनतातो भएपछि पिउन सकिन्छ । जिरामा एन्टिअक्सिडेन्ट, भिटामिन र मिनरल हुन्छ, जुन पाचन तन्त्रलाई स्वस्थ राख्न सहयोग गर्छ ।

    ज्वानो पानी

    ज्वानो निकै उपयोगी घरेलु औषधि हो । यसमा थाइमोल नामक रसायनिक तत्व पर्याप्त पाइन्छ, जसले पाचन रस निकाल्न सहयोग गर्छ । पेटमा पुगेको खानालाई पचाउने काममा यसले सहयोग गर्छ । यसैले पेट हल्का राख्न ज्वानो पानी पिउन सकिन्छ ।

    कागती र मह

    कागतीमा पाइने साइट्रिक एसिडले पेट सफा गर्छ । यसले कब्जियत हुन दिदैन । कागतीमा भिटामिन सि र फ्लेभोनोइड्स हुन्छ, जसले पेटमा भरिएको ग्यास निकालछ ।

    कागतीमा मह मिसाएर खाँदा अरु लाभदायक हुन्छ । यसले आन्द्राको ब्याक्टेरियालाई सन्तुलन राख्न सहयोग गर्छ ।

    तुलसीको पात

    तुलसीलाई आयुर्वेदमा महाऔषधि भनिन्छ । यो निकै उपयोगी वनस्पति हो । पेटलाई सफा राख्न र रोग प्रतिरोधी क्षमता बढाउन पनि तुलसीको पात उपयोगी हुन्छ । तुलसीको पातलाई तातो पानीमा मिसाएर सेवन गर्दा त्यसले पेटलाई हल्का बनाउँछ ।

    फाइबर

    पेट स्वस्थ राख्नका लागि सबैभन्दा जरुरी छ, फाइबरको सेवन । फाइबरयुक्त खानेकुराले पेटलाई हल्का र सफा राख्न सहयोग गर्छ । हरियो सागपात, रेसादार खानेकुरा, ताजा फलफूल फाइबरको राम्रो स्रोत हुन् ।

    केही सर्त

    खानेकुरा राम्ररी चपाएर खाने गरौं

    हुन त यो कुरा धेरैका लागि सामान्य लाग्छ । तर, खानेकुरा चपाउनु पाचन र पोषणको हिसाबले अत्यान्तै महत्वपूर्ण छ । के भनिन्छ भने, कुनैपनि ठोस पदार्थलाई मुखमै हामीले तरल जस्तो बनाएर खानुपर्छ । यसो गर्दा खानेकुरामा भएको पोषक तत्व शरीरले राम्ररी ग्रहण गर्न सक्छ ।

    खानाको तालिका मिलाऔं

    निश्चित समयमा खाना खाने बानी बसालौं । समय तालिका अनुसार खाना खाने बानीले पाचनमा धेरै ठूलो सहयोग पुग्छ ।

    खाना खानसाथ सुत्ने नगरौं

    खासगरी रातको समयमा अबेर खाना खाने र सुत्ने बानी धेरैको हुन्छ । पेटलाई खराब बनाउने कारण यो पनि हो । खाना खाएको कम्तीमा दुई घण्टापछि मात्र सुतौं ।

    राती हल्का खानेकुरा मात्र खाने गरौं

    राती हामी भरपेट खाइदिन्छौं । यसले गर्दा पाचनमा समस्या हुन्छ । रातको खाना सकेसम्म हल्का र थोरै खाने गर्नु उचित हुन्छ ।

    तनाव व्यवस्थापन गरौं

    पेटलाई स्वस्थ राख्नमा तपाईंको मानसिक अवस्थाले पनि ठूलो भूमिका खेल्छ । जब तपार्इं तनावग्रस्त हुनुहुन्छ, पेट पनि खराब हुन्छ । त्यसैले तनाव व्यवस्थापन गरौं, पेटलाई हल्का राख्नका लागि ।

    पेटलाई हल्का र सफा राख्नका लागि खानपानको सही व्यवस्थापनले मात्र पुग्दैन । शारीरिक रुपमा सक्रिय हुनुपर्छ । साथसाथै केही यस्ता योग एवं व्यायाम छन्, जसले पेटलाई वास्तवमै फाइदा गर्छ ।

    १. बज्रासन

    २. नौकासन

    ३. मण्डुकासन

    ४. पवनमुक्तासन

    ५. हलासन

    आइतबार, माघ ०७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न

    लोकप्रिय

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ३.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ४.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      मासिक राशिफल: वैशाख २०८३

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      वार्षिक राशिफल: २०८३

    • ७.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer