• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: असार २०८३

भूगोल अनुसार मलखाद प्रयोगको सिफारिस


  •   बुधबार, माघ १०, २०८० मा प्रकाशित
  • काठमाडौँ । सरकारले विभिन्न बालीका लागि कुन ठाउँमा कति मल हाल्ने त्यसको मात्रा तय गरेको छ । २०७५ सालदेखि माटो विज्ञान समूहले यसको अध्ययनको काम सुरु गरेको थियो । चार वर्ष लगाएर अध्ययन पूरा गरी सिफारिस गरिएको मात्रा पालिकाहरूमा पठाइएको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले जनाएको छ ।

    Advertisement

    नार्क अन्तर्गत राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्र र अमेरिकी सहयोग नियोग (युएसआइडी) को संयुक्त प्रयासमा धान, मकै र गहुँमा हाल्ने रासायनिक मलको मात्रा निर्धारण गरेको हो । मलखादको सही प्रयोगबाट उत्पादन र उत्पादकत्व बढाउन मलखाद सिफारिस गरिएको नार्कका कार्यकारी निर्देशक डा. ध्रुवराज भट्टराईले बताउनुभयो । नार्कका अनुसार गहुँ बालीका लागि पूर्वी तराईका झापा, मोरङ र सुनसरी तथा पश्चिम तराईका रुपन्देही, कपिलवस्तु र नवपरासीमा प्रतिकट्ठा ३.६ केजी डिएपी र प्रतिकट्ठा ८.७ केजी युरिया प्रयोग गर्न सिफारिस गरेको छ ।

    त्यस्तै मध्य तराईका पर्सादेखि सप्तरीसम्म प्रतिकट्ठा ३.६ केजी डिएपी र प्रतिकट्ठा ८.० केजी युरिया प्रयोग गर्न सिफारिस गरेको छ । सुदूरपश्चिम तराईका बाँकेदेखि कञ्चनपुरसम्म प्रतिकट्ठा ३.६ केजी डिएपी र प्रतिकट्ठा ७.६ केजी युरिया प्रयोग गर्न नार्कले सिफारिस गरेको छ । त्यस्तै भित्री तराईका दाङ, सुर्खेत, चितवन, मकवानपुर र नवलपुरमा प्रतिकट्ठा ३.६ केजी डीएपी र प्रतिकट्ठा ७.३ केजी युरिया प्रयोगका लागि सिफारिस गरेको छ । पहाडी भागमा प्रतिरोपनी ५.५ केजी डिएपी र प्रतिरोपनी ८.८ केजी युरिया प्रयोग गर्न सिफारिस गरेको छ । नार्कका अनुसार धान बालीका लागि पूर्वी तराईका झापा, मोरङ र सुनसरी तथा मध्य तराईका पर्सादेखि सप्तरीसम्म प्रतिकट्ठा २.९ केजी डिएपी र प्रतिकट्ठा ७.६ केजी युरिया प्रयोग गर्न सिफारिस गरेको छ ।

    त्यस्तै पश्चिम तराईका रुपन्देही, कपिलवस्तु र नवलपरासीसम्म प्रतिकट्ठा २.९ केजी डिएपी र प्रतिकट्ठा ८.२ केजी युरिया प्रयोग गर्न सिफारिस गरेको छ । सुदूरपश्चिम तराईका बाँकेदेखि कञ्चनपुरसम्म प्रतिकट्ठा २.२ केजी डिएपी र प्रतिकट्ठा ६.४ केजी युरिया प्रयोग गर्न नार्कले सिफारिस गरेको छ । त्यस्तै भित्री तराईका चितवन, दाङ, सुर्खेत, मकवानपुर, नवलपुरमा प्रतिकट्ठा २.९ केजी डिएपी र प्रतिकट्ठा ७.९ केजी युरिया प्रयोगका लागि सिफारिस गरेको छ । पहाडी भागमा प्रतिरोपनी ३.३ केजी डिएपी र प्रतिरोपनी ९.६ केजी युरिया प्रयोग गर्न सिफारिस गरेको छ ।

    मकै बालीका लागि पूर्वी तराईका झापा, मोरङ र सुनसरी तथा भित्री तराईका दाङ, सुर्खेत, चितवन, मकवानपुर र नवलपुरमा प्रतिकट्ठा ४.४ केजी डिएपी र प्रतिकट्ठा ७.७ केजी युरिया प्रयोग गर्न सिफारिस गरेको छ । त्यस्तै मध्य तराईका पर्सादेखि सप्तरीसम्म, पश्चिम तराईका रुपन्देही, कपिलवस्तु, नवलपरासी र सुदूरपश्चिम तराईका बाँकेदेखि कञ्चनपुरसम्म प्रतिकट्ठा ४.४ केजी डिएपी र प्रतिकट्ठा ७.० केजी युरिया प्रयोग गर्न सिफारिस गरेको छ । पहाडी भागमा प्रतिरोपनी ६.५ केजी डिएपी र प्रतिरोपनी १०.५ केजी युरिया प्रयोग गर्न सिफारिस गरेको छ ।

    जथाभाबी मल प्रयोगले उत्पादनमा ह्रास आउनुका साथै माटो पनि बिग्रिँदै गएको मल सिफारिस अध्ययनका लागि बनेको कार्यदलका सदस्य राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रका प्रमुख डा. श्रीप्रसाद विष्टले बताउनुभयो । राम्रोसँग माटो व्यवस्थापन गरी उचित तरिकाबाट मलखाद प्रयोग गरेमा बालीको २५ प्रतिशतसम्म उत्पादन वृद्धि हुने यथार्थ अनुसन्धानबाट प्रमाणित भएको उहाँले उल्लेख गर्नुभएको छ । माटोको अवस्था, प्रयोग गरिने बालीहरू, सिँचाइ र मौसमलाई परीक्षण गरी भूगोल अनुसार मलखादको सिफारिस गरिएको जनाइएको छ । विगतमा गाईवस्तुको गोबर मलका रूपमा बढी प्रयोग हुन्थ्यो र खासै रासायनिक मलको प्रयोग हुँदैनथ्यो तर अहिले रासायनिक मल अत्यधिक प्रयोग हुन थालेपछि यो सिफारिसको आवश्यकता परेको नार्कले जनाएको छ । अहिले नयाँ नयाँ जातका बाली तथा माटोमा आएको परिवर्तनले पनि मलखाद प्रयोगको सिफारिस गरिएको नार्कले जनाएको छ । देशभरका कृषियोग्य जमिनबाट ३० हजार ५४८ माटोका नमुनाको अध्ययन गरी मलखाद सिफारिस गरिएको छ ।

    बुधबार, माघ १०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मासिक राशिफल: असार २०८३
    आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २६ गते (९

    • २.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ३.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ४.
      आज २०८३ साल असार १ गते (१५

    • ५.
      मासिक राशिफल: असार २०८३

    भर्खरै

    • १.
      मासिक राशिफल: असार २०८३

    • २.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer