काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले अवैध क्रिप्टो मुद्रा प्रकरणमा पक्राउ परेका ५ जनामध्ये ४ जना जेल चलान गरेको छ। जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद खनालको इजलासले आइतवार पक्राउमध्ये ४ जनालाई जेल चलानको आदेश दिएको हो।
Advertisement
अदालतले झनिन्द्रप्रसाद खतिवडाबाहेक रूपेश श्रेष्ठ, आशिष अग्रवाल, मीनबहादुर जिसी र कुमार परियारलाई थुनामा पठाउने आदेश दिएको हो।
रुपेश श्रेष्ठ, मीनबहादुर जिसी‚ आशिष अग्रवालसहितका ५ जना कुल २ खर्ब ८६ अर्ब ४ करोड बराबरको क्रिप्टो कारोबार गरेको पाइएपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमार्फत् उनीहरुविरुद्ध मुद्दा दायर गरेको थियो।
उनीहरुले करिब ३ खर्ब रुपैयाँको क्रिप्टो करेन्सी र हुण्डीलगायत अवैध कारोबार गरेको पाइएपछि ब्यूरोले उनीहरुमाथि अनुसन्धान गरि मुद्दा दायर गरेको थियो।




