• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, असार ०१, २०८३
☰
सोमबार, असार ०१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: असार २०८३

माया शिक्षा कै, पोखरामा ज्येष्ठ प्राध्यापक सम्मानित


  •   सोमबार, माघ ०८, २०८० मा प्रकाशित
  • कास्की । पोखरामा एकै थलोमा १८ ज्येष्ठ प्राध्यापक सम्मानित भएका छन् ।

    Advertisement

    शुक्रबार निवृत्त प्राध्यापक समाज पोखराद्वारा आयोजित उक्त कार्यक्रममा पोखराका १८ ज्येष्ठ प्राध्यापक सम्मानित भएका हुन् ।

    सम्मानित हुनेमा जोर्ज जोन, डा. एलियामा जोन, प्रा.डा. भूपति ढकाल कमल, प्रा.डा. भवानीप्रसाद पाण्डे, प्रा.डा. विजयराज शर्मा, डा. गेहेन्द्रमान उदास, प्रा. कृष्णप्रसाद अर्याल, गोविन्दप्रसाद जोशी, प्रेमबहादुर राई, पीताम्बर शर्मा, बालगोपाल अमात्य, उदयबहादुर अमात्य, पवित्रमणि पौडेल, टीकाराम कोइराला, उमाकान्त शर्मा, चतुर्भुज शर्मा पौडेल, दुर्गा बराल र ओमबहादुर कार्की रहेका छन् ।

    समाजमा आवद्ध ७५ वर्ष माथिका निवृत्त प्राध्यापकलाई सम्मान गर्ने क्रममा शसक्तताका कारण उपस्थित हुन नसकेकोलाई निवासमै पुगेर सम्मान गरेको छ ।

    सम्मानितमध्येका ज्येष्ठ प्रतिभा जोर्ज जोनले समाजप्रति आभार व्यक्त गर्दै समयको कालक्रममा सहकार्य र सहयात्रा गरेका तीन पुस्तालाई एकै थलोमा भेट्न पाउनु आफ्ना लागि गौरवको विषय भएको बताए ।

    प्रा.डा. भूपति ढकाल कमलले प्राध्यापकहरूमा अन्तरनिहित सीप, दक्षता र क्षमतालाई राज्यले सही तरिकाले प्रयोग गर्न सकेको धारणा राखे । उनले प्राध्यापकहरू आफ्नो पदीय मर्यादा बिर्सेर दलीय दलदलमा फस्नु दुःखको कुरा रहेको देखिएकाले संस्था त्यो दलदलबाट माथि रहोस् भन्ने शुभेच्छा व्यक्त गरे ।

    डा. बासुदेव भण्डारीले प्राध्यापकको निवृत्त जीवनलाई थप क्रियाशील गराउन संस्थाले स्थापनाको छोटो समयमा गरेका गतिविधिबाट आफू निकै प्रभावित भएको बताए ।

    गेहेन्द्रेश्वर कोइरालाले समाजले आफ्ना अभिभावकको योगदानको स्मरण गरेर स्तुत्य कार्य गरेको धारणा राखे ।

    कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै उपाध्यक्ष प्राध्यापक पद्मशरण रेग्मीले राज्यलाई पुर्‍याएको योगदानको कदर र विभिन्न कालक्रमका सहयात्रीको पुर्नमिलनका रूपमा संस्थाको नीतिनुसार कार्यक्रम आयोजना गरिएको बताए ।

    कोषाध्यक्ष चन्द्रकान्त रेग्मीले समाजलाई मजबुद बनाउँदै अगाडि बढाउने उद्देश्यले कोष स्थापनाका लागि जोर्ज जोनबाट एकलाख, बालगोपाल अमात्यबाट ५० हजार र पिताम्बर शर्मा नेपालीबाट २५ हजार रुपैयाँ र अन्यबाट संस्था सञ्चालनका लागि ५–१० हजार स्वेच्छिक सहयोग प्राप्त भएको जानकारी दिए ।

    कृष्णप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव प्रा.डा. ज्ञानबहादुर कार्कीले गरेका थिए ।

     

    सोमबार, माघ ०८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मासिक राशिफल: असार २०८३
    आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २६ गते (९

    • २.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल असार १ गते (१५

    • ५.
      मासिक राशिफल: असार २०८३

    भर्खरै

    • १.
      मासिक राशिफल: असार २०८३

    • २.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer