• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, जेठ ०६, २०८३
☰
बुधबार, जेठ ०६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख ३१ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ १ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ ३ गते (१७ मे २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ २ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: जेठ, २०८३

  • ६. आज २०८३ साल जेठ ५ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

व्यावसायिक कुरिलो खेती यसरी गरौं


  •   मङ्गलबार, माघ ०९, २०८० मा प्रकाशित
  • कुरिलो एक बहुवर्षीय तरकारी बाली हो । यसको खेती न्यानो र समशितोष्ण हावापानी भएको खासगरी मध्य पहाडी क्षेत्रमा सफलतासाथ गर्न सकिने भएको हुँदा मध्य पहाडी क्षेत्रको सामुदायीक बन, निजी बन तथा कृषकले आफनो पाखा पखेराहरूमा व्यावसायिक रुपमा कुरीलो खेती गरी अतिरिक्त आम्दानी गर्न सक्ने राम्रो देखिएको छ ।

    Advertisement

    यो कलिलो टुसा को लागि खेती गरिन्छ । यसको बोटलाई फर्न, जरालाई क्राउन र खाने भागलाई स्पेयर भनिन्छ । यो एस्पारागेसी परिवार अन्तर्गत पर्दछ । यसको वैज्ञानिक नाम ‘एस्पारागस अफिसिनालिस’ हो । यसको भाले र पोथीको छुटटा छुटटै बोट हुने गर्दछ । भाले बोटबाट निस्कने टुसाहरु केही मसिना भएपनि पोथी बोटको तुलनामा बढी उत्पादन दिन्छन् । कुरिलोलाई एक पटक लगाएपछि कम्तिामा २० वर्षसम्म उत्पादन लिइरहन सकिन्छ । यसको उत्पति मध्य–एसिया, रुस तथा उत्तरी युरोपमा भएको मानिन्छ ।

    हावापानी
    उष्ण तथा समशितोष्ण हावापानी भएको स्थानमा कुरिलो खेती सफलतापूर्वक गर्न सकिन्छ । कुरिलो खेतीको लागि हिँउदमा चिसो तथा वसन्त र गृष्ममा न्यानो मौसम राम्रो हुन्छ । यसको लागि १८–२० डिग्री सेल्सियस औसत तापक्रम भएको क्षेत्र राम्रो मानिन्छ । कुरिलोको बोटको बृद्धि र विकासको लागि दिनको तापक्रम २३–२९ डिग्री सेल्सियस र रातको तापक्रम १३–१८ डिग्री सेल्सियस हुनुपर्दछ । कुरिलो खेतीबाट राम्रो उत्पादन पाउनकोलागि ३–५ महिना बोट सुसुप्त अवस्थामा रहनु आवश्यक पर्दछ । यस अवस्थाको लागि माटोको ताफक्रम १० डिग्री सेल्सियस भन्दा तल रहनुपर्दछ ।
    जग्गाको छनौट ”सिँचाई र निकासको राम्रो व्यवस्था भएको पारिलो जग्गा कुरिलो खेतीको लागी छान्नु पर्दछ । बहुवर्षिय प्रकारका झारपातको प्रकोप बढी भएको जग्गा राम्रो हुँदैन ।

    माटो :
    प्रसस्त मात्रामा प्राराँगारिक पदार्थ भएको माटो कुरिलो खेतीको लागि राम्रो हुन्छ । यसको जरा करिब ५–१० फिटसम्म गहिरो जाने भएको हुँदा गहिरो, खुकुलो, दुमट खालको माटोमा विरुवाको बृद्धि र विकास राम्रो हुन्छ , फलस्वरुप उत्पादन पनि बढी हुन्छ । कुरिलो खेतिको लागि माटोको पि.एच. ६–७.५ राम्रो मानिन्छ ।

    नर्सरीमा बीउबाट बेर्ना उत्पादन गर्ने तरिका :

    कुरिलो बीउ नर्सरीमा जमाउने उपयुक्त समय माघ महिना हो । नर्सरीको लागि जग्गा छनौट गर्दा पारिलो र तुषारो नपर्ने ठाउँ रोज्नुपर्दछ । नर्सरी बेड तयार गर्दा बेडको चौडाई करिब १ मिटर वा सो भन्दा केही कम गर्नु पर्दछ भने लम्बाई जग्गाको उपलब्धतामा भर पर्दछ । नर्सरी बेड तयार गर्दा माटोलाई २–३ पटक खनजोत गरी बुर्बुराउने पार्नुपर्दछ । बेड तयार गर्र्दा १०–१५ सेमी अग्लो बनाउनुपर्दछ । राम्रोसँग कुहिएको गोबर मल वा कम्पोष्ट मललाई जग्गाको अन्तिम तयारीको बेला बेडमा मिलाउनुपर्दछ । यसरी तयार गरेको बेडमा करिब १५–२० सेमी भन्दा गहिरो गरी रोप्नु हुदैन । १ किलो कुरिलोको बीउ नर्सरीमा जमाउनको लागि १,००० वर्गमिटर क्षेत्रफल आवश्यक पर्दछ । यसबाट करिब २५००० बेर्ना तयार हुन्छ जसले १ हेक्टर जमिनमा रोप्नको लागि पुग्दछ । बीउ रोप्नु भन्दा पहिले करिब ३–४ दिनसम्म ३०–३५ डिग्री सेल्सियस ताफक्रममा भिजाउनुपर्दछ । बीउ रोपेको करिब २०–३० दिनमा उम्रन शुरु गर्दछ ।

    जग्गाको तयारी :
    ट्रेन्च तरिकाबाट मुख्य जमिनमा कुरिलो रोप्नको लागि ९० सेमीको दुरीमा २० सेमी गहिराई र ३० सेमी चौडाई भएको कुलो बनाएर त्यसमा सिफारिस गरिएको मात्राको मलखाद हालेर
    पुर्नुपर्दछ ।
    क्राउन रोप्ने गहिराई २० सेमी भएपनि चिम्टाईलो खालको माटोमा रोप्ने गहिराई घटाउनु पर्दछ । पुरिएको मल माथिबाट क्राउन राखी राम्रोसँग जरा फिँजाएर राखी पहिले ५ सेमी माथिबाट माटोले पुर्नुपर्दछ । पछि विरुवा बढदै जाने क्रममा माटोले पुर्दै जानुपर्दछ र पहिले वर्षमा पुर्ने काम पुरै सक्नुपर्दछ , कुलो पुर्दा करिब ५–७ सेमी जमिनबाट माथि उठाई डयाङग बनाउनु पर्दछ ।
    टे«न्च नबनाईकन पनि कुरिलो विरुवा रोप्न सकिन्छ । यसको लागि पहिले २–३ पटक जमिनलाई खनजोत गरी सिफारिस मात्राको मलखाद माटोमा मिलाएर जमिन तयार गर्नुपर्दछ । यसरी तयार गरेको जमिनमा सिफारिस गरिएको दुरीमा विरुवा रोप्नुपर्दछ ।

    मलखाद :
    कम्पोष्ट मल ३० मे. टन, युरिया १०० किलो, डिएपी ६० किलो र म्युरेट अफ पोटास ६० किलो प्रति हेक्टर प्रतिवर्षको दरले पटक–पटक गरी माटोमा दिनुपर्दछ ।

    विरुवालाई फस्फोरसको आवश्यकता अधिक पर्ने भएको हुनाले रोप्ने बेलामा प्रतिबोट २०–२५ ग्राम हडडीको धुलो दिनु राम्रो मानिन्छ । यसका आलाबा विरुवालाई सोडिएम तत्व बढी मात्रामा चाहिने भएको हुँदा प्रतिवर्ष एक बोटमा ५ ग्रामको दरले नुन हाल्नुपर्दछ ।

    उन्नत जातहरू:
    नेपालमा कुरिलो खेतीमा अनुसन्धान कार्य नभएकोले यहाको विविध हावापानी तथा भौगोलिक अवस्था सुहाउँदो जातहरूको विकास एवं छनौट भएको पाईदैन । व्यावसायीक रुपमा खेती गर्नको लागि केही बिदेशी जातहरू जस्तो मेरी वासिंटन, क्यालिफोर्निया ६६, क्यालिफोर्निया ७११, क्यालिफोर्निया ५००, भाईकिड जातहरू बढी प्रचलनमा आएका छन् ।

    नेपालमा आयात भएको अमेरिकन वर्णशँकर भालेजातका कुरिलोहरुमा जर्सि किँग, जर्सी सुप्रिम, जर्सी जेम, जर्सी नाइट आदि हुन । कुरिलोका अन्य जातहरुमा कोनोभर्स कोलोसाल, गायन्ट म्यामोथ, मार्था वासिङगटन, मेरी वासिंगटन, मिनभ, सटन्स पर्फेक्सन, लोरेल्ला आदि महत्वपूर्ण छन् ।

    आवश्यक विरुवाको सँख्या प्रति हेक्टर :

    २४,०००–२५,००० क्राउन प्रतिहेक्टर ।

    रोप्ने दुरी :
    ९० गुणा ४५ सेमी ।
    क्राउनको साईज : ३०–५० ग्राम ।

    रोप्ने समय : जाडो महिनाको अन्त्यदेखि वसन्त ऋतुभरि कुरिलोको रोप्ने उपयुक्त समय भएपनि चैत्रदेखि साउनसम्म रोप्न सकिन्छ ।
    सिँचाई : सिँचाई मुख्य गरेर माटोको बनोट, बुनोट, मौसम र बालीको अवस्था अनुसार दिनुपर्दछ । प्रथम सिँचाई बाली रोपेपछि तुरुन्तै दिनुपर्छ भने फाल्गुन महिनादेखि टुसा आउन थाल्ने हुँदा आवश्यकता अनुसार ४–५ दिनको फरकमा सिँचाई गर्नुपर्दछ ।

    गोडमेल :
    कुरिलो बहुबर्षिय बाली भएकोले झारपातहरु पनि बहुबर्षिय प्रकारकै बढी हुन्छन् । त्यसैले समय समयमा गोडमेल गरिराख्नुपर्दछ ।

    टुसा का्टने तरिका :
    साधारणतया कुरिलो टुसाको उत्पादन दोस्रो वर्षदेखि सुरु हुन थाल्दछ । कुरिलो एक पटक लगाएपछि २० वर्षसम्म उत्पादन लिन सकिन्छ । सामान्यतया टुसाको उचाई १५–२० सेमी भएपछि धािरलो चक्कुले करिब ४–५ सेमी माटो भित्रैबाट काटेर निकाल्नुपर्दछ ।

    रोगहरु :
    कुरिलो सिन्दुरे रोग : यो रोग पक्सिनिया नामको ढुसीद्धारा लाग्ने गर्दछ । यसको मुख्य लक्षण डाँट र हाँगाहरुमा साना, राता तथा पहेँला रँगका थोप्लाहरु देखिन्छन् । १ लिटर गाईको पिसाब ८–१० भाग पानीमा मिलाई छरेमा नियन्त्रण गर्न सकिन्छ ।

    कुरिलो ओइलाउने रोग : यो रो फयुजारियम् नामक ढुसीबाट लाग्ने गर्दछ । यो रोग लागेको विरुवा पहेँलो खैरो तथा रँग उडेको जस्तो देखिन्छ । यसको नियन्त्रण गर्न स्वस्थ्य नर्सरीका विरुवा प्रयोग गर्ने, पानीको निकास राम्रो गर्ने । यसका जिवाणुहरु माटोमा बस्ने भएको हुँदा रोगी माटोमा खेती गर्नु हुँदैन ।

    कीराहरु :
    कुरिलोको खपटे कीरा : यसको माउ तथा बच्चा (ग्रुब) ले काण्ड र पातमा खाएर नोक्सान पुरयाउदछन् । यसको नियन्त्रणको लागी कीराको आक्रमण देखिने वित्तिकै नुमान २ मि.लि. प्रतिलिटर पानीका दरले पात तथा काण्ड भिज्ने गरी छर्नु पर्दछ ।

    झुसिलकीरा : यसले विरुवाहरुको हाँगाविँगालाई खाएर नोक्सान पुरयाउँदछ । यसको नियन्त्रण गर्न नुभान २ एम एल प्रतिलिटर पानीमा राखी बोटमा छर्नुपर्दछ ।

    मङ्गलबार, माघ ०९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ ५ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: जेठ, २०८३
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख ३१ गते बिहीवार:

    • २.
      आज २०८३ साल जेठ १ गते शुक्रवार:

    • ३.
      आज २०८३ साल जेठ ३ गते (१७

    • ४.
      आज २०८३ साल जेठ २ गते शनिवार:

    • ५.
      मासिक राशिफल: जेठ, २०८३

    • ६.
      आज २०८३ साल जेठ ५ गते मंगलवार:

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ५ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ ३ गते (१७ मे २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: जेठ, २०८३

    • ५.
      आज २०८३ साल जेठ १ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ३१ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ३० गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ वैशाख २९ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer