• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: वैशाख २०८३

  • २. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

अन्तर्राष्ट्रिय सम्बन्ध बिस्तारमा निक्कै अगाडी देखियो गण्डकी विश्वविद्यालय


  •   बिहिबार, माघ ११, २०८० मा प्रकाशित
  • गण्डकी । स्थापनाको छोटो समयमा नै गण्डकी विश्वविद्यालयले विश्वका विभिन्न प्राज्ञिक संस्थासँग सम्बन्ध विस्तार गरेको छ । विश्वविद्यालयले विश्वव्यापी साझेदारीलाई बढावा दिन विश्वभरका २८ प्रतिष्ठित विश्वविद्यालय र संस्थासँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।

    Advertisement

    विभिन्न १२ देशका सम्मानित संस्थाहरुसँग सहकार्य गरी विभिन्न परियोजनाहरु र शैक्षिक कार्यक्रमहरुको विकास गर्ने प्रतिबद्धता विश्वविद्यालयले गरेको विश्वविद्यालयका रजिष्ट्रार डा.कैलाश तिमिल्सिनाले राससलाई जानकारी दिनुुभयो । अमेरिकाको क्यालिफोर्निया स्टेट युनिभर्सिटी, युनिभर्सिटी अफ सेन्ट्रल मिसौरी, र विलियम एण्ड मेरी तथा बेलायतको रोयल होलोवे, युनिभर्सिटीअफ लन्डनका साथै कोरियाको इन्हा विश्वविद्यालय र येउङ्नाम विश्वविद्यालयलगायत विश्वप्रख्यात विश्वविद्यालयहरूसँग यसबीचमा साझेदारी गरिसकिएको उहाँले बताउनुुभयो ।

    टर्कीको ओन्डोकुज मेइस विश्वविद्यालय, फिलिपिन्सको सेन्ट्रल लुजोन स्टेट युनिभर्सिटी, थाइल्याण्डको माथेरथ विश्वविद्यालय र भारतको दीन दयाल उपाध्याय गोरखपुर विश्वविद्यालयसँग सम्झौता गरिएको उहाँले बताउनुभयो । गण्डकी विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्षेत्रमा सहकार्य थप फराकिलो हुदै गएको बताउँदै उहाँले अनुसन्धान, पाठ्यक्रम विकास, विद्यार्थी आदानप्रदान कार्यक्रमहरु र क्रेडिट ट्रान्सफर जस्ता विषय सम्झौतामा संलग्न रहेको बताउनुुभयो ।

    गण्डकी विश्वविद्यालय, विआइटी कार्यक्रमको पाठ्यक्रम र युनिभर्सिटी अफ सेन्ट्रल मिसौरीको आईटी कार्यक्रमका पाठ्यक्रमहरु एक अर्कासँग समायोजन गरि क्रेडिट ट्रान्सफर गर्न सकिने सम्झौता गरिएको छ । अमेरिकी विश्वविद्यालयहरुसँगको सम्झौताले गण्डकी विश्वविद्यालयबाट उत्तिर्ण हुने विद्यार्थीका लागि छात्रवृत्तिको र इन-स्टेट ट्युसनफीको अवसर प्रदान गरेको जनाइएको छ । रोस्किल्ड विश्वविद्यालय, डेनमार्कको नेतृत्वमा र डेनिस स्वतन्त्र अनुसन्धान परिषद्को सहयोगको गोग्रीन अनुसन्धान परियोजनामा गण्डकी विश्वविद्यालयले प्रतिनिधित्व जनाउदै आएको छ ।

    गोग्रीन अनुसन्धान परियोजना विश्वभरका २८ देशका अनुसन्धान साझेदारहरुसँगै गरिने परियोजना हो । विश्वविद्यालयले विलियमर मेरीसँग सिमसार संरक्षण र सामुदायिक सशक्तिकरण तथा हिप्सुंग विश्वविद्यालयसँग आइटी व्यावसायिक शिक्षा र यूनिभर्सिटी अफ इस्टर्न फिनल्याण्डसँग प्राकृतिक रेशामा आधारित हस्तकला क्षेत्रको विकासका लागि प्रभावकारी परियोजना साझेदारी गर्ने तयारी गरेको विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध तथा विकास मामिला शाखाका प्रमुख रवि भण्डारीले जानकारी दिनुुभयो । रासस

    बिहिबार, माघ ११, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न

    लोकप्रिय

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ३.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ४.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      मासिक राशिफल: वैशाख २०८३

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      वार्षिक राशिफल: २०८३

    • ७.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer