• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार २७, २०८३
☰
शनिबार, असार २७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

  • ३. आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

अझै ८ लाख लाइसेन्स नक्कली रहेको आशंका कुन महानिर्देशकले कति बाँडे 


  •   मङ्गलबार, माघ ०९, २०८० मा प्रकाशित
  • काठमाडौं । एक लाख २ हजार फर्जी लाइसेन्स बनेको तथ्यांक सार्वजनिक गरेको यातायात व्यवस्था विभागले यो संख्या अझै बढी भएको दाबी गरेको छ ।

    Advertisement

    २०७२ सालको मंसिरदेखि विद्युतीय सवारीचालक अनुमतिपत्र (ईडीएल) प्रणाली सञ्चालनमा आएको थियो । त्यसयता वितरण भएका कैयौ लाइसेन्सको इन्ट्री शंकास्पद देखिएपछि विभागले गत मसिंर २१ गते छानबिन थालेको थियो ।

    विभागका निर्देशक मुकेश रेग्मीको संयोजक रहेको छानबिन समितिले एक लाख २ हजार फर्जी लाइसेन्स बनेको प्रतिवेदन तयार पारेको थियो । यसमा करिब ७३ हजार फर्जी लाइसेन्स वितरण भइसकेका छन् । ७३ हजारमा मा ६६ हजार बढी दशजना महानिर्देशकको कार्यकालमा भएका छन् भने ७ हजार निमित्त महानिर्देशकका पालामा वितरण भएका छन् । थप करिब २९ हजार बाँड्न तयार अवस्थामा थिए ।

    तर, फर्जी लाइसेन्स बाँडिएको वास्तविक तथ्यांक अझै डरलाग्दो हुनसक्ने एक उच्च अधिकारीले बताएका छन् । “अनेक किसिमको दबाबका कारण पूरै अध्ययन र छानबिन हुन सकेन । राम्रोसँग गहन छानबिन भएमा अझै ८ लाख नक्कली लाइसेन्स वितरण भएको तथ्यांक आउँछ,” छानबिन समिति स्रोतले भन्यो बाह्रखरीसँग भने ।

    विभागको अनलाइन लाइसेन्स ईडीएल प्रणालीमा ५० लाख भन्दा बढी सेवाग्राहीको लाइसेन्सको विवरण छ । तीमध्ये मृत्यु भएका, विदेश गएका, लाइसेन्स नवीकरण गर्न नआएकाहरुको लाइसेन्स नम्बरमा बाँकी सबै विवरण नयाँ व्यक्तिको राखेर वितरण भएको हो ।

    नक्कली लाइसेन्स प्रकरणमा मुछिए विभागका दश पूर्वमहानिर्देशक

    गत भदौमा विभागको महानिर्देशकको कार्यभार उद्धवप्रसाद रिजालले सम्हालेका थिए । उनले कार्यभार सम्हालेको केही दिनमै अनलाइन प्रणालीमा फोटो नफेरिने र बायोमेट्रिक फेर्न नसकिने व्यवस्था गराएका थिए ।

    त्यसपछि नक्कली लाइसेन्स वितरण हुन नसक्दा यो विषय ‘विस्फोट’ भएको उनको दाबी छ । ‘डाटाबेस’मा गएर विवरण फेरेर बनाएका नक्कली लाइसेन्ससँगै लिखित–ट्रायल दिएजस्तो गरी वितरण भएका लाइसेन्सको पनि अध्ययन गर्ने हो भने संख्या अझै धेरै हुने महानिर्देशक रिजालको भनाइ छ ।

    दश महानिर्देशकका पालाको आँकडा गहिरोगरी हेर्ने हो भने अझै डरलाग्दो डाटा आउन सक्ने अनुमान छानबिन समितिले गरेको छ । यसअघि ०७२ यताका १० महानिर्देशकको पालामा भने ६६ हजार फर्जी लाइसेन्स वितरण भएको विभागको प्रतिवेदनले देखाएको छ ।

    सबैभन्दा बढी नक्कली लाइसेन्स २०७३ को फागुन २१ देखि ०७५ को जेठ ११ सम्म कार्यकाल रहेका रुपनारायण भट्टराईको पालामा जारी भएको पाइएको छ । उनको पालामा ३१ हजार ६६२ लाइसेन्स जारी भएका छन् ।

    दुई महिनामात्रै विभागका महानिर्देशक रहेका सुरेश राउतको पालामा ३५० नक्कली लाइसेन्स जारी भएको छ । तर विभागका अधिकारीले यो आँकडा निकै बढी रहेको दाबी गरेका छन् ।

    “यो प्रतिवेदनले सबै विवरण बाहिर ल्याउन सकेको छैन । यी महानिर्देशकका पालामा वितरण भएका फर्जी लाइसेन्सको संख्या अझै बढी छ,” अध्ययन गर्न समय दिएमा आफूले नै बाहिर ल्याउन सक्ने दाबी गर्दै ती अधिकारीले भने ।

    कसको पालामा कति बाँडिए नक्कली लाइसेन्स ?

    सबैभन्दा बढी नक्कली लाइसेन्स २०७३ को फागुन २१ देखि ०७५ को जेठ ११ सम्म कार्यकाल रहेका भट्टराईको पालामा जारी भएको पाइएको छ । उनको पालामा ३१ हजार ६६२ लाइसेन्स जारी भएका छन् ।

    त्यसपछि गोगनबहादुर हमालको पालामा १० हजार ५३५ र नमराज घिमिरेको पालामा ८ हजार २०० फर्जी लाइसेन्स जारी भएका छन् । लावण्यकुमार ढकालको कार्यकालमा सात हजार ३९४ र कुमारप्रसाद दाहालको कार्यकालमा तीन हजार ५४९ नक्कली लाइसेन्स जारी भएका छन्  ।

    यस्तै चन्द्रमान श्रेष्ठको कार्यकालमा एक हजार ४५९ र तुलसीनाथ गौतमको कार्यकालमा एक हजार १३६ नक्कली लाइसेन्स जारी भएको छ । डा. टोकराज पाण्डेको पालामा एक हजार ८४ र नारायणप्रसाद भट्टराईको कार्यकालमा ६९७ नक्कली लाइसेन्स बनेका छन् । दुई महिनामात्रै विभागको महानिर्देशक रहेका सुरेश राउतको पालामा ३५० नक्कली लाइसेन्स जारी भएको छ ।

    असहजतामा महानिर्देशक र निर्देशक

    छानबिन गर्दै फर्जी लाइसेन्स वितरण भएको विषय बाहिरिएसँगै महानिर्देशक रिजाल र निर्देशक रेग्मीसँग असहजता बढेको छ । नक्कली लाइसेन्स प्रकरणमा संलग्न तल्लोदेखि माथिल्लो तहका व्यक्तिहरु महानिर्देशक रिजाल र निर्देशकसँग रुष्ट छन् ।

    विभागभित्रै काम गर्न असहज बनाउने कामसमेत भइरहेको बताएको छ । उनीहरु भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पुगेरै महानिर्देशक, निर्देशक रेग्मीदेखि छानबिनमा संलग्नमाथि दबाब बढाउन खोजिरहेको स्रोतको दाबी छ ।

    तर, विभागका महानिर्देशक रिजाललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै नडराएर अघि बढ्न भनेका छन् । “ढुक्क भएर नडराएर काम गर्नुस्,” प्रधानमन्त्री दाहालले सोमबार मात्रै विभागका महानिर्देशक रिजाललाई भनेको उद्धृत गर्दै स्रोतले बतायो ।

    मङ्गलबार, माघ ०९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार २१ गते (५

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २५ गते (९

    भर्खरै

    • १.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer