• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, असार ०१, २०८३
☰
सोमबार, असार ०१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: असार २०८३

रामको ससुराली जनकपुरधाममा पनि उत्सव मनाइँदै


  •   सोमबार, माघ ०८, २०८० मा प्रकाशित
  • जनकपुरधाम । करिब ५ सय वर्षको संर्घष पछि भारतको अयोध्यामा भगवान रामको जन्म भुमि भारतको अयोध्यामा भव्य राम मन्दिरको निर्माण गरिएको छ ।

    Advertisement

    अयोध्यामा बालरुपी रामको प्रतिमाको पूजापाठ गरेर प्राण प्रतिष्ठा गरिँदै छ भने भगवान् रामको ससुराली अर्थात् जनकपुरमा उल्लासको वातावरण रहेको छ ।

    अयोध्यामा भगवान् राम आफ्नो जन्मस्थानमा निर्माण गरिएको मन्दिरमा प्रवेश गर्दै छन्, जसको उल्लास सारा सनातनीहरुलाई हुनु स्वभाविक नै रहेको छ । जनकपुर सीताको जन्मभूमि र भगवान् रामको ससुराली भएको कारणले जनकपुरको मठमन्दिरहरुलाई समेत भव्य रुपमा सजाइएको छ ।

    जनकपुरको चौक चौकहरुमा ध्वजा फहराइएको छ भने सामाजिक संजालमा जय श्रीरामले छाएको छ । अहिले चौक चौकमा राम मन्दिरकै चर्चा रहेको छ ।

    जानकी मन्दिरका महन्थ रामतपेश्वर दास र सहायक महन्थराम रोशन दासलाई अयोध्याको प्राण प्रतिष्ठामा सहभागिताको लागि आमन्त्रण गरिएपछि उनीहरु अयोध्या पुगेका छन् भने स्थानीय युवाहरुको सहभागितामा जानकी मन्दिरलाई भव्य रुपमा सजाइएको छ । हिजो दिउँसो नगर क्षेत्रमा हिन्दू संगठनका युवाहरुको सहयोगमा शोभा यात्रा समेत प्रदर्शन गरिएको थियो ।

    जनकपुरधाम उपमहानगरपालिकाले आज नगर क्षेत्र भित्र होटल र पसलहरुमा मासुजन्य पदार्थ र मदिरा बिक्री तथा सेवनमा रोक लगाएको छ । भारतमा भइरहेको प्राण प्रतिष्ठाको कारणले अहिले सारा हन्दूमा उत्साहको अवस्था रहेको छ जसले जनकपुरधाम मदिराजन्य कारोवारमा रोक लगाइएको जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहले जनाकारी दिए ।

    उनले जनकपुर भगवानको ससुराली भएको कारणले गर्दासमेत यहाँको सर्वसाधारणमा मन्दिर निर्माण र प्राण प्रतिष्ठालाई लिएर उत्साहको अवस्था रहेको बताए । साँझ जनकपुरवासीलाई दिपावली मनाउनको लागि आह्वानसमेत नगरपालिका र उद्योग वाणिज्य संघले गरेको छ ।

    जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले साँझ व्यापारी र स्थानियवासीहरुलाई आ–आफ्नो घरमा दिपावली मनाउनको लागि आग्रह गरिएको बताए ।

    जानकी मन्दिरमा विभिन्न हिन्दू संगठनहरुले सवा लाख दियो बाल्ने छन् । यसको लागि आवश्यक दियो र तेलको प्रबन्ध स्थानियवासीहरुको सहयोगमा गरिएको छ ।

    जनकपुर नगर क्षेत्रलाई गेरुवा रंगको झण्डाले नगर सजाइएको छ भने हिजो रातिदेखि नै रंगीचंगी बत्तीले नगर क्षेत्रलाई झकिझकाउ पारिएको छ ।

    राजा जनकको दरबार मानिएको जानकी मन्दिरलाई बहुरंगी बत्तीले सजाइएको छ । यसअघि जनकपुरबाट दैनिक खाद्यान्नसहित सुनचाँदीसहित सौगातसमेत अयोध्या पठाइएको थियो ।

    त्यसैगरी मन्दिर निर्माणको लागि आवश्यक विभिन्न खालको मूर्ति निर्माणको लागि कालीगण्डकीबाट शालिग्रामका देवशीलासमेत अयोध्या पठाइएको थियो ।
    १५औँ शताब्दीमा मुगल सम्राट बाबरले राम जन्मभूमिमाथि बाबरी मस्जिद निर्माण गरेका थिए ।

    हिन्दू धर्मावलम्बीका अनुसार सो मस्जिदको निर्माण एउटा हिन्दू मन्दिरलाई खण्डित गरेर गरिएको थियो । हिन्दूहरुले यो स्थान भगवान् श्रीरामको जन्मभूमि रहेको भन्दै त्यहाँबाट मस्जिदलाई हटाउनु पर्ने माग गर्दै आएका थिए भने मुस्लिमहरुले त्यो मस्जिद रहेको भन्दै विवाद हुँदै आएको थियो ।

    सन् १८५० को दशकमा यो विवादले हिंसात्मक रूप लिएको थियो । त्यसपछि मस्जिदको ठाउँमा मन्दिर निर्माण हुनुपर्छ भन्दै हिन्दूपक्षहर संघ संठनहरुले आन्दोलन गर्दै आएका थिए ।

    विवादको हिंसक रूप सन् १९९२ डिसेम्बरमा उग्र रूप लिएको थियो जब बाबरी मस्जिद विध्वंश गरिएको थियो । विभिन्न मुद्दा मामिला र कानूनी विवाद र समाधानको बाटो खोजिएको थियो, जस्तै अयोध्या अध्यादेश, १९९३ जसअनुसार निश्चित क्षेत्रलाई अधिग्रहण गर्ने मार्ग दिइएको थियो ।

    सन् २०१९ मा अयोध्या विवादमाथि सर्वोच्च अदालतले विवादित भूमिमा सरकारद्वारा एउटा ट्रस्ट गठन गरी मन्दिर निर्माण कार्य गराउन आदेश दिएको थियो ।

    गठित ट्रस्ट श्री राम जन्मभूमि तीर्थक्षेत्र थियो । सन् २०२० फेब्रअरी ५ मा नरेन्द्र मोदी नेतृत्वको मन्त्रिमण्डलले मन्दिर निर्माणको एउटा योजना स्वीकार गरेको भारतीय संसदमा घोषणा गरेको थियो ।

    सो योजना अनुसार मन्दिर निर्माण भई मन्दिरमा भगवानको प्राण प्रतिष्ठा हुन लागेको छ ।

    सोमबार, माघ ०८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मासिक राशिफल: असार २०८३
    आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २६ गते (९

    • २.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल असार १ गते (१५

    • ५.
      मासिक राशिफल: असार २०८३

    भर्खरै

    • १.
      मासिक राशिफल: असार २०८३

    • २.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer