• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

विश्वविद्यालयको चउरमा कोरियाली भाषाका विद्यार्थीको मेला


  •   मङ्गलबार, माघ १६, २०८० मा प्रकाशित
  • काठमाडौं । नेपालको सबैभन्दा ठूलो शिक्षालय त्रिभुवन विश्वविद्यालयको चउरभरि टन्नै विद्यार्थी छन् । चउरमा पलेंटी कसेर वा पल्टिएर पढाइमा मग्न यी विद्यार्थीहरु त्रिविबाट दीक्षित हुन कस्सिएका होइनन्, बरु कोरियन भाषा पढेर उतै जान इच्छुक । कैलालीका २२ वर्षका प्रशान्त देउवासँग कुरा गरौं । उनी डेढ महिनायता कीर्तिपुरमा डेरा बसिरहेका छन् । हरेक दिन हिंड्दै नजिकैको त्रिभुवन विश्वविद्यालयको चौरमा पुग्छन् ।

    Advertisement

    उनको समयतालिका हेर्दा पक्का विश्वविद्यालयीय विद्यार्थी भन्न मिल्छ किनकि बिहान १० देखि बेलुका ५ बजेसम्म उनी विश्वविद्यालयको घडीघरकै वरिपरि चक्कर काटिरहन्छन् । घरी आराम बेन्चमा बसेर पढ्छन्, घरी चउरमा झोला राखेर त्यसैमा मुन्टो टेकाउँदै पढ्छन् ।

    एकतमासले उनी कोरियन भाषा पढिरहेछन्, जुन विषयको यो विश्वविद्यालयमा कुनै विभाग छैन । कुनै प्राध्यापक छैनन् । उनलाई कुनै मर्का पर्‍यो भनेर कुरा राख्न जानलाई कुनै स्ववियु प्रतिनिधि पनि छैनन् । उनलाई आश पनि छैन ।

    प्रशान्त गत पुसमा कोरियामा खुलेको उत्पादनमूलकतर्फको ईपीएस परीक्षाको लागि निवेदन दिएर बसेका छन् । त्यसैको तयारीका लागि उनी दिनभर चौरमा बसेर कोरियन भाषाको तयारी गरिरहेका छन् । अहिले उनको एकमात्र ध्याउन्न छ, कोरियन भाषा पढ्ने, कोरिया जाने ।

    बीबीएसको पढाइ दोस्रो वर्षमा पुगेपछि बीचैमा लत्याएर कोरिया जाने कारण चाहिं उनले मुलुकको अवस्थालाई दिएका छन् । ‘यहाँ मरीतरी पढेर पास गरे पनि रोजगारीको टुंगो छैन’ प्रशान्तले अनलाइनखबरसँग भने, ‘धेरै पैसा भएको भए युरोप अमेरिका गइन्थ्यो होला, मेरा लागि कोरिया नै ठीक छ ।’

    विश्वविद्यालयको प्रांगणमा हरेक दिन भेटिने अर्का युवक हुन्, दैलेखका गणेश न्यौपाने । आइतबार अनलाइनखबरकर्मी त्रिभुवन विश्वविद्यालयको चौरमा पुग्दा उनी कोरियन भाषाको किताब समाएर पढाइमै भुलिरहेका थिए । यसै महिनादेखि कोरियन भाषा पढ्न सुरु गरेका उनी ईपीएस परीक्षाका लागि सक्दो राम्रो तयारी गर्न चाहन्छन् ।

    दैलेखमै कक्षा १० सम्म पढ्दा उनलाई विदेश जाने सोच कहिल्यै आएन । पढेर देशमै केही गर्न चाहन्थे उनी । तर जब उनी हुर्कंदै गए, पारिवारिक जिम्मेवारी थपिंदै गयो । प्लस टु पास गरेपछि भने उनलाई रोजगारीका लागि केही न केही गर्नुपर्ने बाध्यता आइलाग्यो ।

    त्यसैमा उनले एउटा निजी कम्पनीमा जागिर खाए । मासिक १० हजार रुपैयाँ कमाइले काठमाडौंमा आफ्नै खर्च टार्न धौ–धौ भयो । आफ्नोसँगै परिवारको पनि खर्च टार्नुपर्ने जिम्मेवारी आएपछि उनले विकल्पमा लोकसेवा आयोगको परीक्षा रोजे । केही महिना उनले लोकसेवाको परीक्षाका लागि तयारी कक्षा लिए पनि । तर त्यसमा हुने चर्को प्रतिस्पर्धा देखेर उनी झस्किए ।

    ‘१० जनाको कोटामा १ लाखको निवेदन पर्छ । यस्तोमा नाम निकाल्न लगभग मुश्किल जस्तै हुन्छ’, उनले सुनाए । थोरै कोटामा देशभरबाट आउने सयौंको निवेदनमा नाम निकाल्न सम्भव देखेनन्, उनले । अनि कोरिया भाषा पढेर कोरिया जाने तयारीमा जुटे ।

    ‘वर्षौं लाग्दा पनि लोकसेवा पास गरिने पक्का नहुने रहेछ, बरु ५–६ महिना डटेर लाग्यो भने कोरियन भाषामा नाम निस्कन्छ’ गणेशले भने, ‘सरकारी जागिरमा भन्दा राम्रो पैसा नि कमाइन्छ ।’

    आइतबार मध्यान्ह १० बजेदेखि बेलुकी ५ बजेसम्म विश्वविद्यालयको चौरमा पढ्न बसेका विद्यार्थीको बाक्लो भीड नै देखियो । त्यहाँ पुगेपछि थाहा भयो, यसरी हरेक दिन यहाँ १०० जना भन्दा बढी विद्यार्थी दिनभर चौरमा अध्ययनका लागि आउँदा रहेछन् । विश्वविद्यालयकै नियमित विद्यार्थी भेट्न बरु हम्मे पर्छ ।

    चौरमा पढ्न बसेका थुप्रै विद्यार्थीसँग हामीले कुरा गर्‍यौं । अधिकांश कोरियाली भाषा तयारीकर्तालाई छाड्ने हो भने छिटफुट लोकसेवाको तयारी गर्नेहरु थिए ।

    विश्वविद्यालयको चौरमा कोरिया जाने सपना देखेका नेपालगञ्जका चित्र न्यौपाने पनि थिए । उनको हातभरि कोरियाली भाषा तयारीका किताब थिए । ‘घरमा बस्दा एक्लै पढ्न ध्यान लाग्दैन । एक्लै जागर पनि नचल्ने रहेछ’ उनी भन्छन्, ‘यहाँ म जस्तै कोरियन भाषा पढ्न आउने धेरै छन् । यहाँ दिनभर उनीहरुसँग पढ्न, कोरियन भाषा बोल्न पनि पाइन्छ ।’

    गणेश जस्तै उनी पनि पढेरै देशभित्र के गर्नुपर्छ भन्ने सोच राख्थे । पढाइ तेज पनि थियो । शिक्षा र कानुन विषयमा स्नातकोत्तर गरे । अध्ययन पूरा गरेपछि घर र परिवारको खर्च चलाउन उनलाई पनि आम्दानी गर्नुपर्ने भयो ।

    उनकै घर नजिकै नेपालगञ्जकै एउटा सरकारी विद्यालयमा राहत शिक्षकमा निवेदन दिए । ४० जनाको निवदेन परेकामा ३ जनाभित्र नाम निस्कियो । त्यसपछि उनले पहिलो नम्बरमै नाम पनि निकाले । तर अन्त्यमा उनलाई फालेर अर्को व्यक्तिलाई शिक्षक छनोट गरिएको चित्र बताउँछन् ।

    त्यसपछि उनले थप अरु जागिरका लागि कोसिस गरे । तर जताततै चिनेजानेको मान्छे चाहिने भएकाले जागिर पाउन नसकेको उनको बुझाइ छ । ‘पढेर मात्र हुँदैन रै’छ, जागिर खानका लागि मान्छे चिनेको हुनुपर्ने रहेछ’ उनले भने , ‘हाम्रो नै सिस्टम यस्तै रै’छ ।’ नेपालमा जागिर खान कि पावर कि चिनेको मान्छे चाहिन्छ भन्ने बुझाइ रहेका चित्रले विदेश जानु नै अन्तिम विकल्प देखे ।

    त्यसमाथि सरकारी जागिरमा रहेका आफन्तले पनि सोचे जस्तो पैसा छैन भन्दै विदेशिन सुझाव दिए । त्यसपछि उनका लागि कोरियाकै विकल्प उचित लाग्यो । ‘कोरिया जान घुसपैठ चाहिंदैन, कसैको पावर चल्दैन’ उनले भने, ‘मिहिनेत गर्‍यो भने आफ्नै बलबुतामा १५–१६ हजारमै जान पाइन्छ ।’

    बर्दियाकी २० वर्षकी ऋतु राना मगर ६ महिनादेखि कोरियन भाषाको तयारी गरिरहेकी छन् । प्लस टु उत्तीर्ण गरेकी उनले कोरिया जाने विकल्प रोजेकी छन् । ‘एक त नेपालमै रोजगारी पाइँदैन’ उनले कोरियन भाषा पढ्नुको कारण खुलाइन्, ‘प्राइभेट जागिर पाइहाले पनि मिहिनेत गरे बराबर पैसा हुँदैन । जागिर पनि आज हो कि भोलि हो भन्ने डर भइरहन्छ ।’

    निजी क्षेत्रको जागिरमा आफ्नो भविष्य सुरक्षित नदेखेपछि उनले दुई वर्षसम्म लोकसेवा आयोगको तयारी गरिन् । तर धेरै प्रतिस्पर्धीबाट नाम निकाल्न सजिलो छैन । ‘तीन सय कोटामा दुई लाख प्रतिस्पर्धी हुन्छन् । देशभरबाट आवेदन पर्छ तर कोटा चाहिं थोरै हुन्छ । यस्तोमा नाम निकाल्न सजिलो हुँदैन । कोसिस गर्दा गर्दै उमेर नै गइहाल्छ’, उनी भन्छिन् ।

    त्यसपछि उनलाई परिवार र आफन्तले लोक सेवा आयोगको तयारी गर्नुभन्दा विदेश जान सुझाए । ‘लोकसेवामा मुश्किलले नाम निस्किहाले पनि पैसा कति नै हुन्छ र ?’ ऋतु भन्छिन् । तर राम्रो देशमा जान पैसा धेरै लाग्ने भएकाले उनले आँट गर्न सकिनन् । त्यसपछि विकल्प बन्यो, भाषा परीक्षा दिएर कोरिया जाने । ‘दुःखले सरकारी जागिर खाए पनि २०–३० हजार भन्दा माथि हुँदैन’ उनी भन्छिन्, ‘यहाँ कमाएको पैसाले व्यक्तिलाई पुग्ला तर परिवार पाल्न पुग्दैन ।’

    उनले रोजगारीका लागि विदेश जानुपर्ने बाध्यता रहेको सुनाइन् । ‘देशको स्थिति राम्रो भएको भए, केही गथ्र्यौं । हामीलाई पनि देश छोडेर जाने रहर त हैन’, ऋतु भन्छिन् ।

    त्रिभुवन विश्वविद्यालयका प्रांगणमा खुला ठाउँ धेरै छ । मध्य शहरमा जस्तो गाडीको आवाज र अन्य हल्ला पनि हुँदैन । सरकारी स्रोतबाट चलेको सार्वजनिक स्थल भएकाले त्रिविमा अरुका लागि पनि उत्तिकै ठाउँ छ । यहाँ कोरियाली भाषा परीक्षाको तयारी गर्न आउनेहरु धेरै रहेको विश्वविद्यालयका शिक्षक प्राध्यापकहरुलाई पनि थाहा छ ।

    त्रिवि समाजशास्त्र केन्द्रीय विभागका प्रमुख युवराज लुइँटेल भन्छन्, ‘विश्वविद्यालय ज्ञान लिने थलो हो, यहाँ जो कोही आएर, जे पनि अध्ययन गर्न पाउँछन् ।’

    तर अहिले ठूलो अनुपातमा विद्यार्थीहरु भविष्यको खोजीमा विदेशिन खोज्ने कुरा भने चिन्ताको विषय भएको उनी बताउँछन् । राज्यले न्यूनतम सेवा सुविधा र रोजगारी समेत उपलब्ध गराउन नसकेको स्थितिमा युवा शक्ति विदेशिने अवस्था आएको उनको भनाइ छ ।

    ‘जब मुलुकमा समय अनुकूल राज्यले रोजगारी दिन सक्दैनन्, तब युवाहरु भविष्यको खोजीमा विदेशिन खोज्छन् । अहिलेको अवस्थामा यो स्वाभाविक पनि हो’, विभागीय प्रमुख लुइँटेलले भने ।

    ठूलो हिस्साको युवा शक्ति विदेशिनुपर्ने अहिलेको स्थिति सिर्जना हुनुमा विश्वविद्यालय जस्ता शैक्षिक संस्था भन्दा सरकार बढी दोषी भएको उनी सुनाउँछन् । उनले मुलुकमा रोजगारी सिर्जना गर्ने कुरा सरकारसँग जोडिएको विषय भएको बताए ।

    ‘विश्वविद्यालयले दिने भनेको मूलतः ज्ञान, सीप र क्षमतावान् नागरिक बनाउने थलो हो’ उनले भने, ‘तर ती युवा शक्तिलाई रोजगारी दिने, उद्यमशीलतामा प्रेरित गर्ने कुरा सरकारसँग जोडिन्छ । युवाहरुलाई मुलुकमै भविष्य देखाउने कुरामा विश्वविद्यालय भन्दा राज्य नै बढी जिम्मेवार हुनुपर्छ ।’

    मङ्गलबार, माघ १६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २५ गते (८

    • २.
      आज २०८३ साल जेठ २६ गते (९

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ७.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer