☰
शनिबार, कार्तिक २२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. चीन र नेपालका वैज्ञानिकहरूद्वारा अरुण सीमापार उपत्यकामा क्षेत्रीय अनुसन्धान सम्पन्न

वाणिज्य बैंकहरूको खराब कर्जा बढ्यो


  •   मङ्गलबार, माघ ०९, २०८० मा प्रकाशित
  • काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा वाणिज्य बैंकहरूको खराब कर्जा ४६.८४ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकहरूको औषत खराब कर्जा २.२२ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको समीक्षा अवधिमा १.०४ प्रतिशत बिन्दुले बढेर ३.२६ प्रतिशत कायम भएको छ।

    Advertisement

    गत आर्थिक वर्ष विदेशी मुद्राको सञ्चितिमा परेको दबाब कम गर्न राष्ट्र बैंकले ल्याएको कसिलो मौद्रिक नीतिका कारण बैंकहरूको खराब कर्जा बढेको हो। राष्ट्र बैंकले ल्याएको कसिलो मौद्रिक नीतिका कारण न्यून कर्जा प्रवाहले गर्दा उद्योग व्यवसाय संकुचित हुँदा बैंकहरूको खराब कर्जा बढेको हो।

    उद्योगी व्यवसायीले समयमा नै कर्जा तिर्न नसक्दा बैंकहरूको निष्कृय कर्जा बढेको हो। राष्ट्र बैंकले खराब कर्जा कम गर्न भन्दै बैंक तथा वित्तीय संस्थाहरूलाई कर्जा पुनर्तालिकीकरण तथा पुनर्संरचनाको सुविधा दिएको छ।

    चालु आर्थिक वर्षको मौद्रिक समीक्षामार्फत मदिरा तथा सुर्तिजन्य उद्योग व्यवसायबाहेक अन्य उद्योगहरूलाई राष्ट्र बैंकले यस्तो सुविधा दिएको थियो।

    गत असार मसान्तसम्म असल वर्गमा रहेका सबै ऋणीहरूले १० प्रतिशत कर्जाको साँवा ब्याज भुक्तानी गरेमा यस्तो कर्जा पुनर्तालिकीकरण गर्नसक्ने सुविधा राष्ट्र बैंकले दिएको थियो।

    अर्थतन्त्रमा देखिएको संकुचनका कारण उद्योगी व्यवसायीले उक्त सुविधाको उपयोग गर्न नसकेको बैंकहरूको दोस्रो क्वाटरको वित्तीय विवरणले देखाएको छ।

    चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मा सबैभन्दा धेरै खराब कर्जा कुमारी बैंकको ४.९७ प्रतिशत पुगेको छ। यस्तै हिमालन बैंकको खराब कर्जा ४.९५ र प्रभु बैंकको खराब कर्जा ४.९० प्रतिशत पुगेको छ।

    कुमारी बैंकले नेपाल क्रेडिट एण्ड कमर्स बैंक, प्रभु बैंकले सेन्चुरी बैंक र हिमालयन बैंकले सिभिल बैंकलाई गाभेको थियो। एनसीसी बैंक, सिभिल बैंक र सेन्चुरी बैंकको कर्जामा समस्या रहकाले पनि यी बैंकहरूको खराब कर्जा बढेको बताइन्छ।

    यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकको ४.७५ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ४.४७, प्राइम कमर्सियल र सिटिजन्स बैंकको खराब कर्जा ४.०७ प्रतिशत पुगेको छ।

    चालु आर्थिक वर्षको पहिलो ६ महिनामा नबिल बैंक, सिद्धार्थ बैंक र कृषि विकास बैंकबाहेकका अन्य १७ बैंकको खराब कर्जा बढेको छ।

    यस त्रैमासमा सबैभन्दा न्यून खराब कर्जा एभरेष्ट बैंकको रहेको छ। एभरेष्ट बैंकको गत आर्थिक वर्षको पहिलो त्रैमासमा ०.५५ प्रतिशत रहेको खराब कर्जा बढेर ०.७७ प्रतिशत पुगेको छ।

    यस अवधिमा एभरेष्टपछि सबैभन्दा न्यून खराब कर्जा नबिल बैंकको १.२ प्रतिशत र स्टाण्डर्ड चार्टर्ड बैंकको १.६ प्रतिशत रहेको छ।

    मङ्गलबार, माघ ०९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चीन र नेपालका वैज्ञानिकहरूद्वारा अरुण सीमापार उपत्यकामा क्षेत्रीय अनुसन्धान सम्पन्न
    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?
    भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    लोकप्रिय

    • १.
      8

    भर्खरै

    • १.
      चीन र नेपालका वैज्ञानिकहरूद्वारा अरुण सीमापार उपत्यकामा क्षेत्रीय अनुसन्धान सम्पन्न

    • २.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • ३.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ४.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ५.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ६.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ७.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • ८.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer