• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

नक्कली लाइसेन्सका खलनायकहरुको बर्तमान भूमिका


  •   बिहिबार, माघ ११, २०८० मा प्रकाशित
  • काठमाडौं । नक्कली लाइसेन्स प्रकरणमा मुछिएका यातायात व्यवस्था विभागका दशमध्ये दुई पूर्वमहानिर्देशक हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत छन् ।

    Advertisement

    वि.स. २०७६ मंसिर ९ गतेदेखि ०७७ फागुन २० सम्म विभागको महानिर्देशकमा गोगनबहादुर हमाल थिए । उनका पालामा दश हजार ५३५ नक्कली लाइसेन्स जारी भएको तथ्य विभागकै एक अध्ययन समितिले तयार पारेको प्रतिवेदनमा उल्लेख छ ।

    हमाल हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत छन् । उनलाई उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले २०८० भदौमा अध्यागमन विभागको प्रमुख बनाएका थिए ।

    त्यसैगरी लाइसेन्स प्रकरणमा मुछिएका डा. टोकराज पाण्डेय हाल त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख छन् । ०७९ भदौ २० देखि माघ २४ सम्म विभागका महानिर्देशक रहेका पाण्डेयको पालामा एक हजार ८४ नक्कली लाइसेन्स जारी भएको प्रतिवेदन विभागले तयार पारेको छ ।

    महानिर्देशक हुनुअघि यातायात कार्यालयमै काम गरेका थिए । त्यसअतिरिक्त पर्यटन मन्त्रालयका प्रवक्ता थिए । सहकारी विभागका रजिष्ट्रार बनेका थिए । कलैया उपमहानगरपालिका प्रशासकीय अधिकृत भएका थिए ।

    तीन जनाको अवकास

    फर्जी लाइसेन्स वितरण प्रकरणमा मुछिएकामध्ये तीन पूर्वमहानिर्देशकले अवकाश प्राप्त गरिसकेका छन् । विभागको अध्ययन प्रतिवेदन अनुसार, सबैभन्दा बढी फर्जी लाइसेन्स रुपनारायण भट्टराई महानिर्देशक हुँदा वितरण भएका थिए ।

    उनी ०७३ सालको फागुन २१ देखि ०७५ सालको जेठ ११ सम्म विभागको नेतृत्वमा थिए । उनको पालामा ३१ हजार ६६२ लाइसेन्स वितरण भएको थियो । भट्टराईले हाल अवकाश पाइसकेका छन् । ०७५ साउन १४ देखि फागुन २१ सम्म महानिर्देशक रहेका लावण्यकुमार ढकाल पनि अवकाश भइसकेका छन् । उनी विभागको नेतृत्वमा हुँदा सात हजार ३९४ नक्कली लाइसेन्स जारी भएका थिए ।

    विद्युतीय सवारीचालक अनुमतिपत्र प्रणाली (ईडीएल) लागु भएको सुरुवाती चरणमा महानिर्देशक भएका चन्द्रमान श्रेष्ठको पालामा एक हजार ४५९ नक्कली लाइसेन्स वितरण भएका छन् ।

    श्रेष्ठ ०७२ को भदौ ७ मा विभागको महानिर्देशक नियुक्त भएका थिए । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ०७५ सालमा उनीविरुद्ध एक करोड ३४ लाख ५ सय ३६ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो । विशेष अदालतले २०७७ साउनमा अख्तियारको दाबी पुष्टि हुन नसकेको ठहरसहित सफाइ दिएको थियो ।

    अरु को कहाँ ?

    विभागका तत्कालीन महानिर्देशक नमराज घिमिरेको पालामा ८ हजार २०० फर्जी लाइसेन्स जारी भएका थिए । घिमिरे हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सहसचिव छन् । कुमारप्रसाद दाहाल विभागको नेतृत्वमा रहँदा तीन हजार ५४९ नक्कली लाइसेन्स जारी भएका थिए ।

    उनी हाल भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको भूमि व्यवस्थापन महाशाखामा सहसचिव छन् । यसरी तुलसीनाथ गौतम विभागको महानिर्देशक रहँदा एक हजार १३६ नक्कली लाइसेन्स जारी भएका छन् । उनी हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सहसचिव छन् ।

    हाल गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता रहेका नारायणप्रसाद भट्टराईको कार्यकालमा ६९७ नक्कली लाइसेन्स जारी भएको विभागले तयार पारेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

    दुई महिनामात्रै विभागको महानिर्देशक भएका सुरेश राउतको पालामा ३५० नक्कली लाइसेन्स जारी भएका छन् । राउत हाल चीनको चेङ्दुस्थित नेपालको महावाणिज्य दूतावासमा महावाणिज्यदूत छन् ।

    महानिर्देशक कति जिम्मेवार ?

    विभागका हालका महानिर्देशक उद्धवप्रसाद रिजालको नेतृत्वमा फर्जी लाइसेन्स वितरण भएबारे अध्ययन भएको छ । विभागका निर्देशक मुकेश रेग्मी उक्त अध्ययन एवं छानबिन समितिका संयोजक थिए । देशभरकै ३५ वटा यातायात व्यवस्था कार्यालयहरूबाट नक्कली लाइसेन्स वितरण भएको प्रतिवेदनको निश्कर्ष छ । ती कार्यालय प्रमुखलाई लाइसेन्सको अनलाइन प्रणालीमा पहुँच मिल्ने आईडी उपलब्ध हुन्छ ।

    नवीकरण नभएका, मृत्यु भएका व्यक्तिको लाइसेन्स नम्बरमात्रै राखी बाँकी विवरण नयाँ व्यक्तिको राखेर नयाँ व्यक्तिलाई नक्कली लाइसेन्स वितरण भएको हो । यस्तो अवैध काम महानिर्देशकबाटै नभएपनि उनीहरूले यस्तो गम्भीर विषयलाई नजरअन्दाज गरेको आरोप लागेको छ ।

    विभागका एक अधिकारीले यति ठूलो विषयमा हालसम्मका दश महानिर्देशकले थाहा नपाए जस्तो गर्नुमा आशंका व्यक्त गरे ।

    बाह्रखरीसँग विभागका ती अधिकारीले भने, “हजारौं नक्कली लाइसेन्स बाँड्ने करोडौंको घोटालाबारे हालका महानिर्देशक आएपछि मात्र थाहा हुने त भन्ने नहोला । पुरानाहरूले यो काम किन हुन दिए ? वा आफैँ संलग्न भए केही त पक्कै हुनुपर्छ ।”

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र अख्तियारले समेत यस विषयमा छानबिन थालेको छ । यो प्रकरणमा तल्लो तहका कम्प्युटर अपरेटरदेखि महानिर्देशकसम्म क–कसको संलग्नता छ भन्ने कुरा छानबिन एवं अनुसन्धानबाटै थाहा हुनेछ ।

    त्यसअतिरिक्त अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तिनको सम्पत्ति छानबिन गरेमा यथार्थ खुल्न सक्ने देखिन्छ ।

    बिहिबार, माघ ११, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २५ गते (८

    • २.
      आज २०८३ साल जेठ २६ गते (९

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ७.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer