काठमाडौं । सन् २०२२ को भ्रष्टचार सुचकांक अनुसार नेपाल ११० औ स्थानमा पर्छ । भनाई नै छ, छिटो-छिटो सरकार परिवर्तन हुनु भनेको भ्रष्टचार बढ्नु हो । यसै सिलसिलामा जिल्ला अदालत काठमाडौंमा सबै भन्दा ठुलो रकमको मुद्दा दर्ता भएको छ ।
Advertisement
सीआईबीले हुण्डी र सुन तस्करी प्रकरणमा मुछिएका १७ जनालाई राष्ट्र बैंक ऐन, २०५८ विरुद्ध र संगठित अपराध गरेको कसूरमा रू २ खर्ब ८६ अर्ब बिगो दाबी गर्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ। मुद्दामा आशिष अग्रवाल, मीनबहादुर जिसी, कुमार परियार, झनिन्द्रप्रसाद खतिवडा, रचना शर्मा, विमल पोद्दार, ओमकुमार श्रेष्ठ, बिगल सिंह शर्मा, शरद भट्टराई, वीरेन्द्र मगर, दीपक शर्मा, वाङ्देन फुन्सोक लामा, गोविन्दप्रसाद श्रेष्ठ, रुदे तामाङ र अंशुल श्रेष्ठलाई प्रतिवादी बनाइएको छ।




