• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

काठेपुल तरेको शुल्क पचास रुपियाँ


  •   शुक्रबार, माघ १२, २०८० मा प्रकाशित
  • धनगढी । कैलालीको कैलारी गाउँपालिकामा स्थानीयवासी काठेपुलबाट ओहोरदोहोर गरेबापत ५० रुपियाँ तिर्न बाध्य छन् । स्थानीय मोहना नदीमा काठेपुल तरेबापत यतिको शुल्क तिर्ने गरेका हुन् ।

    Advertisement

    पुल तर्दा मोटरसाइकलसहित व्यक्तिको ५० रुपियाँ, व्यक्तिको २० रुपियाँ र साइकलसहित व्यक्तिको २५ रुपियाँ शुल्क लिइने गरिएको छ । स्थानीय स्तरमा पुलपुलेसा, बाटाघाटा निर्माण गरेर जनतालाई सेवा, सुविधा दिने मुख्य जिम्मेवारी पाएको पालिकाले ठेक्का दिएर उल्टै आर्थिक लाभ लिने गरेको छ ।

    सो पालिकाले वडा नम्बर ३ को खोनपुर घाट, वडा नम्बर ४ को भितरिया घाट र वडा नम्बर ५ को गोबरैला घाट ठेक्का दिँदै आएको छ । स्थानीय सरकार सञ्चालन ऐनमा काठेपुल निर्माण वा डुङ्गा सञ्चालनका लागि घाट ठेक्का दिन पाउने स्पष्ट व्यवस्था छैन ।

    स्थानीय तह सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ९ को ५४ मा पालिकाले कानुनबमोजिमबाहेक कर लगाउन, उठाउन वा ऋण लिन नपाउने उल्लेख छ । सो ऐनले स्थानीय तहले एकीकृत सम्पत्ति, घरजग्गा कर, भूमि कर (मालपोत), घरजग्गा बहाल कर, व्यवसाय कर, बहाल बिटौरी शुल्क, पार्किङ शुल्क, जडीबुटी कबाडी र जीवजन्तु कर र सेवा शुल्क उठाउन पाउने व्यवस्था गरेको छ ।

    नदीमा काठेपुल वा डुङ्गा सञ्चालनका लागि स्थानीय सरकार सञ्चालन ऐनमा स्पष्ट व्यवस्था नरहे पनि घाट ठेक्काको अभ्यास अन्यत्र पनि भइरहेकाले कैलारी गाउँपालिकाले पनि ठेक्का दिएको सूचना अधिकारी यगम कलेलले बताउनुभयो ।

    स्थानीय राजस्व परामर्श समितिको सिफारिसका आधारमा पालिकाले आफ्नो आन्तरिक आम्दानीका लागि घाट ठेक्का दिएको छ तर पालिकाले शुल्क निर्धारण नगर्दा ठेक्का पाएकाले आफूखुसी शुल्क उठाउँदै आएका छन् ।

    घाटमा लिइरहेको शुल्क अलिकति बढी नै भएको उल्लेख गर्नुहुँदै कलेलले अबदेखि पालिकाले नै शुल्क निर्धारण गर्ने बताउनुभयो । सीमावर्ती भारतीय बजार चन्दन चौकीसँग जोडिएको खोनपुर घाटको दुई लाख ६५ हजारमा ठेक्का भएको छ ।

    खोनपुर गाउँका तेजराम चौधरीले सो घाटको ठेक्का पाए पनि सीमित व्यक्तिले फाइदा लिन नपाउने भन्दै खोनपुरवासीले हस्तक्षेप गरेर गाउँमार्फत काठेपुल सञ्चालन गर्दै आएका छन् ।

    घाटबाट उठेको पैसाले नदी कटान नियन्त्रण
    का लागि तारजाली गर्ने स्थानीय सुजित चौधरीले बताउनुभयो । “नदीले कटान गर्दा गाउँवासीले ठुलो क्षति बेहोर्दै आउनु परेको छ ।

    खोनपुर घाटमा खोनपुर गाउँ, लालपुर, निमुवाबोझी र शिवरत्नपुरका स्थानीयलाई निःशुल्क रहेको छ । त्यस्तै भितरिया गाउँमा भितरिया र मोहनपुर गाउँवासीलाई निःशुल्क गरिएको छ । बाँकी अरू गाउँका व्यक्तिले ओहोरदोहोर गर्दा शुल्क तिर्नु परेको छ ।

    शुक्रबार, माघ १२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २५ गते (८

    • २.
      आज २०८३ साल जेठ २६ गते (९

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ७.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer