• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

भिजिट भिसामा सेटिङ: अध्यागमनका ९ अधिकृत सहित २२ जना आरोपी


  •   मङ्गलबार, माघ १६, २०८० मा प्रकाशित
  • काठमाडौँ । सरकारी कागजात किर्ते गरी संगठित रूपमा भिजिट भिसामा युवालाई विदेश पठाउने गिरोहमा संलग्न रहेको आरोपमा प्रहरीले २२ जनाविरुद्ध मुद्दा चलाउने रायसहितको अनुसन्धान प्रतिवेदन काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा पेस गरेको छ । तीमध्ये ९ जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा एकै सिफ्टमा कार्यरत अध्यागमन अधिकृतहरू छन् ।

    Advertisement

    लिखित कसुर र संगठित अपराध गरेको आरोपमा आइतबार पेस भएको मुद्दा जिल्ला अदालत काठमाडौंमा दर्ता हुने अन्तिम चरणमा रहेको प्रहरीले जनाएको छ । अपराध अनुसन्धान कार्यालयले भिजिट भिसाका नाममा भएको मानव तस्करी अनियमिततामा छानबिन र अनुसन्धान अघि बढाएपछि आरोपीमध्ये १२ जना फरार छन् । तीमध्ये पनि फरार हुनेमा ८ जना अध्यागमन अधिकृत रहेको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

    फरार कर्मचारीहरूबारे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेर विवरण माग गरिएको काठमाडौं प्रहरी परिसरका अनुसन्धान अधिकृत प्रहरी नायब उपरीक्षक अंगुर जीसीले जनाए । गत मंसिर १८ मा अध्यागमन अधिकृत नरवीर खड्कालाई सरकारी कागजात किर्ते गरी नेपाली नागरिकलाई भिजिट भिसामार्फत विदेश पठाउने गिरोहमा सक्रिय रहेको आरोपमा अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको थियो । उनको साथबाट रामेछाप दोरम्बा गाउँपालिका–७ का ट्राभल एजेन्ट पदम लामाले दिएको दुई लाख रुपैयाँसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

    प्रहरीले लामासहित अर्का ट्राभल एजेन्सी सञ्चालक काभ्रे घर भई गोकर्णेश्वर–४ बस्ने मनोज तामाङलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानमा खड्का र तामाङ मिलेर भिजिट भिसामा विदेश उडाइएका दर्जनौं युवाको सूची भेटिएको थियो ।

    अध्यागमन अधिकृत खड्काकै बयानका आधारमा अन्य ८ जना अधिकृतलाई पनि प्रहरीले प्रतिवादी बनाएर अनुसन्धान अघि बढाएको हो । जिल्ला अदालतबाट प्रक्राउ पुर्जी जारी भइसकेका अध्यागमन अधिकृत ताराबहादुर कुँवर, कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डंगोल, पीताम्बर रिमाल, सुजन फागो फरार छन् । कुँवरले गर्दै आएको काम पछि आफूले गरेको खड्काले प्रहरीलाई दिएको बयानमा उल्लेख गरेका हुन् ।

    गिरोहमा संलग्न रहेको आरोपमा प्रहरीले चितवन भरतपुर–८ की गीता शाह, काठमाडौं महानगर–३२ का अरुण दाहाल, सिराहा मिचैंया नगरपालिका–१२ का सरोजकुमार यादव, रामेछाप दोरम्बा गाउँपालिका–७ का पदम लामा, स्याङ्जा चापाकोट–१ का रामप्रसाद भण्डारी, वालिङ नगरपालिका–५ रविन अर्याल, गुल्मी सत्यावती गाउँपालिका–७ का दिनेश ज्ञवाली, ललितपुर महालक्ष्मी नगरपालिका–४ का विनोद कार्की, सिनामंगलमा होटल सञ्चालक केदारबहादुर खड्का, बारा सिमरा–१५ की कौशिला मगर, सोलुखुम्बु दूधकोशी–४ की लक्ष्मी राई, सिन्धुली कमलामाई–५ की रीता दमाईलाई पनि प्रतिवादी बनाएको छ । तीमध्ये खड्का, मगर, राई, दमाई पनि फरार छन् ।

    ट्राभल एजेन्सीमार्फत रकम लिएर नक्कली कागजात बनाउनेदेखि उनीहरूलाई विमानस्थलबाट पठाउने प्रक्रियामा अध्यागमन कर्मचारीहरूकै संलग्नता रहेको प्रहरी अनुसन्धानमा पाइएको छ । यसअघि उक्त काममा प्रहरी र नागरिक उड्डयन प्राधिकरण (क्यान) का कर्मचारीको समेत संलग्नता रहेको भेटिएको थियो । उक्त अवैधानिक काम गरेबापत दैनिक एक करोड रुपैयाँसम्म उठाउने गरेको प्रहरीको दाबी छ । ‘त्यतिबेला भिजिट भिसामा विदेश जाने प्रावधान कडा थियो,’ एक प्रहरी अधिकृतले भने, ‘प्रहरी रिपोर्ट, शैक्षिक प्रमाणपत्रलगायत कागजात नक्कली बनाएर विदेश पठाउने गरिएको रहेछ ।’ ती कागजात त्रिभुवन विमानस्थलमा देखाउनका लागि मात्रै नक्कली बनाउने गरिएको ती अधिकृतले बताए । प्रहरीका अनुसार विमानस्थलको चेकजाँच पार गरेपछि ती कागजात च्यातेर फाल्ने गरिएको थियो ।

    अधिकृत खड्का पक्राउ पर्नुअघि पनि नक्कली कागजात बनाएर भिजिट भिसा जारी गरी विदेश पठाउने गिरोहमा सक्रिय रहेको आरोपमा भूतपूर्व असई र विमानस्थलमा कार्यरत एक जवानसहित १६ जनाविरुद्ध प्रहरीले मुद्दा चलाएको थियो । उक्त मुद्दाको अनुसन्धानमा अध्यागमन अधिकृत खड्काले भिजिट भिसाका नाममा मानव बेचबिखन गरेको आरोपमा उजुरीसमेत परेको थियो । सोही उजुरीका आधारमा छानबिन र अनुसन्धान गर्दै जाँदा अध्यागमनका अधिकृतसहित गिरोह नै सक्रिय रहेको पाइएको कार्यालयका ती प्रहरी अधिकारीले जनाए । नरवीर

    खड्काको पक्राउसँगै प्रहरीले कर्मचारीमाथि अनुसन्धान अघि बढाएपछि पुस १८ मा अध्यागमनका अधिकृतहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका थिए । प्रहरीले कर्मचारीलाई अपराधी जस्तो व्यवहार गरेकाले त्यस्तो अवस्थामा काम गर्न नसक्ने भन्दै उनीहरूले १५ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका थिए । त्यसयता प्रहरी र अध्यागमन कर्मचारीबीच तिक्तता बढ्दै गएको गृह मन्त्रालयका अधिकारीहरूको भनाइ छ । भिजिट भिसा प्रदान गर्ने व्यवस्थामा कडाइ गराएर रकम असुली भइरहेको गुनासो बढेपछि माघ ९ मा गृह मन्त्रालयले विदेश प्रस्थान गर्ने नीतिलाई लचिलो बनाउँदै नयाँ कार्यविधि जारी गरेको छ । २०७८ चैत २६ को सचिवस्तरीय निर्णयबाट जारी कार्यविधि खारेज गर्दै गृहमन्त्री श्रेष्ठले भिजिट भिसासम्बन्धी नयाँ कार्यविधि जारी गरेका थिए ।

    गत शुक्रबार विमानस्थलभित्रै हात हालाहाल गरेको भिडियो सार्वजनिक भएपछि अध्यागमनका कर्मचारी र प्रहरीबीचको असमझदारी सतहमा आएको थियो । गृह मन्त्रालयले उक्त घटनाको छानबिन गर्न समितिसमेत गठन गरिसकेको छ । राजनीतिक दलनिकट कर्मचारी संघ/संगठनले भने विमानस्थलबाट प्रहरीलाई हटाउनुपर्ने र हातपातमा संलग्न प्रहरीलाई विमानस्थलबाट नहटाए देशभरका अध्यागमनमा हडताल गर्ने चेतावनी दिएका छन् । चेकजाँचमा कडाइ गर्दा कर्मचारीमा असन्तुष्टि देखिएको प्रहरी उच्च अधिकारीहरूको बुझाइ छ । अध्यागमनका कर्मचारी र प्रहरीबीच शुक्रबार भएको हातपातको घटनाका सम्बन्धमा मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको छ ।

    समितिमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोला र सीमा तथा अध्यागमन प्रशासन शाखाका उपसचिव कुलबहादुर जीसी सदस्य छन् । प्रहरीले विमानस्थल अध्यागमन कार्यालय प्रमुख गोगनबहादुर हमाल र अध्यागमन अधिकृत छायालाल मोक्तानलाई हातपात गरेको कर्मचारीको भनाइ छ भने ड्युटीमा रहेका असई प्रकाश चौधरी र एक प्रहरी जवानलाई मोक्तानसहितका कर्मचारीले कुटपिट गरेको प्रहरीको दाबी छ । सीसी क्यामरा फुटेजमा मोक्तान र प्रहरी जवानबीच भएको वादविवाद र हातपात भएको देखिन्छ । यसमा अन्य अध्यागमन कर्मचारी र प्रहरीसमेत सामेल देखिन्छन् ।

    मङ्गलबार, माघ १६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २५ गते (८

    • २.
      आज २०८३ साल जेठ २६ गते (९

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ७.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer