• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

टीकापुरमा सेनाको ब्यारेक राखिँदै


  •   मङ्गलबार, माघ १६, २०८० मा प्रकाशित
  • टीकापुर । टीकापुरमा नेपाली सेनाको क्याम्प राख्न पहल थालिएको छ । टीकापुर नगरपालिकाले २०७५ सालमै जग्गा उपलब्ध गराउने निर्णय पठाए पनि काम सुरु हुन सकेको थिएन ।

    Advertisement

    पुस अन्तिम साता टीकापुर आउनुभएका उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खडकालाई स्थानीयले स्मरण गराएपछि ब्यारेक राख्ने काम अघि बढेको हो । जिल्ला प्रशासन कार्यालय कैलालीले २०७५ असार ३ गते पत्र लेखी जग्गा उपलब्ध गराउन माग गरेको थियो ।

    यसै पत्रका आधारमा टीकापुर नगरपालिका नगर कार्यपालिकाको २०७५ असोज २ गतेको बैठकले जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो । निर्णयमा लेखिएको छ, ‘विपद्का घटनाहरू भइरहने भएकाले विपद् व्यवस्थापन, राहत, उद्धार र सुरक्षाका लागि सेनाको ब्यारेक आवश्यक रहेकाले टीकापुर नगरपालिका ५ मा रहेको भगरैया वनको सम्भाव्य क्षेत्रमा बढीमा दश बिघा जग्गा उपलब्ध गराउने निर्णय गरियो ।’

    निर्णय कार्यान्वयन गराउन कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले माघ ८ गते स्थलगत अवलोकन गर्दा पहिले दिने भनिएको स्थान उपयुक्त नभएकाले उपल्लो तटमा छुट्टाउन नगरपालिकालाई जिम्मा दिइएको बताउनुभयो ।

    टीकापुर नगरपालिकाका प्रमुखलगायतका जनप्रतिनिधिले सेनाको ब्यारेक राख्न माथिल्लो क्षेत्र भैरवनाथ नर्सरी नजिकको बस्तीका नागरिकको राय लिएका छन् । त्यहाँका स्थानीयले मिश्रित प्रतिक्रिया दिएका छन् । सुदूरपश्चिम प्रदेश सभाका सदस्य लक्ष्मण किशोर चौधरीले विपद्मा उद्धार, सर्पदंश उपचार केन्द्रलगायतका काम नेपाली सेनाले गर्ने भएकाले ब्यारेक आवश्यक भएको तर वडा ५ भन्दा बाहिर हुनुपर्ने सुझाव दिनुभयो ।

    स्थानीय कलशराम चौधरीले आफ्नो बस्तीका गाई गोरु चर्ने क्षेत्रमा सेनाको ब्यारेक राख्दा समस्या हुने भएकाले बस्तीबाट टाढा हुनुपर्ने बताउनुभयो । अर्का स्थानीय खगिसरा घर्तीमगरले विकासले पछिपरेको क्षेत्रमा सेनाको ब्यारेक बस्दा स्थानीयलाई पनि लाभ हुने अपेक्षा गर्नुभयो ।

    स्थानीयको फरक–फरक प्रतिक्रिया आएपछि टीकापुर नगरपालिकाका प्रमुख रामलाल डंगौरा थारुले नगरपालिकाको मातहतमा रहेको १३२ बिघा जमिनबाट बस्तीलाई कुनै समस्या नहुनेगरी १० बिघा दिने बताउनुभयो । कर्णाली मोहना नदीले बर्सेनि विपद् ल्याउने टीकापुरमा नेपाली सेनाले सहयोग गर्दैआएको छ ।

     

     

    मङ्गलबार, माघ १६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २५ गते (८

    • २.
      आज २०८३ साल जेठ २६ गते (९

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ७.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer