• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, साउन ०३, २०८३
☰
आइतबार, साउन ०३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

अब तीन सय शैय्यासम्मका सरकारी अस्पतालहरूमा सरकारले नर्सिङ पढाउने


  •   सोमबार, माघ ०८, २०८० मा प्रकाशित
  • काठमाडौँ । सरकारले १ सयदेखि ३ सय शैय्यासम्मका सरकारी अस्पतालहरूमा नर्सिङ अध्यापन गराउने भएको छ । सोमवार प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा बोल्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलले यस्तो बताएका हुन् । सचिव पोखरेलले १ सयदेखि ३ सय वेडसम्मका सरकारी अस्पतालहरूमा नर्सिङ पढाउने बोर्डले पास गरेको उल्लेख गरे ।

    Advertisement

    उनले १ सयदेखि ३ सय शैय्यासम्मका सरकारी प्रदेश तथा क्षेत्रीय अस्पतालहरूमा राज्यले दायित्व लिएर नर्सिङ पढाउने तयारी गरेको बताए । उनले आगामी तीन दिनभित्र निर्णयको लागि मन्त्रीपरिषद्मा लैजाने बताए । उनले ३ सय शैय्याका अस्पतालहरूका एमबीबीएस शिक्षा पनि दिने तयारी रहेको दाबी गरे । उनले नर्सिङ पढाउनेलाई स्टाप र ब्याचलर नर्स दुई कोर्स एउटै अस्पतालमा पढाउनुपर्ने व्यवस्था गर्ने बताए । उनले दुई तहलाई दुई वटा अस्पताल दिन सक्ने अवस्था नभएको बताए ।

    १५ शैय्या सम्मका स्थानीय तहका अस्पतालहरूमा एमबीबीएस डाक्टर सरकारले पठाउन नसक्ने उनको भनाई छ । स्वास्थ्य मन्त्रालयसँग भएको २६ सय दरबन्दीमा सबै पूरा रहेको भन्दै नयाँ जनशक्ति लिन सक्दिने अवस्था नभएको स्पष्ट पार्नुभयो । उनले स्वास्थ्य मन्त्रालयले लोकसेवा आयोगमार्फत प्रत्येक वर्ष केन्द्रीय दरबन्दीमा २० जनासम्म मेडिकल अफिसर लिइरहेको बताए ।

    उनले भने,‘ स्वास्थ्य मन्त्रालयले १ सय देखि ३ सय बेडसम्मका सरकारी अस्पतालहरूमा नर्सिङ पढाउने गरी बोर्डले पास गरेका छौं । अबको तीन दिन भित्र मन्त्रीपरिषद्मा लैजान्छौँ । हामी के चाहन्छौँ भने १ सय वा २ सय बेड भएका अस्पतालहरूमा प्रत्येक प्रदेश वा साबिकका अञ्चल अस्पतालहरूमा राज्यले दायित्व लिएर नर्सिङ पडाउँछौँ । यसको लागि समन्वय गछौं । ३ सय बेडका अस्पतालहरूका एमबीबीएस शिक्षा नै गर्छौँ । नर्सिङ पढाउनेलाई स्टाप र ब्याचुलर नर्स दुई वटै भनेका छौं । दुई तहलाई दुई वटा अस्पताल दिन सकिँदैन । ३ सय बेडमा ठुला अस्पतालहरूले स्टाप नर्स पढाउन छोड्न नहुने भनेका छौं । १५ बेड सम्मका अस्पतालहरूमा एमबीबीएस डाक्टर पठाउन सक्दैनौँ । त्यहाँ सरकारले पठाउने भनेकै स्टाप नर्स हो । स्वास्थ्य मन्त्रालयसँग भएको २६ सय दरबन्दीमा सबै पूरा रहेको छ । त्यो भएकाले नयाँ जनशक्ति लिन सक्दिन । लोकसेवा आयोगमा प्रत्येक वर्ष केन्द्रीय दरबन्दीमा २० जनासम्म मेडिकल अफिसरको लागि भर्ना खालेका छौं ।’

    सचिव पोखरेलले चालु आर्थिक वर्षको स्वास्थ्य मन्त्रालयको ४९ अर्ब ८० करोड बजेटमा पछिल्लो ६ महिनामा १० अर्ब ४१ करोड अर्थात् करिब २१ प्रतिशत खर्च भएको बताए । उनले चालु तर्फको ३७ अर्ब रुपैयाँमा ७ अर्ब ९० करोड र पुँजीगततर्फ १२ अर्ब ७३ करोडमा २ अर्ब ५१ करोड गरी २० प्रतिशत पुँजीगत खर्च भएको उल्लेख गरे । धेरै आयोजनाहरूको टेण्डर प्रक्रिया अगाडि बढिसकेको तर वैदेशिक खर्च २९ प्रतिशत हिस्सा बजेटमा भए पनि खर्च नहुँदा पुँजीगत खर्च कम देखिएको बताए ।

    उनले भने,‘चालु आर्थिक वर्षको स्वास्थ्य मन्त्रालयको ४९ अर्ब ८० करोड बजेटमा पछिल्लो ६ महिनामा १० अर्ब ४१ करोड अर्थात् करिब २१ प्रतिशत खर्च भएको छ । चालु तर्फको ३७ अर्ब रुपैयाँमा ७ अर्ब ९० करोड खर्च भएको छ भने पुँजीगत तर्फ १२ अर्ब ७३ करोडमा २ अर्ब ५१ करोड गरी २० प्रतिशत पुँजीगत खर्च भएको देखिएको छ । केन्द्रीय सरकारले गर्नुपर्ने आयोजनाहरूको टेण्डर प्रक्रिया अगाडि बढिसकेको र माघ महिनाको अन्तिममा अझ बढ्ने अवस्था छ । वैदेशिक खर्च २९ प्रतिशत हिस्सा भएको हुनाले संयुक्त वित्तीय सम्झौता पछि मात्रै हुने भएकाले वैदेशिक खर्च नभएको अवस्था छ । त्यसले गर्दा पुँजीगत खर्च कम देखिएको छ । मन्त्रालयको भौतिक प्रगतिमा कार्यक्रम सम्पन्न भएका ४८.३ प्रतिशत छन् । कार्यक्रम भइरहेका ३५ प्रतिशत र कार्यक्रम शुरु नभएका १६ प्रतिशत रहेका छन् । कार्यक्रम शुरु नहुनुमा जग्गा प्राप्तिका समस्याका कारण पुस अन्तिमसम्म कार्यक्रम शुरु गर्नुपर्ने थियो ।’

    सोमबार, माघ ०८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    लोकप्रिय

    भर्खरै

    • १.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer