• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, असार ०१, २०८३
☰
सोमबार, असार ०१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: असार २०८३

कर्मचारी भर्ना प्रकरण, स्थानीय तहलाई अंकुश लगाउँदै संघीय सरकार


  •   सोमबार, माघ ०८, २०८० मा प्रकाशित
  • काठमाडौं । संघीय सरकारले स्थानीय तहहरुलाई आफूखुशी कर्मचारी दरबन्दी सिर्जना गर्न कडाइ गरेको छ । स्थानीय तहहरुले संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओ एन्ड एम सर्भे) बनाई अनावश्यक जनशक्ति भर्ना गर्न खोजेको भन्दै संघीय सरकारले अंकुश लगाउन खोजेको हो ।

    Advertisement

    गत २ पुसमा मुख्यसचिव डा. बैकुण्ठ अर्यालको अध्यक्षतामा बसेको सचिवहरुको बैठकले स्थानीय तहहरु आफैंले संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी ठूलो संख्यामा दरबन्दी स्वीकृतिको लागि प्रदेश सरकार समक्ष पठाएको भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्पष्ट मापदण्ड तयार गरी कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

    सोही निर्णय अनुसार संघीय सरकारले स्थानीय तहले लागू गर्ने गरी ‘ओ एन्ड एम सर्भे’ को नमुना कानुन बनाउन थालेको छ ।

    कार्य क्षेत्र, कार्य बोझ, कार्य प्रकृति र वित्तीय क्षमताका आधारमा संगठन संरचनालाई उपयुक्त आधार (राइट साइजिङ)मा ल्याउनुपर्ने व्यवस्था छ । स्थानीय सरकारले ‘राइट साइजिङ’ मा भन्दा ‘ओभर साइजिङ’मा बढी रुचि देखाएको बुझाइ संघीय सरकारको छ ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव सुमन दाहालले स्थानीय तहरुले गर्ने ‘ओ एन्ड एम सर्भे’ लाई वैज्ञानिक, औचित्यपूर्ण र आवश्यकतामा आधारित बनाउन नमुना कानुनको मस्यौदा तयार भइरहेको जानकारी दिए ।

    ‘स्थानीय तहहरुले प्रदेशहरुबाट नयाँ ओ एन्ड एम सर्भे स्वीकृत गराएर लागु गर्दा अपनाउनुपर्ने विधि प्रक्रियाबारे स्पष्ट गर्न खोजेका हौं’, उनले भने ।

    कर्मचारी भर्ना गर्दा दीर्घकालसम्मलाई विचार गर्नुपर्ने भन्दै दाहालले त्यसमा स्थानीय तहहरुलाई जिम्मेवार बनाउन सहजीकरण गर्ने गरी मस्यौदा कानुन बनाउन लागिएको बताए । स्थानीय तह र त्यस अन्तर्गतको संगठन संरचना र दरबन्दी तेरिज यसअघि संघीय सरकारबाटै स्वीकृत हुने गरेको थियो ।

    संविधानमा यो अधिकार प्रदेशसभाले बनाएको कानुन अनुसार हुने लेखिएको र हाल प्रदेशसभाहरुले प्रदेश निजामती कानुन र स्थानीय सेवा सम्बन्धी कानुन बनाइसकेकाले स्थानीय तहहरुले प्रदेश मार्फत दरबन्दी स्वीकृत गराइरहेका छन् ।

    कतिपय स्थानीय तहमा राजनीतिक प्रभावका आधारमा जथाभावी दरबन्दी सिर्जना गरेको देखिएकाले त्यसलाई रोक्न भन्दै संघीय सरकार अघि सरेको हो । स्थानीय तहले सिर्जना गरेको दरबन्दीमा प्रदेश लोकसेवा आयोगले परीक्षा लिएर पदपूर्ति पनि गर्ने हुनाले दरबन्दी थप्ने विषयमा संघीय सरकारले कडाइ गर्न लागेको हो ।

    गाउँपालिका महासंघका महासचिव खिमबहादुर थापा स्थानीय तहले गर्ने ओ एन्ड एम सर्भेमा संघ सरकारले चासो देखाउन नहुने बताउँछन् । ८ वर्षसम्म संघीय निजामती सेवा ऐन ल्याउन नसक्ने संघीय सरकारले स्थानीय तहले संविधान र कानुनसम्मत गरिरहेको काममा हस्तक्षेप गर्न खोजेको उनको आरोप छ ।

    ‘संघबाटै आएका प्रमुख प्रशासकीय अधिकृतको प्रस्तावमा निर्णय भएर उहाँहरुकै निगरानीमा ओ एन्ड एम प्रतिवेदन बन्छ’, थापा भन्छन्, ‘संघ सरकारले २०० भन्दा बढी स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाउन सकेको छैन, आफ्नो काम नगर्ने तर स्थानीय तहको काममा हस्तक्षेप गर्ने संघ सरकारको पुरानै कार्यशैली हो ।’

    कतिपय स्थानीय तहको ओ एन्ड एम सर्भेमा समस्या हुनसक्ने भन्दै उनले त्यसलाई प्रदेश सरकारले हेर्ने, तर संघीय सरकारले चासो देखाउन आवश्यक नहुने बताए ।

    काठमाडौं महानगरपालिकाले प्रशासन विभाग प्रमुख दीपक अधिकारीको संयोजकत्वमा ‘ओ एन्ड एम प्रतिवेदन’ पुनरावलोकन गर्न एक समिति बनाएर काम गरिरहेको छ ।सेवा प्रवाह सुधार्न भन्दै महानगरले विभाग, महाशाखा, शाखा, उपशाखा तथा इकाइहरुको स्पष्ट कार्य विवरण तयार गर्न लागेको छ । त्यसपछि ठूलो संख्यामा प्रशासनिक तथा प्राविधिक जनशक्ति थप्ने तयारी हुँदैछ । तर महानगरको धेरै कार्यालयहरुमा कर्मचारीमा कार्यबोझ नरहेकाले कर्मचारी थपको विपक्षमा धेरै जनप्रतिनिधि छन् ।

    ‘धेरै खालका सेवा दिने वडा कार्यालयहरुमा दरबन्दी थप्नुपर्ने छ’, काठमाडौंका एक वडाध्यक्षले भने, ‘महानगरपालिकाको कार्यालयमा त दिनभर कर्मचारी घाम र हिटर तापेर बसेको देखिन्छ, उनीहरुको दरबन्दी कटाएर यता वडामा पठाए हुन्छ ।’

    स्थानीय तहका जनप्रतिनिधिहरु भने छिटपुट समस्या देखाएर आफूहरुको अधिकारमा संघीय सरकार पस्न नमिल्ने बताउँछन् । नेपाल नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगाना स्थानीय तह आफैंले दरबन्दी सिर्जना गरेर कर्मचारी भर्ना गर्छन् भन्ने संघीय सरकारको सोच गलत भएको बताउँछन् ।

    ‘स्थानीय सरकार सञ्चालन ऐनअनुसार स्थानीय तहले कार्यालय सहयोगी र प्राविधिक कर्मचारी मात्रै करार र ज्यालादारीमा राख्न पाउँछन्’, उनले भने, ‘ओ एन्ड एम प्रतिवेदन प्रदेश सरकारबाट स्वीकृत भएर लोकसेवाले भर्ना गरेर कर्मचारी पठाउने हो, प्रतिवेदन स्वीकृत नभई भर्ना गर्न खोजेको होइन ।’

    संविधानले स्थानीय तहलाई दिएका अधिकार अनुसार काम गर्न जनशक्ति अभाव भइरहेको भन्दै अध्यक्ष ढुंगानाले संघीय र प्रदेश सरकारले समयमै कर्मचारी नदिँदा समस्या परेको बताए ।

    संविधानले नेपाल राज्यको संरचना संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको हुने व्यवस्था गर्दै यी तीनै तहले राज्य शक्तिको प्रयोग गर्न पाउने व्यवस्था गरेको छ ।

    स्थानीय तहको एकल अधिकार तोकिएको संविधानको अनुसूची ८ मा स्थानीय शासन, निर्णय, विकास र सेवा प्रवाह सम्बन्धी २२ वटा अधिकार क्षेत्र तोकिएका छन् । अनुसूची ९ मा संघ, प्रदेश र स्थानीय तहको साझा अधिकारमा शिक्षा, स्वास्थ्य, कृषि, सहकारी लगायत १५ वटा विषय राखिएका छन् ।

    तीन तहको अधिकार सूचीको कार्य विस्तृतिकरण प्रतिवेदन अनुसार स्थानीय तहको अधिकार क्षेत्र अन्तर्गत ३५७ वटा विषय क्षेत्र छन् ।

    स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले स्थानीय तहले आफ्नो अधिकार क्षेत्र भित्रको काम, कर्तव्य र अधिकारको प्रयोग गर्दा आवश्यकता अनुसार नीति, कानुन, कार्यविधि, मापदण्ड तथा योजना बनाई लागू गर्न सक्ने व्यवस्था गरेको छ ।

    ऐनले एकल अधिकार क्षेत्र अन्तर्गत गाउँपालिका तथा नगरपालिकाको १८५ वटा काम, कर्तव्य र अधिकार तोकेको छ ।

    साझा अधिकार बमोजिम स्थानीय तहले संघ तथा प्रदेशसँगको सहकार्यमा ७५ वटा काम गर्नुपर्ने तय गरिएको छ । यीबाहेक अन्य ७ भन्दा बढी काम र अधिकारहरु समेत स्थानीय तहलाई उक्त ऐनले दिएको छ ।

    संघीय शासन व्यवस्थामा स्थानीय सरकारलाई नागरिकको घरदैलोको सरकारको रुपमा हेरिन्छ । त्यसैले राजनीतिक र अवधारणागत रुपमा पनि स्थानीय सरकारसँग जनताको अपेक्षा बढी हुने जनप्रतिनिधिहरु बताउँछन् ।

    नागरिकको आवश्यकता तथा अपेक्षा सम्बोधनको लागि स्थानीय सरकार अझ बढी सबल, सक्षम र जवाफदेही हुन आवश्यक रहेको अवस्थामा संघीय सरकार सहजीकरण गर्नभन्दा हस्तक्षेप गर्न उद्धत भएको नगरपालिका संघका अध्यक्ष ढुंगाना बताउँछन् ।

    ‘कानुनले तोकेका काम प्रभावकारी ढंगले सम्पादन गर्न र सेवा प्रवाह गर्न सक्षम कर्मचारी आवश्यक हुन्छ’, उनले भने, ‘नीतिगत रुपमा लिइएका निर्णयहरुको प्रभावकारी कार्यान्वयनका लागि पनि कर्मचारी प्रशासन चुस्त र छरितो आवश्यक पर्छ ।’

    केही स्थानीय तहमा देखिएको कमी कमजोरीलाई देखाएर संघ सरकारले दादागिरी देखाउन नमिल्ने उनले बताए । संघमा प्रशासनिक संघीयताबारे कलम नचोप्ने तर प्रमुख प्रशासकीय अधिकृत र कर्मचारी सरुवा गरेरै बस्ने सोच हाबी भएको भन्दै काम देखाउन मात्रै यस्ता कानुनको ढोल पिट्ने गरिएको बताए ।

    ‘अहिलेसम्म संघ सरकारले सबै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृत पठाउन सकेको छैन’, उनले भने, ‘कर्मचारी जति सबै संघकै बनाएर राखिएको छ, माथि कर्मचारी ओभर लोडेड छन्, स्थानीय तहमा अभाव छ, संघले समाधान दिनुपर्छ, समस्या थप्ने होइन ।’

     

    सोमबार, माघ ०८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मासिक राशिफल: असार २०८३
    आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २६ गते (९

    • २.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल असार १ गते (१५

    • ५.
      मासिक राशिफल: असार २०८३

    भर्खरै

    • १.
      मासिक राशिफल: असार २०८३

    • २.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer