• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

पर्चाबाट सुरु भएको क्रान्ति गणतन्त्रसम्म, सम्झनामा सहिद


  •   मङ्गलबार, माघ १६, २०८० मा प्रकाशित
  • काठमाडौँ । आज सहिद दिवस । राणाशासनविरुद्धमा उत्रिएका क्रान्तियोद्धा चार सहिदको बलिदानको स्मरण गर्दै हरेक माघ १६ गतेलाई सहिद दिवसका रूपमा मनाउने चलन २०१० सालदेखि सुरु भयो । हरेक माघ १० गतेदेखि सहिद सप्ताह मनाउने प्रचलन छ ।

    Advertisement

    क्रान्तियोद्धाहरूलाई सहादतमा पुर्‍याउँदै स्वतन्त्रताको झिल्को पर्चा छर्ने कामबाट सुरु भएको थियो । त्यसमा देशका लागि ज्यानको आहुती दिन पछि नपर्ने क्रान्तिकारी थपिँदै गए । क्रान्तिलाई उत्सर्गमा पुर्‍याउन उपाय ठहर्‍याइयो– राणाविरोधी पर्चा छर्नु पर्छ । त्यति सहज कहाँ थियो र ? लिथो मेसिन निकै सकससाथ उपत्यकामा भित्र्याइसकिएको थियो । कुरा ८३ वर्षअघि अर्थात् १९९७ सालको हो । त्यो बेला राति ९ देखि बिहान ४ बजेसम्म कफ्र्यु लगाउने चलन थियो । दिउँसो पर्चा छर्न सम्भव नभएकाले रातिबाहेक उपाय थिएन ।

    संयोगले उपाय त निस्किहाल्यो । ललितपुरको जावलाखेलमा रातोमच्छिन्द्रनाथको भोटोजात्रा देखाउने दिन जुवा फुकाइने भएकाले कफ्र्यु लगाइँदैन थियो । १९९७ साल असार ९ गते भोटोजात्राको साइत थियो । तयारी व्यापक भयो । काठमाडौँको सिफलस्थित टङ्कप्रसाद आचार्यका घरमा पाँच किसिमका पर्चा तयार गरिए ।

    पर्चा छर्न जिम्मेवारी बाँडफाँट गरियो । पाटनका लागि पुष्करनाथ उप्रेती र केशवराज कार्की, चाबहिलदेखि बानेश्वर हुँदै भक्तपुरसम्मका लागि मुकुन्दनाथ रिमाल, काठमाडौँ सहरभित्रका लागि धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ, गणेशमान सिंह र हरिकृष्ण श्रेष्ठ, डिल्लीबजारदेखि महाराजगन्जसम्मका लागि रामहरि शर्मा, बलबहादुर पाण्डे र गोविन्दप्रसादले जिम्मा पाउनुभयो । इतिहासकार भुवनलाल प्रधानले लेख्नुभएको नेपालको जनक्रान्ति नामक पुस्तकमा उल्लेख भए अनुसार केही विद्यार्थीले सहरभित्रको जिम्मा लिए । त्यस दिन कफ्र्यु नलगाइएकाले रातभर पर्चा छरिए ।

    भोलिपल्ट उपत्यकाको स्थिति असामान्य बन्यो । राणाशासकले गुप्तचर परिचालन गरे । जनजीवन निकै कडा भयो । गोरखापत्रमा नयाँ इस्तिहार छपाइयो र त्यसमा पर्चा छर्नेलाई पक्राउ गराउनेलाई पाँच हजार रुपियाँ पुरस्कारको प्रलोभन दिइयो ।

    करिब चार महिनासम्म अत्तोपत्तो चलेन । कात्तिक २ गते सबैभन्दा पहिले धर्मभक्त पक्राउ पर्नुभयो । उहाँका साथबाट डायरी पनि फेला परियो । त्यसकै आधारमा बाँकीलाई पनि धमाधम पक्राउ गर्न थालियो । कात्तिक ९ गते गोरखापत्रले ‘राजद्रोही दल पकडिए’ शीर्षकमा सामाचार छाप्यो, “हालसालै हाम्रा यहाँ राजद्रोहात्मक पर्चा फैलाउने राजद्रोही दल र सबुत प्रमाणसमेत फेला पारी पक्राउ भएकाले त्यसबारेमा उचित कारबाही हुन लागेको छ । अब इदमित्थ हुन आएको बेहोरा पछि प्रकाशित हुने छ ।”

    नेपालको प्रजातान्त्रिक इतिहास–सन्दर्भ पुस्तकमा उल्लेख भए अनुसार काशीमा पुग्नुभएका टङ्कप्रसादलाई समेत पक्राउ गरी काठमाडौँ ल्याइयो । थुनामा रहेका वा तारेखमा रहेकामध्ये करिब दुई सय जना रिहा भए । अधिकांशले सफाइ पाए । केहीले जरिबाना तिर्नु प¥यो । सजाय तोकिन बाँकी रहेका राजबन्दीलाई माघ ७ गते सिंहदरबारको दक्षिण पश्चिमतर्फको मैदानमा उपस्थित गराइयो । सबैका अपराधको बेहोरा पालैपालो पढेर सुनाइयो ।

    तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरले ‘यी राजद्रोहीलाई के कस्तो सजाय दिनु पर्ला ?’ भनेर सोध्दा तत्कालीन राजा त्रिभुवनले ‘पनिस्मेन्ट भनेको मडरेट र मडर्नाइज्ड हुनु पर्छ’ भन्ने जवाफ दिनुभयो ।

    साँझ ४ बजे सबै राजबन्दीलाई फैसला सुनाइयो । ज्यान सजाय तोकिएका सबैलाई झुन्ड्याउने भनिएको थियो । दशरथ चन्द र गङ्गालालले झुन्डिँदा कायरको मृत्यु हुने हुँदा गोली हान्ने आग्रह गर्नुभयो । आग्रह सदर भयो । कसैको जागिर खोसुवामा प¥यो भने कसैलाई १२ देखि १८ वर्षसम्मको कैद सजाय तोकियो ।

    माघ १० गते शुक्रराजलाई मचलीमा फाँसी दिइयो । धर्मभक्तलाई माघ १३ गते सिफलमा झुन्ड्याइयो । माघ १६ गते दशरथ चन्द र गङ्गालाललाई शोभा भगवतीमा गोली हानेर मारियो । माघ १७ गते टङ्कप्रसाद र रामहरि शर्मालाई सिंहदरबारबाहिर जनै चुँडालियो र चारपाटा मुडियो ।

    सहिदको सङ्ख्या १४ हजार ६८०

    मुलुकमा सहिदको सङ्ख्या १४ हजारभन्दा बढी छ । गृह मन्त्रालयका अनुसार मन्त्रीपरिषद्ले सहिदको सूचीमा १४ हजार ६८० जनाको नाम निर्णय गरेको छ ।

    मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार तीमध्ये ११ हजार ४१९ जनाको नाम राजपत्रमा छापिइसकेको छ भने तीन हजार २६१ जनाको नाम प्रकाशित हुन बाँकी छ ।

    मङ्गलबार, माघ १६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २५ गते (८

    • २.
      आज २०८३ साल जेठ २६ गते (९

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ७.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer