• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, साउन ०३, २०८३
☰
आइतबार, साउन ०३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

सिद्धार्थ रङ्गशालामा बढ्यो चहलपहल


  •   बिहिबार, माघ ११, २०८० मा प्रकाशित
  • भैरहवा । भैरहवाका विजयसागर श्रेष्ठ साहित्यकार हुन् । साहित्यमा दख्खल राख्ने श्रेष्ठको पछिल्लो समय साहित्य छाडेर क्रिकेटमा रुची बढेको छ । भैरहवामा भइरहेको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा उनी दैनिक देखिन्छन् । कहिले दर्शकदीर्घाबाट, कहिले विशिष्ठ व्यक्ति बस्ने प्यारापिटबाट उनी खेल नियालिरहेको भेटिन्छन् । “आफ्नै नगरमा राष्ट्रिय प्रतियोगिता भइरहेको छ, यहाँ नआएर भयो त ?”, बुधबार हर्षित मुद्रामा भेटिएका श्रेष्ठले भने ।

    Advertisement

    नेपालका लागि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने नेपाली क्रिकेट टोलीको अहिले भैरहवामा जमघट भएको छ । भैरहवामै राष्ट्रिय टोलीका खेलाडी पाएपछि यहाँका प्रंशसक पनि हौसिएका छन् । दर्शक नै नपाउने सिद्धार्थ क्रिकेट रङ्गशाला अहिले दर्शकले भरिभराउ छ । भैरहवामात्र होइन, रुपन्देहीका ग्रामीण क्षेत्रबाट पनि खेल हेर्न र राष्ट्रिय खेलाडीलाई भेट्न दर्शक भैरहवा आइपुग्ने गरेका छन् ।

    खेल शुरु हुनुअघि र खेल समापनपछि रङ्गशाला बाहिर प्रशंसकहरू खेलाडीको एक झलक पाउन तथा उनीहरूसँग तस्बिर लिन लालयित हुने गरेका छन् । खेलाडीले पनि दर्शकको माया र हुटिङ पाएका छन् । दर्शकसँग फोटो खिचाउन खेलाडीलाई भ्याइनभ्याई छ ।

    सिद्धार्थ क्रिकेट रङ्गशाला दर्शक र राष्ट्रिय खेलाडीको मिलन गराउने माध्यम बनेको छ । पहिलोपटक आयोजना भएको राष्ट्रियस्तरको प्रधानमन्त्री कप प्रतियोगिताले भैरहवा क्रिकेटमय भएको छ । खेलाडी पनि काठमाडौँ बाहिर नयाँ खेलमैदान पाएपछि दङ्ग छन् ।

    त्रिभुवन आर्मी क्लबका कप्तानसमेत रहेका राष्ट्रिय खेलाडी विनोद भण्डारी केही वर्षयता नै सिद्धार्थ रङ्गशाला परिवर्तन भएको प्रतिक्रिया दिए । “म करिब अढाइ वर्षअघि यहाँ घरेलु प्रतियोगिता खेल्न आएको थिएँ, यो अढाइ वर्षमा यहाँ धेरै परिवर्तन भइसकेको छ”, भण्डारीले भने, “पिच राम्रो बनेको छ, ‘आउटफिल्ड’ एकदमै राम्रो बनेको छ, दर्शकका लागि ‘स्टेण्ड’ पनि बनिसकेको रहेछ, यो यही रोकिनु भएन अझै अगाडि बढ्नुपर्छ ।”

    उनले अहिले काठमाडौँमा मात्र अन्तर्राष्ट्रिय खेल भइरहेको अवस्थामा अब भैरहवा पनि यस्तो खेल खेलाउन सक्षम रहेको बताए । भण्डारीले भैरहवाको पिच खेल्न योग्य रहेको बताए । गत पुस २८ गतेदेखि प्रधानमन्त्री कप शुरु भएदेखि नै भैरहवाको पिचले घाम हेर्न पाएको थिएन ।

    यसले गर्दा यहाँ रन धेरै बन्न सकेको थिएन । पिच राम्रो हुनलाई पानी र घाम हुनुपर्छ यसले ब्याटरहरूलाई रन बनाउन सहयोग गर्छ । आर्मीका कप्तान विनोद भण्डारीका अनुसार सिद्धार्थ रङ्गशालाको पिचले घाममात्र पाएको भए यहाँ उच्च अङ्क बन्ने थिए ।

    आर्मीका कप्तानको जस्तै धारणा राष्ट्रिय टोलीका समेत कप्तान रहनुभएका सशस्त्र प्रहरीका रोहित पौडेलको पनि छ । उनले पनि भैरहवाको खेलमैदान राम्ररी तयार गरेको प्रतिक्रिया दिए । “विशेषगरी आउटफिल्ड खेल्नका लागि साह्रै राम्रो छ, पिचले घाम पनि पाएको छैन, यस्तो अवस्थामा पनि यति राम्रो विकेट तयार गर्नुभएको छ”, पौडेलले भने, “आउने दिनमा यहाँ अझै राम्रा खेल हुँदै जाउन्, हामी यहाँ नेपालका लागि खेल्न चाहन्छौँ ।”

    पौडेल पिच तयार भइसकेको अवस्थामा रङ्गशालालाई विस्तारै विकसित गरी लैजान सकिने बताउँछन् । “सिद्धार्थ क्रिकेट रङ्गशालामा अन्तर्राष्ट्रियस्तरका खेल हुने पिच छ”, उनले भने, “अब यसलाई ‘अपडेटेड’ गरेर यहाँको समिति कसरी अगाडि बढ्छ, त्यो महत्त्वपूर्ण पाटो हो ।”

    सिद्धार्थ रङ्गशालामा अहिले छ ओटा पिच रहेका छन् । रुपन्देही क्रिकेट सङ्घका अध्यक्ष हरिबहादुर थापाका अनुसार त्यसमध्ये तीनमा रातो माटो तीन वटामा पहेँलो माटो प्रयोग गरिएका पिच छन् ।

    आठ वर्षअघि गुरुयोजनासमेत तयार भएको रङ्गशालामा अहिलेसम्म करिब रु १० करोड खर्च गरिसकिएको उनले बताए । आफ्नै एकेडेमीसमेत तयार पार्ने लक्ष्यसहित रुपन्देही क्रिकेट सङ्घले अहिले तीन सिमेन्ट पिच र दुई टर्स पिच निर्माण गरिसकेको छ ।

    करिब साढे सात बिघा क्षेत्रफलमा फैलिएको रङ्गशालाको आठ वर्षअघि गुरुयोजना तयार भए पनि अहिलेसम्म करिब १० प्रतिशत मात्र काम हुनसकेको नेपाल क्रिकेट सङ्घका पूर्वकार्यवाहक सचिव प्रशान्तविक्रम मल्लको भनाइ छ ।

    तत्कालीन समयमा रु ३८ करोड लागत अनुमान गरिएको थियो । अहिले यसलाई पुनःमूल्याङ्कन गरी अगाडि बढ्नुपर्ने उनको धारणा छ । रासस

    बिहिबार, माघ ११, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    लोकप्रिय

    भर्खरै

    • १.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer