• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

बैंक नाफामा गएसँगै सेवा सुबिधा थपिनुपर्ने राष्ट्रिय वाणिज्य बैंकका कर्मचारी युनियनका नेताहरूको माग


  •   बिहिबार, माघ ११, २०८० मा प्रकाशित
  • काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्रिय वाणिज्य बैंकका कर्मचारी युनियनका नेताहरूमाथि आक्रोश पोखेका छन् । आइतबार बैंकको ५९औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा मन्त्री महतले कर्मचारीहरू आफ्नो कर्तव्य भुलेर सेवा सुविधामा केन्द्रित हुन नहुने बताए ।

    Advertisement

    बैंकका कर्मचारी युनियनका अध्यक्षहरूले बैंकले दिएको सेवा सुविधाप्रति असन्तुष्टि जनाएका थिए । राष्ट्रिय वाणिज्य बैंक, नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष दिपेन्द्र कार्कीले निजी बैंक र सरकारी बैंकको सेवामा भिन्नता भएको बताएका थिए ।

    उनलाई काउन्टर दिँदै मन्त्री महतले कर्मचारीका नेताहरूले ठूलो स्वरमा चर्काे भाषण गरेर आफ्ना माग मात्र राखेर नहुने बताए ।

    “जहिले पनि कर्मचारीले यो चाहियो मात्र भन्छन् । हामीले के गर्ने भनेर कहिल्यै भन्दैनन्,” मन्त्री महतले भने, “तपाईंहरूले माग गरेका ठूला कुरा केही छैनन् । तर, काम निजी बैंकको जस्तै गर्नुपर्छ । संस्था नै मर्ने गरी माग राख्न हुँदैन ।”

    असमानरूपमा बोनस निर्धारण भएको कार्कीको भनाइ छ । “बोनसको विषयमा बाह्य र सरकारीमा फरक परेको छ । सरकारी र बाह्यको हकमा फरकफरक हुन हुँदैन,” उनले भने । सेवासुविधा निजी बैंकजस्तै दिनुपर्ने कार्कीको माग थियो । उपदान समयमै स्वीकृति नभएर पनि कर्मचारी रित्तो हात फर्किनुपरेको उनले बताए ।

    “वाणिज्य बैंकले निरन्तर नाफा गरिरहेको छ । त्यो अनुसारको आर्थिक सुविधा नदिने हो भने नयाँ जनशक्ति यहाँ भित्रिदैनन्,” उनले भने, “वाणिज्य बैंक पुरानो ठाउँमा जाने स्थिति सिर्जना भएको छ । यसको विषयमा पुनर्विचार गर्न अनुरोध गर्दछु ।”

    राष्ट्रिय वाणिज्य बैंक, नेपाल वित्तीय संस्था कर्मचारी संघ अध्यक्ष ईश्वरबहादुर सिंह वाणिज्य बैंक वित्तीय अनुशासनका हिसाबले अब्बल भएको बताए । आगामी दिनमा आउने प्रमुख कार्यकारी बैंकलाई बुझ्ने खालको आए बैंकको भविष्य उज्जल हुने बताए । सरकारलाई बैंकले आफ्ना सेवामार्फत तान्ने भन्दै हस्तक्षेप नगर्न पनि आग्रह गरे ।

    त्यस्तै, राष्ट्रिय वाणिज्य बैंक, कर्मचारी संघ नेपालका अध्यक्ष लक्ष्मीप्रसाद पाण्डेले हाल बैंकमा जल्दोबाल्दो समस्याका रूपमा कर्मचारी विनियमावलीको संशोधनको कुरा रहेको बताए । तर, कर्मचारी विनियमावलीको संशोधनले मात्र कर्मचारीका समस्या समाधान नगरेको पनि बताए । अब समिति गठन गरेर मस्यौदा नै पुनरलेखन गर्नुपर्ने उनको भनाइ छ । अर्थमन्त्रालयमा विनियमावली संशोधनका लागि प्रस्ताव लगिएको भए पनि अर्थमन्त्रीले त्यसलाई अगाडि नबढाएको पनि बताए ।

    “हामीले जुन आर्थिक सुविधाका लागि विनियमावली सहमति गरेर सञ्चालक समितिबाट पारित गरेर अर्थ मन्त्रालयमा पठाएका थियौँ । माननीय अर्थमन्त्रीज्यूले असारको ३१ गते त्यसमा सहमति प्रदान गरेर हामीलाई केही खुसियाली प्रदान गर्नुभएको थियो । त्यसका लागि उहाँलाई म धन्यवाद दिन चाहान्छु,” उनले भने, “तर, उक्त सहमति पत्रमा उल्लेख भएका कर्मचारी समावेश हुने गरी अर्थ मन्त्रालय पुगेको ६ महिना भइसक्दा समेत अर्थमन्त्रलयमा किन रोकिरहेका छन् । हामीले पत्ता लगाउन सकेका छैनौँ । कर्मचारी विनियमावली संशोधन गरेर लागु गर्न म माग गर्छु ।”

    जवाफमा मन्त्री महतले बढी लिएर काम गर्ने कर्मचारीलाई सरकारले कम बोनस नदिएको बताए । तर, यसरी नाफा खोज्नेले कम्पनी घाटामा जाँदा ‘म कम सेवा सुविधा लिन्छु’ भन्न तयार हुनुपर्ने उनको भनाइ छ।

    “राज्यले पूर्वधार तयार गरिदिएको छ । कर्मचारीलाई कम दिएर सरकारले बढी लिएको छैन । हामीले बढी लिएर काम गर्नेलाई कम दिएको भए पो तपाईंहरू असन्तुष्ट हुनु,” मन्त्री महतले भने, “जापानिजहरूले गर्छन्, कम्पनी घाटामा गयो भने रातभरि काम गर्छु आधा तलब लिन्छु भन्छन् । त्यसै जापान बनेको छ । अलिकति नाफा हुने बित्तिकै सबै लिन खोज्ने हो भने त बैंक कसरी फस्टाउँछ ? संस्थाको समृद्धि भयो भने हामी समृद्धि हुन्छौँ ।”

    कर्मचारीले पनि आफ्नो संस्थालाई माया गरेर काम गर्नुपर्ने उनको भनाइ छ । पूर्वाधारमा राज्यले लामो समय लगानी गरेको भन्दै उनले त्यसमा कर्मचारीले ध्यान दिनुपर्ने बताए ।

    बिहिबार, माघ ११, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २५ गते (८

    • २.
      आज २०८३ साल जेठ २६ गते (९

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ७.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer