• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: वैशाख २०८३

  • २. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

नागढुंगा सुरुङमार्ग फागुनमा ‘ब्रेक थ्रु’ हुने, एक वर्षपछि सञ्चालन


  •   मङ्गलबार, माघ ०९, २०८० मा प्रकाशित
  • काठमाडौं । संघीय राजधानी काठमाडौंलाई बाहिरी जिल्लासँग जोड्ने मुख्य राजमार्ग अन्तर्गत पृथ्वी राजमार्गमा पर्ने नागढुंगामा निर्माणाधीन सुरुङमार्ग ‘ब्रेक थ्रु’ आगामी फागुन तेस्रो साता हुने भएको छ ।

    Advertisement

    सडक विभागमातहत नागढुंगा सुरुङ परियोजनाका निमित्त आयोजना प्रमुख गोविन्द डुमारुका अनुसार आगामी ६ मार्च (२३ फागुन) का दिन ‘ब्रेक थ्रु’ गर्ने योजनासहित काम अगाडि बढिरहेको छ ।

    ‘हाम्रो लक्ष्य ६ मार्चका दिन ‘ब्रेक थ्रु’ गर्ने छ,’ उनले भने, योजनाअनुसार काम भयो भने सोही दिन मुख्य टनेल छेड्ने काम सम्पन्न हुनेछ ।’

    आयोजनाले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार अब सुरुङ खन्न ५४.६० मिटरमात्र बाँकी छ । यहाँ मुख्य टनेलतर्फ कुल २ हजार ६ सय ८८ मिटर लामो सुरुङ बन्दैछ । जसमध्ये मंगलबारसम्म २ हजार ६ सय ३३.४० मिटर सुरुङ खनिएको छ ।

    यो आयोजनाको रेस्क्यु टनेल ‘ब्रेक थ्रु’ यअघि नै भइसकेको छ । यहाँ २ हजार ५ सय ५७ मिटर लामो रेस्क्यु टनेल छ । जसको ७ अगस्ट २०२३ मा ‘ब्रेक थ्रु’ भएको थियो । सुरुङतर्फको भौतिक प्रगति ९९ प्रतिशत पुगेको छ । अब एक प्रतिशत काम सकिएपछि सुरुङ वारपार खनेर भ्याइने छ ।

    सञ्चालन हुन अझै एक वर्ष लाग्ने

    निमित्त आयोजना प्रमुख डुमारुका अनुसार ‘ब्रेक थ्रु’ भएको एक वर्षपछि यो सुरुङ व्यावसायिक सञ्चालनमा ल्याउने योजना छ ।

    ‘आयोजनाअन्तर्गत सबै काम सम्पन्न गरी सञ्चालनमा ल्याउन अर्को एक वर्ष लाग्ने अनुमान छ,’ उनले भने । त्यसपछि भने नागढुंगा सुरुङमार्ग सञ्चालनमा आउने छ ।

    नेपालमा व्यावसायिकरूपमा सञ्चालनमा आउने यो नै पहिलो सुरुङमार्गसमेत हुनेछ । यो सुरुङमार्गमा मोटरसाइकल र अतिप्रज्वलनशील पदार्थ बोकेर हिँड्ने सवारीसाधनले अनुमति पाउने छैनन् । अन्य सवारी भने धादिङ नौबिसेबाट सुरुङमार्ग हुँदै काठमाडौं प्रवेश गर्न सक्नेछन् ।

    यो आयोजनातर्फ ९५ प्रतिशत जग्गाको मुआब्जा वितरण र स्थानीयबासीसँगको विवाद समाधान भइसकेको छ । बाँकी पाँच प्रतिशतमा विवाद रहेको र यसले आयोजना प्रभावित हुने हो कि भन्ने चिन्ता भने रहेको डुमारु बताउँछन् ।

    काठमाडौंको बलम्बुतर्फ केही विवाद बाँकी छ । अर्कातर्फ, आयोजना निर्माण दौरान केही घरमा दरार देखिएपछि स्थानीयसँग विवाद भएको थियो ।

    ६९.१५ प्रतिशत पुग्यो भौतिक प्रगति

    आयोजनाका अनुसार यो आयोजनाको भौतिक प्रगति ६९.१५ प्रतिशत पुगेको छ । सुरुङबाहेक यहाँ फ्लाइओभर, पुल, बक्स कल्भर्ट, अन्डरपास र ओभरपाससमेत कुल थप १२ संरचना बनिरहेका छन् । ती संरचनाको काम सकेर पूर्णता दिन अर्को एक वर्ष लाग्ने छ ।

    यो आयोजना अध्ययन सन् २०१४ मा भएको थियो । २०१६ मा स्रोत सुनिश्चित भएपछि २०१७ मा डिजाइनको काम सुरु भएको थियो । जापानी ठेकेदार कम्पनी हाजमा–आन्दो जेभीले आयोजनामा काम गरिरहेको छ । यो कम्पनी कोटेश्वर–सूर्यविनायक खण्ड विस्तार तथा बिपी राजमार्ग निर्माणमा समेत सफल भएको थियो ।

    नागढुंगा सुरुङमार्ग डिजाइन जापान सरकारको सहयोगमा भएको हो । करबाहेक साढे १३ अर्ब रुपैयाँमा आयोजनाको ठेक्का लागेको हो । सुरुङमार्गलाई त्रिभुवन राजपथसँग जोड्न २.८७ किलोमिटर पहुँचमार्गसमेत बनिरहेको छ । सुरुङसम्म पहुँचमार्गका लागि गुर्जुधारा चोक र सुरुङको मुख नजिकै फ्लाइओभर समेत सँगै बनिरहेका छन् । गुर्जुधाराको फ्लाइओभर ६ सय १० मिटर लामो हुँदैछ ।

    सुरुङमार्ग र पहुँचमार्गसमेत गरी कुल लागत भने २२ अर्बभन्दा माथिको हो । आयोजनाको वित्तीय प्रगति ६३.९६ प्रतिशत पुगेको छ । नौबिसेदेखि थानकोटसम्मको घुमाउरो र भिरालो सडकका कारण हुने बाक्लो ट्राफिक जाम हटाउने उद्देश्यले सुरुङमार्ग निर्माण थालिएको थियो ।

    आयोजनामा ‘टनेल बोरिङ मेसिन’ (टीबीएम) र विष्फोटक पदार्थ प्रयोग नगरी नै सुरुङ बनाइएको छ । अहिले सडकमा सानो अवरोध हुँदा नौबिसेबाट काठमाडौं आउन घण्टौं जाममा फस्नुपर्छ ।

    सुरुङ मार्ग सञ्चालनमा आएपछि यो समय २० मिनेटमा झर्ने छ । साथै, काठमाडौं भित्रिने र बाहिरिने सवारीसाधनको इन्धन बचत हुनेछ ।

    मङ्गलबार, माघ ०९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने

    लोकप्रिय

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ३.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ४.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      मासिक राशिफल: वैशाख २०८३

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      वार्षिक राशिफल: २०८३

    • ७.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer