• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, असार ०१, २०८३
☰
सोमबार, असार ०१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: असार २०८३

बढेको बढ्यै छ, शंकास्पद वित्तीय कारोबार


  •   मङ्गलबार, माघ ०९, २०८० मा प्रकाशित
  • काठमाडौं । एक वर्षमा शंकास्पद वित्तीय कारोबार रिपोर्टिङ शतप्रतिशत बढेको छ ।

    Advertisement

    गत आर्थिक वर्ष शंकास्पद वित्तीय कारोबार निगरानी गर्ने वित्तीय जानकारी इकाइमा करिब ६ हजार शंकास्पद कारोबार रिपोर्टिङ भएको छ ।

    नेपाल राष्ट्र बैंकमा रहेको वित्तीय जानकारी इकाइले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै शंकास्पद कारोबार तथा शंकास्पद गतिविधिमा उल्लेख्य वृद्धि भएको जनाएको छ ।

    २०७८/७९ मा २ हजार ७ सय ८० कारोबार रिपोर्टिङ वित्तीय जानकारी इकाइमा भएको थियो । गत आर्थिक वर्ष २०७९/८० मा बढेर ५ हजार ९ सय ३५ पुगेको हो । २०७७/७८ मा १ हजार ५ सय ३३ शंकास्पद कारोबार वित्तीय जानकारी इकाइमा रिपोर्टिङ भएका थिए ।

    नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूमा १ माघ २०७६ देखि अनलाइनमार्फत नै बैंक शंकास्पद कारोबार र गतिविधि रिपोर्ट वित्तीय जानकारी इकाइमा गर्न सक्ने प्रणाली (गो–एएमएल) कार्यान्वयनमा ल्याएको थियो ।

    त्यसपछि २०७७/७८ देखि यस्तो कारोबारको रिपोर्ट उल्लेख्य बढेको वित्तीय जानकारी इकाइको वार्षिक प्रतिवेदनले देखाउँछ ।

    २०७६ माघबाट वाणिज्य बैंकमा सुरु भए पनि त्यसपछि बिस्तारै विकास बैंक, फाइनान्स कम्पनी, लघुवित्त सहकारी, बीमा, मनिचेन्जर, क्यासिनोमा समेत गो–एएमएल प्रणाली लागु भएको छ ।

    आव २०७९/८० मा वित्तीय जानकारी इकाइमा रिपोर्ट भएका शंकास्पद कारोबार विवरणमध्ये ९५.०८ प्रतिशत गो–एएमएलमार्फत आएका छन् ।

    २०७८/७९ मा ९०.६१ प्रतिशत शंकास्पद वित्तीय कारोबार रिपोर्टिङ गो–एएमएलमार्फत भएकोमा गत आवमा उल्लेख्य बढेको हो ।

    गत आवमा कुल गो–एएमएल लागु भएपछि पैसा वा चेक जम्मा गर्नेको विवरण प्रणालीबद्ध हुँदै गएको छ। आपराधिक तथा आतंकवादी क्रियाकलापबाट वित्तीय क्षेत्रमा हुन सक्ने जोखिम घटाउन उक्त प्रणाली कार्यान्वयनमा आएको थियो । आपराधिक तथा अवैधानिक बाटोबाट आर्जित पैसा बैंकिङ कारोबार हुनबाट रोक्न उक्त प्रणालीले काम गर्ने गर्छ ।

    राष्ट्र बैंकले विकास बैंकबाट सुरु गरेको गो–एएमएल हाल १ हजार ३ सयभन्दा बढी वित्तीय कारोबार गर्ने संस्थामा कार्यावन्यन भइसकेको छ ।

    पछिल्लो पटक २०७८ साउनबाट सहकारी संस्थासहित वित्तीय कारोबार गर्ने अन्य गैरबैंक तथा वित्तीय संस्थामा पनि गो–एएमएल कार्यान्वयनमा गएको थियो ।

     

    मङ्गलबार, माघ ०९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मासिक राशिफल: असार २०८३
    आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २६ गते (९

    • २.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल असार १ गते (१५

    • ५.
      मासिक राशिफल: असार २०८३

    भर्खरै

    • १.
      मासिक राशिफल: असार २०८३

    • २.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer