• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार २७, २०८३
☰
शनिबार, असार २७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

  • ३. आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

अब राष्ट्रियसभामा माओवादी पहिलो दल, फागुन २० पछिको हिसाब यस्तो


  •   शनिबार, माघ १३, २०८० मा प्रकाशित
  • काठमाडौं । नेकपा माओवादी केन्द्र राष्ट्रियसभामा पहिलो दल बनेको छ । फागुन २० गते २० सांसदको पदावधि सकिनुअगावै बिहीबार निर्वाचन सम्पन्न भएको छ । निर्वाचनमा २० मध्ये १९ सीटमा निर्वाचित भएका छन् ।

    Advertisement

    यो निर्वाचनको नतिजासँगै फागुन २० गतेपछि राष्ट्रियसभामा दलीय हैसियतमा माओवादी पहिलो दल बन्ने छ भने अहिले पहिलो दल रहेको नेकपा एमाले तेस्रोमा खुम्चिने भएको छ । प्रतिनिधिसभामा ३२ सीटसहित तेस्रो स्थानमा रहेको माओवादी केन्द्र राष्ट्रियसभामा भने पहिलो दल बन्ने भएको हो । अहिले राष्ट्रियसभा माओवादी दोस्रो स्थानमा रहेको छ ।

    यस्तै, नेपाली कांग्रेस दोस्रो स्थानमा आएको भने नेकपा एकीकृत समाजवादी ८ सांसदसहित चौथो स्थानमा छ । बिहीबार सम्पन्न निर्वाचनमा कांग्रेसले १०, माओवादीले ५, नेकपा एकीकृत समाजवादीले २ र एमाले तथा जसपाले एक–एक सीट जितेका छन् ।

    कोशीमा एमाले–राप्रपा गठबन्धन एक सीट जित्न सफल भएको छ । गठबन्धनबाट फ्लोर क्रस भएपछि एमालेकी रुक्मिणी कोइरालाले अनपेक्षित जीत हात पारेकी छन् । कोइरालाले सत्ता गठबन्धनका उम्मेदवार चम्पादेवी कार्कीलाई पराजित गरेकी हुन् । उनी माओवादीबाट उम्मेदवार थिइन् ।

    यस्तै, कांग्रेसबाट कृष्णप्रसाद सिटौला, आनन्द ढुङ्गाना, जीतजंग बस्नेत, विष्णुकुमारी पुडासैनी, किरणबाबु श्रेष्ठ, पदमबहादुर परियार, विष्णुकुमारी सापकोटा, कृष्णबहादुर रोकाया, बलदेव बोहरा र नारायणदत्त भट्ट राष्ट्रियसभामा चुनिएर आएका छन् ।
    यस्तै, माओवादीबाट श्रीकृष्ण अधिकारी, मनरूपा शर्मा, झक्कु सुवेदी, विष्णु विश्वकर्मा र रेणु चन्द राष्ट्रियसभामा आएका छन् ।
    नेकपा एकीकृत समाजवादीबाट घनश्याम रिजाल विश्वकर्मा र सावित्री मल्ल, जसपाबाट पूजा चौधरी निर्वाचित भएर राष्ट्रियसभामा आएका छन् ।

    अहिले राष्ट्रियसभामा १८ सांसद छन् । जसमा एमालेका ९ सांसद बिदा हुँदैछन् । कांग्रेसका ४, माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाको एक र एक स्वतन्त्र सांसदको पदावधि सकिँदैछ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने एक सीटमा जनमोर्चाकी दुर्गा पौडेललाई ल्याउने सहमति गठबन्धनमा भइसकेको छ ।

    एमालेबाट राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित विमला राई पौड्याल (मनोनीत), भैरवसुन्दर श्रेष्ठ, कुमार दसौंदी, दीपा गुरुङ, दिलकुमारी रावल थापा, ईन्दु कडरिया, नरपति लुहार र रामचन्द्र राई बिदा हुँदैछन् ।

    राष्ट्रियसभामा हाल नेकपा माओवादीका १६ सांसद छन् । तीन सांसद बिदा हुँदा ५ सांसद निर्वाचित भएपछि अब १८ सीट बनाएर माओवादी पहिलो दल बनेको हो । १० सांसद रहेको कांग्रेसको चार बिदा हुँदा १० थपिएर १६ जना पुगेको छ ।
    एकीकृत समाजवादीका अहिले आठ सांसद छन् । तर, दुईजना बिदा भएपनि गठबन्धनको बलमा दुई जना जित्न सफल भएको छ ।

    यस्तै, जसपाका तीन सांसद छन् । एक रिक्त हुने स्थितिमा उसले एक जना यथावत राख्न सफल भएको छ । हाल राष्ट्रियसभामा जनमोर्चाको एक सांसद छन् । राष्ट्रपतिबाट मनोनीत भएर आउँदा २ जना हुनेछन् । एमालेका पूर्वनेता वामदेव गौतम राष्ट्रियसभामा अहिले स्वतन्त्रको हैसियतमा छन् । स्वतन्त्र रहेका गौतमले एमालेलाई साथ दिए सांसद संख्या ११ पुग्नेछ ।

    फागुन २० गतेबाट कांग्रेसका रमेशजंग रायमाझी, अनिता देवकोटा, प्रकाश पन्थ र जीतेन्द्रनारायण देव, माओवादीबाट महेशकुमार महरा, हरिराम चौधरी र वीना पोखरेल, नेकपा एसबाट सिंहबहादुर विश्वकर्मा र नन्दा चपाईं तथा जसपाबाट प्रमिलाकुमारी यादव र नेकपा एसबाट गठबन्धनको सहयोगमा निर्वाचित भएका स्वतन्त्र सांसद खिमलाल देवकोटा बिदा हुँदैछन् ।

    शनिबार, माघ १३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार २१ गते (५

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २५ गते (९

    भर्खरै

    • १.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer