काठमाडौं । गत आर्थिक वर्ष २०७९/०८० बैंक तथा वित्तीय संस्थामा शंकास्पद वित्तीय कारोबारको संख्या दोब्बरले बढेको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष शंकास्पद कारोबार तीन हजार १५५ ले बढेको हो ।
Advertisement
नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइले मंगलबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९/८० मा कुल पाँचहजार ९३५ वटा शंकास्पद कारोबार भएको छ ।
आर्थिक वर्ष २०७८/७९ मा शंकास्पद कारोबारको संख्या दुईहजार ७८० थियो । त्यस्तै, आर्थिक वर्ष २०७७/७८ मा एकहजार ५३३ शंकास्पद वित्तीय कारोबारको उजुरी परेको थियो ।
आर्थिक वर्ष २०७७/७८ यता यस्तो कारोबारको रिपोर्ट उल्लेख्य बढ्दै गएको प्रतिवेदनले देखाउँछ ।




