• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

एनआरएनएले सेती अस्पतालसँग सहकार्य गर्ने


  •   शुक्रबार, माघ १२, २०८० मा प्रकाशित
  • धनगढी । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले सेती प्रादेशिक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको दक्षता अभिवृद्धिका लागि सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ ।

    Advertisement

    विभिन्न मुलुकमा रहेका गैरआवासीय नेपालीले प्रविधि र विभिन्न कुरामा विशेषज्ञता हासिल गरेको जनाउँदै एनआरएनएका अध्यक्ष डा. बद्री केसीले उनीहरूले हासिल गरेको विशेषज्ञताबारे जानकारीका लागि सहकार्य गर्ने बताउनुभयो । “यहाँ आएर उनीहरूले आफूले सिकेको प्रविधिबारे जानकारी गराउन सक्ने छन्” उहाँले भन्नुभयो ।

    एनआरएनएले एक करोड २५ लाख रुपियाँ लागतमा अक्सिजन प्लान्ट स्थापना गरेर सेती प्रादेशिक अस्पताललाई आज हस्तान्तरण गरेको छ । अस्पताललाई सहयोग गर्न पाउँदा खुसी लागेको अध्यक्ष केसीले बताउनुभयो ।

    कोरोना महामारीको दोस्रो तरङ्गका बेला अक्सिजन अभावमा कैयौँ बिरामीको ज्यान गएपछि एनआरएनएले सेती प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट निर्माणको घोषणा गरेको थियो ।

    सो प्लान्टको बिहीबार सामाजिक विकास मन्त्री झपटबहादुर साउदले उद्घाटन गर्नुभयो । अक्सिजन स्थापनाका लागि एनआएरएनएबाट ठुलो सहयोग भएको भन्दै मन्त्री साउदले धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले सुदूरपश्चिमको स्वास्थ्यलाई सेती प्रादेशिक अस्पतालले थेगेको बताउनुभयो ।

    मन्त्री साउदले प्रदेशको बेरोजगारी र गरिबी अन्त्यका लागि सुदूरपश्चिममा केही परियोजना सञ्चालन गर्न एनआरएनएलाई आग्रह गर्नुभएको छ । उहाँले सुदूरपश्चिममा जनशक्तिको अभाव नरहेको उल्लेख गर्नुहुँदै बेरोजगारी समस्याका कारण प्रदेशको श्रम भारत पलायन भइरहेको उल्लेख गर्नुभयो ।

    एनआरएनएका अध्यक्ष केसीले अक्सिजन अभाव हुने समस्याको दीर्घकालीन समाधान अक्सिजन प्लान्ट रहेकाले त्यसका लागि आफ्नो संस्थाले सहयोग गरेको बताउनुभयो । कोरोना महामारीको बेला नेपाल सरकारलाई दुई हजार ५०० अक्सिजन कन्सनट्रेटरसमेत सहयोग गरेको उल्लेख गर्नुहुँदै उहाँले त्यसबाट धेरैको ज्यान जोगिएको धारणा राख्नुभयो ।

    “हामी विश्वको विभिन्न देशमा छरिएर रहे पनि हाम्रा आमाबुबा, बालबच्चा नेपालमै छन् । त्यसैले नेपालको लागि केही गर्नुपर्छ भनेर नेपालीले नेपालीका लागि गरौँ भन्ने भावनाका साथ सहयोग गरेका हौँ” अध्यक्ष केसीले सेती प्रादेशिक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको दक्षता अभिवृद्धिका लागि पनि सहकार्य गर्न तयार रहेको उल्लेख गर्नुभयो ।

    सेतीमा स्थापना भएको प्लान्टले एक घण्टामा आठ सिलिण्डर ग्यास भर्नेगरेको जनाइएको छ । कोरोना महामारीका बेला स्वास्थ्यकर्मीलेसमेत अक्सिजन पाउन नसकेको जनाउँदै सेती प्रादेशिक अस्पतालका अध्यक्ष नरबहादुर शाहले अब अक्सिजन अभावमा कसैले पनि ज्यान गुमाउन नपर्ने बताउनुभयो । उहाँले सेती प्रादेशिक अस्पतालले एनआरएनएबाट थप सहयोगको अपेक्षा गरेको चर्चा गर्नुभयो ।

    प्रदेश आपूर्ति व्यवस्था केन्द्रका प्रमुख डा. नीरज अर्यालले सेतीमा अक्सिजन प्लान्ट स्थापनाले ठुलो हौसला मिलेको बताउनुभयो ।

    शुक्रबार, माघ १२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २५ गते (८

    • २.
      आज २०८३ साल जेठ २६ गते (९

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ७.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer