• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, असार ०१, २०८३
☰
सोमबार, असार ०१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: असार २०८३

सरकारले ‘श्रीपशुपति हिन्दू विश्वविद्यालय’ स्थापना गर्ने


  •   आइतबार, माघ ०७, २०८० मा प्रकाशित
  • काठमाडौँ । सरकारले काठमाडौँको गोठाटारमा ‘श्रीपशुपति हिन्दू विश्वविद्यालय’ स्थापना गर्ने भएको छ । हिन्दू धर्मको बृहत्तर खोज तथा अनुसन्धान गर्ने उद्देश्यले गोठाटारस्थित पशुपति क्षेत्र विकास कोषको जग्गामा हिन्दू विश्वविद्यालय स्थापना गर्न लागिएको हो ।

    Advertisement

    श्री पशुपति हिन्दू विश्वविद्यालय स्थापना तयारी समितिले आज आफ्नो अन्तिम प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बुझाएसँगै विश्वविद्यालय निर्माणको आधार तयार भएको हो ।

    समितिको प्रतिवेदन ग्रहण गर्दै पर्यटनमन्त्री सुदन किरातीले पशुपतिनाथ, हिन्दुत्व र हिन्दूको गहिराइ र महत्वलाई बोध गरेर पशुपति हिन्दू विश्वविद्यालय निर्माण गर्न लागिएको बताए । उनले विश्वविद्यालयको कानूनी प्रक्रिया पूरा गरेर विसं २०८१ सम्म सञ्चालन गर्ने योजनाअनुरुप काम अगाडि बढाइएको जानकारी दिए ।

    पर्यटनमन्त्री किरातीले भने, “हिन्दू दर्शनको महत्व विश्वभर फैलाउने, सांस्कृतिक कूटनीतिक माध्यमका रुपमा विकास गर्ने तथा यसको माध्यमबाट पर्यटन विकास गर्ने उद्देश्यले विश्वविद्यालयको अवधारणा अगाडि बढाइएको हो ।” कोषको गोठाटारमा रहेको पाँच सय रोपनी जग्गामध्ये दुई सय ५० रोपनी क्षेत्रफलमा विश्वविद्यालय बनाउने मन्त्रालयको योजना छ ।

    पर्यटनमन्त्री किरातीले कोषको गोठाटारको जग्गा पशुपति हिन्दू विश्वविद्यालय निर्माणका निम्ति चाँडै नै कोषबाट औपचारिक निर्णय गरिने जानकारी दिए । उक्त प्रयोजनका विश्वविद्यालय निर्माणको पूर्ण तयारी र सञ्चालनका लागि छुट्टै समिति गठन गरिने बताए । “हामी (सरकार) हिन्दू विश्वविद्यालय स्थापना गरेरै छाड्छौँ”, “पर्यटनमन्त्री किरातीले भने, “विश्वभर नेपालको पशुपतिनाथ र हिन्दुत्वलाई स्थापित गर्न र सांस्कृतिक कूटनीतिक मान्यताको विकास गर्नैपर्छ ।”

    समितिका संयोजक एवं संस्कृतिविद् डा जगमान गुरुङले पशुपतिनाथको माध्यमबाट विश्वलाई नेपालप्रति आकर्षण गर्ने उद्देश्यले पशुपति हिन्दू विश्वविद्यालय स्थापना गर्न लागिएको उल्लेख गरे । उनले विश्वविद्यालय निर्माणका लागि ७५ काम सकिएको र कानूनी मस्यौदाको कामलाई चाँडो टुङ्ग्याइनुपर्ने धारणा राखे । पूर्वीय दर्शन सम्भाव्यता र संस्कृतिको नेपालमुखी अध्ययनका लागि विश्वविद्यालय निर्माणको प्रक्रिया अघि बढाइएको उनको भनाइ छ ।

    पर्यटन मन्त्रालयले गत बैशाख १३ गतेको निर्णयले हिन्दू धर्मको खोज तथा अनुसन्धान गर्ने उद्देश्यले विश्वविद्यालय स्थापना गर्न डा गुरुङको संयोजकत्वमा विज्ञ सरोकारवालाहरु सम्मिलित एक समिति गठन गरेको थियो । समितिले नौ महिना लगाएर तयार पारेको प्रतिवेदन आज मन्त्रालयलाई बुझाएको हो ।

    नेपालभित्रको धर्म, संस्कृति, सभ्यता, कला र दर्शनको मात्र अध्ययन, अध्यापन र अनुसन्धानलाई मुखय विषय र लक्ष्य बनाएर भगवान् श्रीपशुपतिनाथका नामबाट हिन्दू दर्शन, बौद्ध दर्शन एवं नेपालमा प्रचलित धर्म दर्शनहरु निगम, आगम, जीवपद्धति, संस्कृति, संस्कार र परम्परालाई उजागर गर्न अध्ययन एवं अनुसन्धानको आवश्यकता भएबमोजिम गुठी मोडलमा विश्वविद्यालय स्थापना गर्ने सोच समितिले तय गरेको छ ।

    नेपालमा प्रचलित धर्म, दर्शन र लोकसंस्कृतिको अध्ययन, अनुसन्धानलाई मुख्य लक्ष्य बनाएर स्थापना गरिने यस विश्वविद्यालयको स्वत्व भनेको नेपालमुखी भएको समितिको निष्कर्ष छ ।

    विश्वविद्यालय नितान्त नेपालको पहिचान विश्वपरिदृश्यमा स्थापित गरी विश्वलाई नेपालतर्फ आकर्षित गर्नसक्ने गुणस्तरीय विश्वविद्यालय बन्ने समितिका सदस्यसचिव डा घनश्याम खतिवडाले विश्वास व्यक्त गरे । उनका अनुसार सरकारको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पशुपति र लुम्बिनीमा विशिष्टीकृत अध्ययन केन्द्रको विकास गर्ने विषय उल्लेख भएबमोजिम समय सान्दर्भिक रुपमा श्रीपशुपति हिन्दू विश्वविद्यालय स्थापना तयारी अघि बढेको हो ।

    विश्वविद्यालयको स्वरुपबारे विज्ञहरुसँग परामर्श गरी रायसुझाव लिइएको तथा विश्वविद्यालयको विधेयक मस्यौदा गर्ने कार्यका लागि कोष व्यवस्थापनसमक्ष अनुरोध गरिएको सदस्यसचिव खतिवडाले जानकारी दिए ।

    उक्त विश्वविद्यालय स्थापनाबाट नेपाली संस्कृति र दर्शनलाई नेपाली माटोको सुगन्धसहित अध्ययन, अध्यापन हुनाका साथै शैक्षिक, धार्मिक तथा सांस्कृतिक पर्यटकको प्रवद्र्धन गर्ने हुने विश्वास लिइएको छ ।

    कोषको प्रस्तावित गुरुयोजनाअनुरूप सो विश्वविद्यालयको प्रक्रिया शुरु गरिएको जनाइएको छ ।

    आइतबार, माघ ०७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मासिक राशिफल: असार २०८३
    आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २६ गते (९

    • २.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल असार १ गते (१५

    • ५.
      मासिक राशिफल: असार २०८३

    भर्खरै

    • १.
      मासिक राशिफल: असार २०८३

    • २.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer