काठमाडौं । भन्ने गरिन्छ, समय सधै एकनास हुदैन । राज्य संचालनमा कुनै समय निक्कै शक्तिशाली मानिएका दुई पौडेल, विकल र सुनिल बुधबार पक्राउ परेकामा विशेष अदालतले ७ दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुमति दिएको छ ।
Advertisement
अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले उनीहरुलाई थुनामा राख्न अनुमती दिएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए । पक्राउ परेको भोलीपल्ट अख्तियारले उनीहरुलाई विशेष अदालतमा उपस्थित गराएको थियो।




