• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार २७, २०८३
☰
शनिबार, असार २७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

  • ३. आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

गण्डकीमा  स्थानीय तहका ६ जनप्रतिनिधिले गरे ‘फ्लोर क्रस’


  •   शुक्रबार, माघ १२, २०८० मा प्रकाशित
  • पोखरा । राष्ट्रियसभा निर्वाचनमा गण्डकीमा तीन क्लस्टरमा मतदान भयो । अपेक्षा अनुसार सत्ता गठबन्धनका तीनैजना उमेदवार विजयी बने ।

    Advertisement

    मतभारको अन्तर ठुलो भएकाले सामान्य ‘फ्लोर क्रस’ले चुनावमा प्रभाव पार्दैन्थ्यो । तर, पनि गठबन्धनका दलहरू नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतले सकेसम्म गठबन्धनको सबै मतभार गठबन्धनकै उमेदवारमा पार्न कसरत गरेका थिए ।

    यद्यपि, गण्डकीमा एमालेले गठबन्धनका ६ जनप्रतिनिधिको मत तान्न सफल भएको छ ।

    बिहीबार सम्पन्न राष्ट्रियसभा निर्वाचनमा गण्डकीमा अन्य, अपांगता/अल्पसंख्यक र महिला क्लस्टरमा चुनाव भएको थियो । बिहीबार साँझ सार्वजनिक मतपरिणामअनुसार अन्य क्लस्टरमा कांग्रेसका किरणबाबु श्रेष्ठ, अपांगता/अल्पसंख्यकतर्फ पदमबहादुर परियार र महिलातर्फ माओवादी केन्द्रकी मनरूपा शर्मा विजयी बने ।

    श्रेष्ठले तीनहजार ८०८ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका चक्रबहादुर पराजुलीले दुईहजार ४७७ मत पाए । अपांगता/अल्पसंख्यकतर्फ कांग्रेसका परियारले तीनहजार ७७९ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी एमालेका हेमन्द्र शेरचनले दुईहजार ४५८ मत ल्याए ।

    महिलातर्फ माओवादी केन्द्रीकी शर्माले तीनहजार ६६० मत ल्याएर विजयी भइन् । उनकी निकटतम प्रतिस्पर्धी एमालेकी सम्झना देवकोटाले दुईहजार ५५३ मत पाइन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट उमेदवार बनेकी गौमाया श्रेष्ठले महिला क्लस्टरमा १०६ मतभार पाइन् । अन्य क्लस्टरमा रोमबहादुर भण्डारीले पनि १०६ नै मतभार पाए ।

    सांसदको मत बदर, गठबन्धनका जनप्रतिनिधिको मत एमालेलाई

    दुई क्लस्टरमा उमेदवार उठाएको राप्रपाले आफ्ना दुई प्रदेशसभा सदस्यको मतभार पायो । तर, गठबन्धनको सिंगो मतभार भने किरणबाबु श्रेष्ठले मात्र पाए । बाँकी दुई क्लस्टरका उमेदवारले गठबन्धनकै मतभार पाएनन् । तीनजना प्रदेशसभा सदस्यको मत बदर भयो भने गठबन्धनका ६ जना स्थानीय तहका जनप्रतिनिधिले एमाले उमेदवारलाई मतभार दिए ।

    गण्डकीमा मतदाताको कुल मतभार ६ हजार १४० थियो । गण्डकीमा ६० जना प्रदेशसभा सदस्य तथा ८५ स्थानीय तहका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष १७० गरी कुल २३० जना मतदाता थिए । गठबन्धनमा आबद्ध दलहरूको मतभार तीनहजार ८२७ थियो ।

    बिहीबार २३० मतमध्ये २२९ मत खसेको थियो । सहकारी ठगीमा फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली मतदानका लागि आएनन् ।

    प्रदेशसभाको मत क्रस नभए पनि स्थानीय तहमा एमालेले आफ्नोभन्दा ६ जनाको मत बढी पाएको छ । गण्डकीका स्थानीय तहमा सत्तारूढ गठबन्धनका १०१ र एमालेका ६८ जना जनप्रतिनिधि छन् । कुल ६८ मध्ये ढोरपाटनका मेयर देवकुमारलाई छोड्दा एमालेको मत ६७ खस्नुपर्ने हो । तर, एमालेले एउटा क्लस्टरमा आफ्नोभन्दा ६ मत बढी पाएको छ ।

    महिला क्लस्टरमा एमालेकी सम्झना देवकोटाले ७३ जनाको मत पाएकी छन् । माओवादी केन्द्रकी मनरूपा शर्माले ९५ मत पाएकी छन् । जबकि गठबन्धनका १०१ जना जनप्रतिनिधि स्थानीय तहमा छन् । यो क्लस्टरमा एकजनाको मत बदर भएको छ ।

    गठबन्धनमा आबद्ध दलहरूसँग कुल तीन हजार ८२७ र प्रमुख प्रतिपक्षी एमालेसँग दुई हजार ४३९ मतभार रहेको थियो । एक्लै चुनाव लडेको राप्रपासँग दुई सांसद अर्थात् १०६ मतभार थियो । स्वतन्त्र निर्वाचित मनाङ निस्याङ गाउँपालिकाका उपाध्यक्ष छिरिङ गुरुङसँग १९ मतभार थियो ।

    गठबन्धन कसिलो भएको भए त्यसका उमेदवारहरूले कम्तीमा तीनहजार ८२७ मतभार पाउनैपर्थ्यो । गठबन्धनसँग ३६ प्रदेशसभा सदस्यको एकहजार ९०८ र १०१ स्थानीय तहका जनप्रतिनिधिको एक हजार ९१९ मतभार थियो । जुन कसैले पनि पाएनन् ।

    किरणबाबु श्रेष्ठले तीन हजार ८०८ मतभार पाए । उनको क्लस्टरमा एकजनाले पनि मत बदर गरेका थिएनन् । तर, पनि उनले एकजना स्थानीय तहका जनप्रतिनिधिको मत पाएनन् ।

    उता, एमालेका चक्रबहादुर पराजुलीले एमालेको कुल मतभारभन्दा ३८ मत बढी अर्थात् दुईहजार ४७७ मतभार पाए ।

    अपांगता/अल्पसंख्यकतर्फ पनि त्यस्तै भयो । तीनजना प्रदेशसभा सदस्यको मत बदर भयो । जसले गर्दा गठबन्धनका उम्मेदवार पदम परियारले ३५ प्रदेश सांसदको मात्र मत पाए ।

    शुक्रबार, माघ १२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार २१ गते (५

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २५ गते (९

    भर्खरै

    • १.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer