काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा सहभागी हुन विद्यालयहरूसँग प्रस्ताव माग गरेको छ। ६८७ विद्यालयलाई तीन शीर्षकमा अनुदान दिने गरी प्रस्ताव मागिएको हो।
Advertisement
यसअन्तर्गत मन्त्रालयले भौतिक पूर्वाधार विकास, सूचना प्रविधि प्रयोगशाला, विज्ञान प्रयोगशाला तथा पुस्तकालय र प्राविधिक धारका विद्यालय विस्तार शीर्षकमा कार्यक्रम सञ्चालन गर्नेछ ।
मापदण्ड पुगेका विद्यालयलाई यही माघ २५ गतेभित्र सम्बन्धित स्थानीय तहमा प्रस्ताव पेस गर्न मन्त्रालयले सूचना जारी गरेको छ।





